ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नयाँ स्टक एक्सचेन्जको बाटो खोल्ने प्रतिवेदन सेबोनमा, बोर्ड बैठक बस्दै


एबीसी न्यूज

काठमाडौं १३ माघ । अर्थ मन्त्रालयले नयाँ स्टक एक्सचेन्जको अनुमति दिन सकिने निष्कर्षयुक्त प्रतिवेदन कार्यान्वयनका लागि नेपाल धितोपत्र बोर्डमा पठाएको छ।     मन्त्रालयले उक्त प्रतिवेदन कार्यान्वयन गर्नु भन्दै बोर्डमा पत्र पठाएको हो।

बोर्डका प्रवक्ता निरन्जय घिमिरेले मन्त्रालयबाट पत्र आएपछि अब बोर्ड बैठक बस्ने तयारी गरेको जानकारी दिए।

उनले भने, ‘पत्र आएको हो, त्यसउपर अब बोर्डमा छलफल हुनेछ।’   अब बोर्ड बैठक बसेर अर्थ मन्त्रालयबाट आएको प्रतिवेदनमाथि छलफल हुने उनको भनाइ छ। त्यसपछि यसअघि नयाँ स्टक एक्सचेन्ज सञ्चालन अनुमति मागेका तीन कम्पनीमध्ये बोर्डले कसलाई दिने वा अर्को आवेदन माग गर्ने भन्ने निर्णय गर्नेछ।

यसअघि २०८० माघमा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीको संयोजकत्वमा गठित अध्ययन समितिले गत वैशाखमै नयाँ स्टक एक्सचेन्जको अनुमति दिन सकिने निष्कर्षसहितको प्रतिवेदन मन्त्रिपरिषदमा बुझाएको थियो।

गत फागुनबाटै बोर्डको अध्यक्ष पद खाली भएका कारण मन्त्रिपरिषदले प्रतिवेदन अगाडि बढाएको थिएन। गत मंसिर १० मा बोर्डको अध्यक्षमा सन्तोष नारायण श्रेष्ठ आएसँगै मन्त्रिपरिषदले गत पुसमा उक्त प्रतिवेदन कार्यान्वयनका लागि अर्थ मन्त्रालय पठाएको थियो।

मन्त्रालयमा करिब एक महिना अड्किएको प्रतिवेदन अहिले बोर्डमा आइपुगेको छ।

अब सेबोनको बोर्ड बैठकले उक्त प्रतिवेदनउपर छलफल गरेर नयाँ स्टक एक्सचेन्जको लाइसेन्स प्रक्रिया अगाडि बढाउनेछ। अहिलेसम्म नयाँ स्टक एक्सचेन्जको लाइसेन्स लिने दौडमा तीन कम्पनी छन्।

गत आर्थिक वर्षमा नै पूर्वअध्यक्ष रमेश हमालले लाइसेन्स दिनका लागि आवेदन माग गरेका थिए। तर उनले निर्णय प्रक्रियामा लैजान सकेका थिएनन्। धितोपत्र बोर्डले २०७९ असोजमा पहिलो पटक र २०७९ चैतमा दोस्रो पटक नयाँ स्टक एक्सचेन्जको लाइसेन्सका लागि आवेदन माग गरेको थियो।

दोस्रो पटकको आवेदनमा हिमालयन स्टक एक्सचेन्ज, अन्नपूर्ण स्टक एक्सचेन्ज र नेशनल स्टक एक्सचेन्जले आवेदन दिएका थिए।

अब बोर्ड बैठकबाट धितोपत्र बोर्डले पुरानै आवेदकमध्ये कुनै एकलाई लाइसेन्स दिने वा अर्को आवेदन माग गर्ने भन्ने विषयमा निर्णय गर्नेछ। धितोपत्र बोर्डको बोर्डमा अध्यक्ष सन्तोष नारायण श्रेष्ठ, अर्थ मन्त्रालयका सहसचिव महेश बराल, कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयका सहसचिव विनोद कुमार भट्टराई, नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक तुलसी प्रसाद घिमिरे, इन्स्टिच्युट अफ चार्टर्ड एकाउन्टेन्ट अफ नेपालका उपाध्यक्ष नील बहादुर सरु मगर, उद्योग वाणिज्य महासंघका निर्देशक गोकर्ण राज अवस्थी र सल्लाहकार भोलानाथ ढुंगाना छन्।

सात जनाको छलफलबाट नयाँ स्टक एक्सचेन्ज अनुमतिको प्रक्रिया अगाडि बढ्नेछ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सुदूरपश्चिममा नेकपाको सबै १६ क्षेत्रमा उम्मेदवार टुंगो, भीम रावलदेखि प्रेम आलेसम्म

एमालेको झापामा ‘नेसनल भोलेन्टियर फोर्स’ गठन : ओलीको गृहजिल्लामा विकास गिरी कमान्डर

सम्बन्धित

सुदूरपश्चिममा नेकपाको सबै १६ क्षेत्रमा उम्मेदवार टुंगो, भीम रावलदेखि प्रेम आलेसम्म

एमालेको झापामा ‘नेसनल भोलेन्टियर फोर्स’ गठन : ओलीको गृहजिल्लामा विकास गिरी कमान्डर

रास्वपा उम्मेदवार टुंग्याउँदै : प्रमुख नेताहरूको क्षेत्र र रणनीति

प्रचण्डदेखि नारायणकाजी, रेनु देखि युवा अनुहारसम्म – कहाँ कसको उम्मेदवारी ?

महाराजगञ्जमा कांग्रेस सभापति थापा र देउवाबीच भेटवार्ता, के भयो कुराकानी ?

राष्ट्रिय सभामा एमालेसँग गरेको सहमति कांग्रेसले कायमै राख्ने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com