ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ४, २०८३ बिहीबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कुकर कफी बेच्दै पूर्वएसपी विष्ट


abc tv
माघ ८, २०८१ मंगलबार   ९ : २०   बजे

ललितपुर । प्रहरी सेवाको ३० वर्षे कार्यकाल पूरा गरी सेवा निवृत्त भएपछि पूर्वप्रहरी उपरीक्षक अवधेश विष्ट रेष्टुरेन्ट व्यवसायमा व्यस्त हुन थालेका छन् ।

गत भदौमा सेवा निवृत्त भएपछि यसअघि नै सञ्चालनमा रहेको आफ्नै रेष्टुरेन्टलाई थप व्यवस्थित गर्दै उनले व्यवसायलाई अघि बढाएका हुन् ।

उनले सञ्चालन गरेको रेष्टुरेन्टको मुख्य विशेषता भनेको कुकर कफी हो । उनले रेष्टुरेन्टको नाम नै वाहवाह कुकर कफी एण्ड फास्टफुट भनेर राखेका छन् ।

कफी पारखीहरुले कुकर कफी धेरैले रुचाएको विष्ट बताउँछन् ।

कफी बनाउने मेसिन आउनुपहिले कुकरबाट नै कफी बनाइन्थ्यो । तर, मेसिन आएपछि कुकरबाट कफी बनाउने चलन हराएको थियो । विष्टले भने कुकर कफीलाई फेरि सञ्चालनमा ल्याएका छन् ।

उनको रेष्टुरेन्टमा स्पेशल कुकर कफीबाहेक चिकेन समोसा अर्को नयाँ टेष्ट हो । यो परिकार पनि धेरैले रुचाएका छन् ।

त्यस्तै, इण्डियन फ्लेवरमा खानेकुरा बढी रहेको उनले बताए । बोडा पाउ, पापडी चाट जस्ता परिकार रहेको उनले जानकारी दिए । उनको रेष्टुरेण्टको अर्को आकर्षक परिकार भने बिर्यानी पनि हो । उनले हैदरावाद बिर्यानी नभनेर जावलाखेल बिर्यानी नाम दिएका छन् ।

इनर्जी ड्रिंक्स पनि छुट्टै फ्लेवरमा उपलव्ध गराएका छन् । दुधमा हर्लिक्स, बर्नभिटा मिसाएर कोल्ड इनर्जी ड्रिंक्स बनाएर नयाँ फ्लेवर दिन खोजिएको उनको भनाइ छ ।

उनको रेष्टुरेन्टमा अन्य ठाउँको तुलनामा सस्तोमा खान पाइन्छ । उनले दावीका साथ भने, हाम्रो रेष्टुरेन्टमा जस्तो सस्तो अरु ठाउँ छैन ।

उनले आफ्नो घरमै रेष्टुरेन्ट सञ्चालन गरेकाले पनि मूल्य सस्तो भएको बताए ।

उनको दैनिक २५ देखि ३० हजारको व्यापार हुने गर्छ । आठ जनालाई रोजगारी दिएका छन् ।

रेष्टुरेन्ट सञ्चालनका लागि १५ लाख रुपियाँ लगानी भएको उनले बताए ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

लिङ्देनमाथि राप्रपा छाडेका दिलविकास राजभण्डारीको आरोप नै आरोप

कोलम्बियाको विजयी सुरुवात

सम्बन्धित

पूर्व र मध्य भेगमा वर्षा, बागमतीदेखि सुदूरपश्चिमसम्मको तराई भेगमा गर्मी बढ्ने

विशेष अदालतको आदेश: दीपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि थुनामा (पूर्णपाठ)

पसलमा चिया पिउन जान भ्याउने प्रधानमन्त्रीलाई चिया किसानको समस्या समाधानमा फुर्सद छैन– निश्कल राई

सुनको भाउ आज तोलामा १ हजार २०० रुपैयाँले घट्यो

एकैपटक ५ हजारभन्दा धेरै फार्मेसीको दर्ता खारेज (सूचीसहित)

झापाबाट चितवनसम्म बजेट कटौतीको सन्देश: राजनीतिक प्रभाव कम कि विकासको नयाँ मोडेल?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group