ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सुप्रिम सहकारी ठगी प्रकरण, रवि र छविविरुद्ध पूरक मुद्दा दर्ताको तयारी


एबीसी न्यूज

काठमाडौं ६ माघ । सुप्रिम सहकारीको रकम अपचलसम्बन्धी रवि लामिछाने र छविलाल जोशीविद्धको पूरक मुद्दा जिल्ला सरकारी वकिल कार्यालयले आज आइतबार जिल्ला अदालतमा पठाउने भएको छ । यसअघि पठाइएको जीबी राईसहितका १७ जनाविरुद्धको थप अभियोजन मुद्दा पनि अदालतमा रुजु गर्ने काम भइरहेको छ ।

बिहीबार नै दर्ता गर्ने भनिएको रवि, छविसहित १४ जनाविरुद्धको पूरक अभियोजन मुद्दा समय अभावका कारण भन्दै रोकिएको थियो । तर, शुक्रबार रूपन्देही जिल्ला अदालतमा दर्ता भएको मुद्दाको सक्कल फाइल नै फेला नपरेपछि सरकारी वकिल कार्यालयले पूरक मुद्दा फाइल नै अदालतमा पठाउन सकेको थिएन । अदालतले सुरु मुद्दाको सक्कल फाइल सर्वोच्च अदालतबाट हुलाकमार्फत पठाइएकाले आउन समय लागेको जनाएको थियो ।

वकिल कार्यालयका जिल्ला न्यायाधिवक्ता प्रेमराज पौडेलले आइतबार १ बजेभित्र नै रवि लामिछाने, छविराज जोशीसहित १४ जनालाई प्रतिवादी बनाइएको पूरक मुद्दाको फाइल जिल्ला अदालतमा पठाउने बताए । ‘दर्ता गर्ने नगर्ने अदालतको तयारीको कुरा हो, हामीले आजै १ बजेभित्र पठाउँछौं,’ उनले भने, ‘थप अभियोजनको फाइल रुजु भइरहेकाले रुजु गर्न केही समय लाग्ला, रुजु गरेर सकिएपछि दर्ता हुन्छ ।’

रास्वपा सभापति रवि लामिछाने र गोर्खा मिडिया नेटवर्कका उपाध्यक्ष एवं पूर्वडीआईजी छविलाल जोशीविरुद्धको पूरक मुद्दा दर्तामा ढिलाइ हुँदै आइरहेको छ । अदालत स्रोतका अनुसार आइतबार मुद्दा दर्ता दर्ता गरेर रवि लामिछाने सोमबार अदालत उपस्थित हुने सूचना अदालतमा पठाएका छन् । त्यसैले मुद्दा आइतबार नै रुजु गरेर सकेर दर्ता गर्ने सम्भावना छ । स्रोतका अनुसार रविले आफ्ना तर्फबाट बहस गर्ने वकिलहरूको संयोजन गर्न अधिवक्ता यज्ञमणि न्यौपानेलाई दिएका छन् । वकिलको नामावली आइतबार साँझसम्ममा तयार हुनेछ । त्यसपछि सोमबार बिहानको जहाजबाट रवि भैरहवा आउने गरी तयारी भइरहेको रास्वपा स्रोतले बतायो ।

२०८१ वैशाख ३ गते रुपन्देही अदालतमा सुप्रिम सहकारी ठगीसम्बन्धी सुरु मुद्दा दर्ता भएको थियो । त्यतिबेला लामिछाने गृहमन्त्री थिए । प्रहरीले उनीविरुद्ध मुद्दा दर्ता गरेको थिएन । सरकारी वकिल कार्यालयले सुप्रिम सहकारीका संस्थापक अध्यक्ष एवं हालका संरक्षक गितेन्द्रबाबु ९जीबी० राई, सुप्रिमका वर्तमान अध्यक्ष ओमप्रकाश गुरुङ, कुमार रम्तेल, सागर केसीसहित २८ जनाविरुद्ध सहकारीठगी सम्बन्धमा मुद्दा दायर गरेको थियो । उक्त मुद्दामा रवि र छवि जोडिएका थिएनन् । गृहमन्त्री भएकै कारण उनीविरुद्ध अनुसन्धान गर्न र मुद्दामा अभियोग लगाउन प्रहरीले सकेन ।

बिहीबार सरकारी वकिल कार्यालयले अदालत पठाएको थप मुद्दमामा राईसहितका १७ जनालाई सहकारी ठगी, संगठित अपराधको कसुर र बिगो थपसहितको माग गरेको छ । बिहीबार नै पूरक जाहेरीअनुसार रवि र छविसहित १४ जनालाई थप प्रतिवादी कायम गरेर पुरक मुद्धा दर्ताको तयारी गरेकोप्रहरीले विहिवार सुरु मुद्धाका १७ जना बिरुद्ध सहकारी ठगी तथा संगठित अपराध मुद्धा दर्ता गरेको हो । थप कसुरमा संगठित अपराध र थप २ करोड ७ लाख रुपैंयाँ थप बिगो माग गरिएको छ । सुरु मुद्दामा १ अर्ब ३ करोड बिगो रहेकोमा अहिले २८ जनाविरुद्ध २ करोड ७ लाख र पूरक जाहेरीका १४ जनाविरुद्ध ७ करोड गरी १ अर्ब १२ करोड बिगो माग गरेर मुद्दा दर्ताको तयारी भइरहेको छ । सुप्रिम सहकारीका १ हजार ८ सय ७२ जनाको जाहेरी छ । सुप्रिम सहकारीका १० हजार ३ सय ९१ जना बचतकर्ताको १ अर्ब ३१ करोड अपचलन भएको अनुसन्धानले देखाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालेन : सञ्जालको आँधीबाट सिंहदरबारसम्मको यात्रा, ‘खोला किनार, फुटपाथ र फोहोरले अझै प्रश्न गरिरहेछन्’

नैतिक प्रश्नको घेरामा स्थानीय नेतृत्वः सांसद बन्ने लोभमा तीन मेयरको राजीनामा

सम्बन्धित

ताप्लेजुङमा योगेशले पाएनन् टिकट, क्षितिज थेबे उम्मेदवार

बालेन : सञ्जालको आँधीबाट सिंहदरबारसम्मको यात्रा, ‘खोला किनार, फुटपाथ र फोहोरले अझै प्रश्न गरिरहेछन्’

नैतिक प्रश्नको घेरामा स्थानीय नेतृत्वः सांसद बन्ने लोभमा तीन मेयरको राजीनामा

क-कसलाई लाग्नेछ निर्वाचन आचारसंहिता ?

साइबर ब्यूरो पुग्यो दुर्गा प्रसाईंमाथि अनुसन्धान गर्न माग गरिएको पत्र

बालेन शाह जनकपुर पुग्दा समर्थकको भिड, विमानस्थलको सिसा ढोका फुट्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com