ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

काम गर्ने अवसर पाइएन भनेर कांग्रेसले गनगन गर्न मिल्दैन – महामन्त्री थापा


एबीसी न्यूज
माघ १३, २०८१ आईतबार  ३ : ३७ बजे

काठमाडौं १३ माघ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कांग्रेसले काम गर्ने अवसर पाइएन भनेर गनगन गर्न नपाइने बताएका छन् । काम गर्नका लागि छोटै अवधि पनि पर्याप्त हुने विभिन्न उदाहरण दिँदै उनले कामै गर्ने अवसर पाइएन भनेर भन्न नमिल्ने बताएका हुन् ।

राजधानीमा आज भएको मीनकुमारी राणाको प्रतीमा अनावरण, पुरस्कार तथा छात्रवृत्ति वितरण समारोहलाई सम्बोधन गर्दै महामन्त्री थापाले एमालेले पनि काम गर्ने समय पाइएन भन्न नमिल्ने बताए ।

‘कांग्रेस र एमालेले २०८४ को निर्वाचनको चर्चा गर्नै मिल्दैन । त्यहाँसम्म पुग्नका लागि अझै तीन वर्ष छ र काम गर्नका लागि यो अवधि पर्याप्त छ,’ उनले भने, ‘यो अवधिमा काम गर्न सकेनौँ भने अरु कुराको गनगन गर्न पाइँदैन ।’

संघ, प्रदेश र तीन सय ३० पालिकामा कांग्रेस सरकारमा रहेको भन्दै उनले ती सरकारलाई प्रभावकारी बनाउनतिर कांग्रेसको ध्यान जानुपर्ने बताए ।

यस्तो अवस्थामा पनि केही गर्न नसके आफूहरू हुनुको कुनै अर्थ नहुने उनले बताए । ‘यस्तो बेला पनि काम गर्न सकेनौँ भने हामी हुनुको अर्थ हुँदैन । त्यसैले यो तीन वर्ष हामीले काम गरेर देखाउनुपर्छ ।’

उनले बिपी कोइराला, गिरिजाप्रसाद कोइराला र मनमोहन अधिकारीले नेतृत्व गरेका सरकारको अहिले पनि स्मरण हुने गरेको भन्दै ती सबै सरकार छोटो अवधिका मात्र रहेको चर्चा गरे ।

‘बिपी कोइरालाले जम्मा १८ महिना सरकार चलाउनुभयो । गिरिजाप्रसादले २०४८ देखि २०५१ सम्मको तीन वर्ष चलाएको कांग्रेसले अहिले पनि चर्चा गर्ने गर्छ । आर्थिक विकासको क्षेत्रमा ती दुवै सरकारले कायापलट गरेका थिए । यस्तै, एमालेले मनमोहन अधिकारीको नेतृत्वको नौ महिने सरकारको अहिले पनि गर्व गर्छ,’ उनले भने, ‘यसरी हेर्दा काम गर्नका लागि लामो समय चाहिने होइन रहेछ । अब बाँकी तीन वर्ष राम्रो काम गर्न सकेनौँ भने कुनै गनगनको अर्थ छैन ।’

जनताले कांग्रेसलाई धेरै दिएको भन्दै थापाले जनताले दिने कुरामा अब पनि चुक्न नहुने बताए । ‘जनताले के दिएनन्, मन्त्री बनाइदिएको छ, सांसद बनाएको छ, पालिकामा जिताएको छ, प्रदेशमा जिताएको छ, अनि जनतालाई केही दिनुपर्दैन रु’ उनको प्रश्न थिया ।

 

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ट्रम्पलाई बेइजिङमा स्वागत गर्दै सीको सन्देश : ‘प्रतिद्वन्द्वी होइन, साझेदार बन्नुपर्छ’

अमेरिकी राष्ट्रपति र चिनियाँ राष्ट्रपतिबीच आज बेइजिङमा उच्चस्तरीय भेटवार्ता हुँदै

सम्बन्धित

ट्रम्पलाई बेइजिङमा स्वागत गर्दै सीको सन्देश : ‘प्रतिद्वन्द्वी होइन, साझेदार बन्नुपर्छ’

संसद् छल्दै प्रधानमन्त्री वालेन्द्र, बढ्दो आलोचना र जवाफदेहितामाथि प्रश्न

आज संसदमा प्रधानमन्त्री वालेन्द्र शाहले जवाफ दिने कार्यसूची

अमेरिकी राष्ट्रपति र चिनियाँ राष्ट्रपतिबीच आज बेइजिङमा उच्चस्तरीय भेटवार्ता हुँदै

काठमाण्डौ उपत्यकासहित मध्य र पूर्वी भेगका केही ठाउँमा वर्षा

कोलकातालाई हराउँदै आरसीबी आईपीएल क्रिकेटको शीर्षस्थानमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com