ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कुकर कफी बेच्दै पूर्वएसपी विष्ट


abc tv

ललितपुर । प्रहरी सेवाको ३० वर्षे कार्यकाल पूरा गरी सेवा निवृत्त भएपछि पूर्वप्रहरी उपरीक्षक अवधेश विष्ट रेष्टुरेन्ट व्यवसायमा व्यस्त हुन थालेका छन् ।

गत भदौमा सेवा निवृत्त भएपछि यसअघि नै सञ्चालनमा रहेको आफ्नै रेष्टुरेन्टलाई थप व्यवस्थित गर्दै उनले व्यवसायलाई अघि बढाएका हुन् ।

उनले सञ्चालन गरेको रेष्टुरेन्टको मुख्य विशेषता भनेको कुकर कफी हो । उनले रेष्टुरेन्टको नाम नै वाहवाह कुकर कफी एण्ड फास्टफुट भनेर राखेका छन् ।

कफी पारखीहरुले कुकर कफी धेरैले रुचाएको विष्ट बताउँछन् ।

कफी बनाउने मेसिन आउनुपहिले कुकरबाट नै कफी बनाइन्थ्यो । तर, मेसिन आएपछि कुकरबाट कफी बनाउने चलन हराएको थियो । विष्टले भने कुकर कफीलाई फेरि सञ्चालनमा ल्याएका छन् ।

उनको रेष्टुरेन्टमा स्पेशल कुकर कफीबाहेक चिकेन समोसा अर्को नयाँ टेष्ट हो । यो परिकार पनि धेरैले रुचाएका छन् ।

त्यस्तै, इण्डियन फ्लेवरमा खानेकुरा बढी रहेको उनले बताए । बोडा पाउ, पापडी चाट जस्ता परिकार रहेको उनले जानकारी दिए । उनको रेष्टुरेण्टको अर्को आकर्षक परिकार भने बिर्यानी पनि हो । उनले हैदरावाद बिर्यानी नभनेर जावलाखेल बिर्यानी नाम दिएका छन् ।

इनर्जी ड्रिंक्स पनि छुट्टै फ्लेवरमा उपलव्ध गराएका छन् । दुधमा हर्लिक्स, बर्नभिटा मिसाएर कोल्ड इनर्जी ड्रिंक्स बनाएर नयाँ फ्लेवर दिन खोजिएको उनको भनाइ छ ।

उनको रेष्टुरेन्टमा अन्य ठाउँको तुलनामा सस्तोमा खान पाइन्छ । उनले दावीका साथ भने, हाम्रो रेष्टुरेन्टमा जस्तो सस्तो अरु ठाउँ छैन ।

उनले आफ्नो घरमै रेष्टुरेन्ट सञ्चालन गरेकाले पनि मूल्य सस्तो भएको बताए ।

उनको दैनिक २५ देखि ३० हजारको व्यापार हुने गर्छ । आठ जनालाई रोजगारी दिएका छन् ।

रेष्टुरेन्ट सञ्चालनका लागि १५ लाख रुपियाँ लगानी भएको उनले बताए ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

दक्षिण तथा पूर्वी एशियामा बाढी पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या साढे ११ सय नाघ्यो

सम्बन्धित

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

आज पोखरामा एकता सन्देश सभा गर्दै नेकपा

आज कति छ काठमाडौँको तापक्रम ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com