ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पूर्वडीआईजी छविलाल जोशीलाई फर्काइयो हिरासत फर्काइयो, थुनछेक बहस सकिएन


एबीसी न्यूज

काठमाडौं ६ माघ । नेपाल प्रहरीका पूर्व प्रहरी नायव महानिरीक्षक डीआईजी छविलाल जोशीलाई हिरासतमा फर्काइएको छ। काठमाडौँको स्वर्णलक्ष्मी सहकारी ठगीमा मुद्दामा आइतबार थुनछेक बहस नसकिएपछि डीआईजी जोशीलाई प्रहरीको जिम्मा लगाएर पठाउने आदेश भएको हो।

काठमाडौँ जिल्ला अदालतका न्यायाधीश ठाकुरप्रसाद खरेलको इजलासमा उनको बयान भएको हो। बयान सकिएर आजै सरकारी वकिलले बहस पनि गरेका छन्। तर उनको तर्फबाट पनि बहस नसकिएकाले मुद्दा हेर्दाहेर्दैमा राखिएको हो।

अब सोमबार बहस सकिएपछि थुनछेक आदेश हुने अदालतले जानकारी दिएको छ।

सूर्यदर्शन सहकारी ठगीको अभियोगमा कास्की अदालतबाट ८८ लाख धरौटीमा रिहा भएका जोशी आइतबार बिहान जिल्ला अदालतमा हाजिर भएका हुन्। यसअघि कास्की प्रहरीको हिरासतमै रहँदा काठमाडौँ ल्याएर उनको बयान प्रहरीले लिएको थियो। तर अदालतमा पनि छुट्टै बयान हुन्छ।

अदालतमा बयान सकिएपछि उनको थुनछेक बहस भएको हो। यही मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने ६० लाख धरौटीमा रिहा भएका छन्।

कास्कीमा लामिछानेले ६५ लाख धरौटी बुझाएका थिए। काठमाडौँको मुद्दामा पनि रविलाई भन्दा छविलाई बढी बिगो कायम गरिएको छ। रविलाई ५ करोड ८ लाख र छविलाई ५ करोड ७८ लाख बिगो कायम गरिएको थियो।

रवि र छविविरुद्ध आइतबार जिल्ला अदालत रुपन्देहीमा पनि सुप्रिम सहकारी ठगीमा मुद्दा दायर भएको छ। त्यहाँ पनि दुवैलाई चार करोड बढी बिगो माग गरिएको छ। सहारा चितवनको पनि मुद्दा अनुसन्धान सकिएको छ। सरकारी वकिलको कार्यालयले अभियोग पत्र दायर गर्न बाँकी छ।

उनीहरुविरुद्ध पर्साको सानोपाइला सहकारी ठगीमा पनि अनुसन्धान भइरहेको छ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालेन : सञ्जालको आँधीबाट सिंहदरबारसम्मको यात्रा, ‘खोला किनार, फुटपाथ र फोहोरले अझै प्रश्न गरिरहेछन्’

नैतिक प्रश्नको घेरामा स्थानीय नेतृत्वः सांसद बन्ने लोभमा तीन मेयरको राजीनामा

सम्बन्धित

ताप्लेजुङमा योगेशले पाएनन् टिकट, क्षितिज थेबे उम्मेदवार

बालेन : सञ्जालको आँधीबाट सिंहदरबारसम्मको यात्रा, ‘खोला किनार, फुटपाथ र फोहोरले अझै प्रश्न गरिरहेछन्’

नैतिक प्रश्नको घेरामा स्थानीय नेतृत्वः सांसद बन्ने लोभमा तीन मेयरको राजीनामा

क-कसलाई लाग्नेछ निर्वाचन आचारसंहिता ?

साइबर ब्यूरो पुग्यो दुर्गा प्रसाईंमाथि अनुसन्धान गर्न माग गरिएको पत्र

बालेन शाह जनकपुर पुग्दा समर्थकको भिड, विमानस्थलको सिसा ढोका फुट्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com