ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

२४ बलमा ७ विकेट गुमाएपछि बाग्मती कोशीसँग १० रनले हार्‍याे


एबीसी न्यूज

काठमाडौं ६ माघ । प्रधानमन्त्री कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा कोशी प्रदेशले बाग्मती प्रदेशलाई १० रनले हराएको छ ।

कोशीले दिएको ६४ रनको लक्ष्य पछ्याएको बाग्मती १२ ओभर १ बलमा ५३ रनमा अलआउट भयो । बाग्मतीले २४ बलमा ७ विकेट गुमायो । बाग्मतीकी सबिका यादवले २०, विपिशा शाहीले नटआउट १२ रन बनाए । बाग्मतीका अन्य ब्याटरले दोहोरो अङ्कमा रन जोड्न सकेनन् । कोशीकी ज्योति दनवार, रुबिना क्षेत्री र सङ्गीता राईले २र२ विकेट लिए ।

यसअघि धनगढीको फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको कोशीले निर्धारित १३ ओभरमा ७ विकेट गुमाएर ६३ रन बनायो । कोशीकी बिमला मलहाले नटआउट १९, कप्तान रुबिना क्षेत्रीले १५ रन बनाए ।

यो जीतसँगै कोशी २ अङ्क जोडेर समूह ‘बी’ को शीर्ष स्थानमा छ । प्रतियोगितामा अहिले समूह बी कै त्रिभुवन आर्मी क्लब र मधेश प्रदेश खेलिरहेका छन् । प्रधानमन्त्री कप महिला क्रिकेटमा आजदेखि समूह ‘बी’ का खेल शुरू भएको हो ।

समूह ए मा सशस्त्र प्रहरी बलको एपीएफ क्लब, सुदूरपश्चिम प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेश रहेका छन् । यो समूहबाट एपीएफ शीर्ष र सुदूरपश्चिम दोस्रो स्थानमा रहेर सुपर फोरमा पुगेका छन् ।

सुपर फोरमा शीर्ष दुईमा रहने टोलीबीच उपाधिका लागि प्रतिस्पर्धा हुनेछ । फाइनल खेल आउँदो शनिवार हुनेछ ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

गगन थापाले सर्लाही–४ रोजेपछि क्षेत्रमा कडा प्रतिस्पर्धा : अमरेश सिंह मुख्य चुनौती

कार्यकर्तालाई मनोबल उच्च पार्न आग्रह गर्दै ओलीले भने– दुईतिहाइ मतले जित्छु

सम्बन्धित

गगन थापाले सर्लाही–४ रोजेपछि क्षेत्रमा कडा प्रतिस्पर्धा : अमरेश सिंह मुख्य चुनौती

कार्यकर्तालाई मनोबल उच्च पार्न आग्रह गर्दै ओलीले भने– दुईतिहाइ मतले जित्छु

शहीद परिवार र मतदातासँगको भेटघाटमा व्यस्त प्रचण्ड

माधव नेपाल र रेशमसहित यी उम्मेदवारविरुद्ध आयोगमा उजुरी, मनोनयन खारेज गर्न माग

देश चलाउन सक्रिय विदेशी शक्तिलाई रुकुमपूर्वबाट जवाफ दिन्छु– प्रचण्ड

अहिलेको सरकार सायद आगजनी गर्नेहरूकै हो – केपी शर्मा ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com