ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

इतिहासबाट पाठ सिकेर भूकम्प प्रतिरोधी घर बनाउन आवश्यक – उपप्रधानमन्त्री सिंह


एबीसी न्यूज
माघ १४, २०८१ सोमबार  २ : ५७ बजे

काठमाडौं १४ माघ । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले भूकम्पका कारण हुने जनधनको क्षति कम गर्न राष्ट्रिय भवन संहीता पालना गर्नु अपरिहार्य रहेको बताएका छन् ।

सोमबार काठमाडौंमा २७ औं भूकम्प सुरक्षा दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

नेपाल बाढी, पहिरो, महामारी, आगलागी, भूकम्प लगायतका कयौँ प्रकोपहरूबाट बारम्बार प्रभावित हुने गरेको उनले बताए ।

‘हाम्रो मुलुक बाढी, पहिरो, महामारी, आगलागी, भूकम्प लगायतका कयौँ प्रकोपहरुबाट बारम्बार प्रभावित हुने गरेको छ । पछिल्लो समय हामी लगातार विभिन्न खालका विपद्जन्य घटनाबाट प्रभावित हुँदै आएका छौँ,’ उनले भने, ‘भूकम्पका कारण हुने जनधनको क्षति कम गर्ने राष्ट्रिय भवन संहीता पालना गर्नु अपरिहार्य छ । बाढी, पहिरो, महामारी, आगलागी, चट्याङ, शितलहर लगायतका विपद्का घटनाहरूबाट सुरक्षित हुन त्यसैअनुसार पूर्वतयारी तथा खोज उद्धार अवस्थामा सुधार गर्नु आवश्यक छ ।’

 

इतिहासबाट पाठ सिक्दै अब बन्ने घर संरचनाहरू भूकम्प प्रतिरोधी बनाउनु अहिलेको आवश्यकता रहेको उपप्रधानमन्त्री सिंहको भनाइ थियो ।

‘भूकम्पीय जोखिम न्युनीकरणका लागि भूकम्प प्रतिरोधी थेग्न नसकेरै हाम्रो घर एवं भौतिक संरचनाहरू भूकम्पमा गल्र्यामगुर्लुम ढले र हामीले अथाह जनधनको क्षति व्यहोर्नुपर्‍यो । इतिहासबाट पाठ सिक्दै अब बन्ने घर संरचनाहरू भूकम्प प्रतिरोधी बनाउनु आजको आवश्यकता हो,’ उनले भने।

उपप्रधानमन्त्री सिंहले प्राकृतिक प्रकोप र विपद्ले भौगोलिक सीमा नभन्ने भन्दै सबैको सहकार्य र सहयोग जरुरी रहेको पनि बताए ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

नागढुङ्गा सुरुङमार्ग प्रयोग गर्दा लाग्ने शुल्क सार्वजनिक (सूचीसहित)

मदनभण्डारी राजमार्गमा पर्ने झण्डै १४ हजार रुख कटान

सम्बन्धित

हर्क साङपाङको मार्मिक प्रश्न : दार्चुलाको पीडा सिंहदरबारले कहिले सुन्छ ?

विश्वले नियालिरहेको वार्ता: इस्लामाबादमा कस्तो छ तयारी

कपिलवस्तुमा बस दुर्घटना हुँदा २६ यात्रु घाइते

लुम्बिनी र सुदूरपश्चिमका तराई भेगमा हावाहुरीको सम्भावना

राष्ट्रपति पौडेलले संसद्को संयुक्त बैठकलाई आज सम्बोधन गर्ने

खाना पकाउने ग्याससहित सबैजसो पेट्रोलियम पदार्थको भाउ बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com