ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भैँसीपालनबाट वार्षिक आठ लाख आम्दानी


admin
चैत्र १, २०७४ बिहीबार  ३ : ३४ बजे

झापा, १ चैत। मेचीनगर–१५ मेची नदीको किनारमा भैँसी फार्म सञ्चालन गरेर स्थानीयवासी जीवन सापकोटाले वार्षिक रु आठ लाख आम्दानी गर्नुभएको छ ।

साठी वर्षीय सापकोटाले ‘डेस्टिनेसन कृषि फार्म’ दर्ता गरेर १०५ भैँसी र १५ वटा गाई पालिरहनुभएको छ । उहाँले फार्ममा लाग्ने वार्षिक खर्च कटाएर रु सातदेखि रु आठ लाखसम्म आम्दानी गर्दै आएको बताउनुभयो ।

सापकोटाले स्थानीय विद्यालयको ४० बिघा र डा मोहपालको ११ बिघा जग्गा वार्षिक रु ६० हजार भाडामा लिएर भैँसीपालन गर्नुभएको हो । उदाहरणीय कृषि फार्म सञ्चालन गरेबापत उहाँ दर्जनौँ संघसंस्थाबाट सम्मानित भइसक्नुभएको छ । सापकोटाले हालसम्म सरकारी सहयोग प्राप्त नभएको बताउनुभयो ।

फार्म रहेको मेची नदीको किनार पाँच वर्षअघिसम्म उजाडलाग्दो बगर थियो । अहिले भैँसीकै मलका कारण बगर खेतीयोग्य बनेको छ । पाँचगाँछीबाट सुकुम्वासीका रुपमा मेची नदीको किनार आउनुभएका सापकोटाले पशुपालनका लागि शुरुमा निकै दुःख गर्नु गरेको बताउनुभयो । उहाँले २०७० सालमा दुई माउ भैँसीबाट भैँसीपालन शुरु गर्नुभएको हो ।

उहाँले भन्नुभयो, “त्यो बेला दिनको तीन लिटर दूध बेच्थे, दूधको आम्दनीबाट भैँसीको संख्या बढाउँदै लगे ।” दूध मात्र नभएर पाडापाडी बेचेर पनि उहाँले यतिबेला मनग्य आम्दानी गरिरहनुभएको छ ।

हाल उहाँको फार्ममा ४० माउ भैँसी दुहुना छन् । सापकोटाले लैनो भैँसी र गाईबाट हिउँदमा दैनिक ८० देखि एक सय लिटरसम्म तथा वर्षात्मा १३० लिटरसम्म दूध बेच्ने गरेका छन् । भैँसीको दूध प्रतिलिटर रु ६५ का दरले बिक्री हुन्छ । इँट्टाभट्टाको एनएमसी डेरी र धाइजनका रितिका डेरीले दूध खरिद गर्दै आएको छ ।

हिउँदमा किनेको पराल र बर्सातका बेलाको घाँस नै भैँसीको मुख्य आहार भएको उहाँ बताउनुहुन्छ । वर्षमा ९४ ट्र्याक्टर पराल पनि अपुग भएको सापकोटा बताउनुहुन्छ । महिनामा ३० बोरा चोकर, तीन बोरा नुन तथा पिना भैँसीलाई खुवाउने गरिएको छ । मासिक रु ८० हजारभन्दा वढी खर्च हुने उहाँले बताउनुभयो । सापकोटाले रु ६० लाखको पशु बीमा गराउनुभएको छ । राज्यले कृषि क्षेत्रमा लगानी बढाउने घोषणा गरे पनि त्यस अनुरुपको सुविधा किसानले नपाएको उहाँको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

देउवासँग संवाद जारी छ, कांग्रेस एक ढिक्का छ गगनथापा

अर्थ मन्त्रालयको प्रगति प्रतिवेदन; पुँजीगत खर्चमा गिरावट, राजस्व घाटा डेढ खर्ब

सम्बन्धित

सुनको भाउ २० हजार ५ सय रुपैयाँले घटेर बुधवारकै भाउमा कारोबार

सुनको मूल्य ३ लाख ३९ हजार नाघ्यो

तीन वर्षमा २०७९ का चुनावी घोषणापत्रहरू :वाचा ठूला, कार्यान्वयन फितलो,कति अधुरा ? (तालिकामा विस्तृत)

सुनको भाउले विश्व अर्थतन्त्र र नेपालमा पार्ने प्रभाव

मेलम्ची बाढीः जलवायुजन्य हानी नोक्शानी कोषका लागि मेलम्ची बाढी सशक्त आधारः विज्ञहरु

अर्बौंका पाइपलाइन प्रोजेक्ट अघि बढाउँदै आयल निगमभारतबाट पाइपबाटै ग्यास ल्याउने तयारी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com