ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मन्त्री भएका नेताका छोराछोरीका लागि आरक्षण कोटा बन्द गर्नुपर्छ- वर्षमान पुन


एबीसी न्यूज

काठमाडौं ६ माघ । नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं पूर्वमन्त्री वर्षमान पुन अनन्तले निर्वाचनमा आफैँ प्रतिस्पर्धा गर्न सक्ने वर्गका नेता नै समानुपातिक प्रणालीबाट सांसद् बनेपछि प्रश्न खडा भएको बताएका छन्।

आज अखिल क्रान्तिकारी चिकित्सा शास्त्र अध्ययन संस्थान, महाराजगञ्ज चिकित्सा क्याम्पस ईकाई सम्मेलनलाई सम्बोधन गर्दै पुनले समावेशीता र समानुपातिक प्रतिनिधित्वको दुरुपयोग भएकोले त्यसलाई सच्याइनुपर्ने बताएका हुन्।

प्रतिस्पर्धा गर्न नसक्ने वर्गलाई माथि उठाउन समानुपातिक र समावेशीताको अवधारणा अघि सारिएको भए पनि सक्षम वर्गले त्यही नाममा अवसर लिएका कारण जनतामा त्यसप्रति नकारात्मक धारणा विकास हुन थालेको उनले बताए।

‘यस्तै प्रवृत्ति बढ्दै गएपछि हामीले लोकतन्त्रको सर्भिसिङ हुनुपर्ने बहस अघि बढाएका हौँ,’ पुनले भने, ‘समावेशीता चुनाव लड्न नसक्नेका लागि हो। प्रतिस्पर्धाका लागि योग्य बनाउन पछि परेको समुदाय र वर्गका मान्छेलाई अवसर दिने भन्ने त्यसको उद्धेश्य हो। तर, ‘लुप होल’ बाट प्रतिस्पर्धा गर्न नसक्नेहरुका लागि छुट्याएको कोटामा प्रतिस्पर्धाका लागि सक्षम र सक्नेहरु तीनपटकसम्म सांसद÷मन्त्री भइरहेका छन्। अब यसलाई रोक्नुपर्छ।’

उनले सरकारी सेवामा विकट गाउँका गरिब बाहुन, मधेसी, जनजाति र कर्णालीजस्ता पिछडिएको क्षेत्रका लागि छुट्याइएको आरक्षण काठमाण्डौँसहित सहरका निजी स्कुल र क्याम्पसमा पढ्नेहरुले लिन नहुनेमा उनले जोड दिए।

अवसर पाएका र नपाएकाहरुबीच प्रतिस्पर्धा गराइन नहुने भन्दै पुनले अवसर पाउने–पाउने र नपाउने–नपाउनेबीचको प्रतिस्पर्धा मात्र न्योचित हुने चर्चा बताए।

पुनले आफू जनजाति समुदायको भए पनि आफ्ना छोराछोरीले कोटाबाट सरकारी सेवामा प्रवेश गर्न नमिल्ने तर्क गरे। ‘ म मन्त्री भएको छु। मेरो छोराछोरीले काठमाण्डौँमा पढेका हुन्। उनीहरुले जनजाति कोटामा सरकारी सेवामा जाने होइन, प्रतिस्पर्धा गर्नुपर्छ’, पुनले भने, ‘गाउँका गरिब बाहुन क्षेत्रीको छोराछोरी, पछि परेका मधेसी र जनजातिका छोराछोरी र वा कर्णालीको कोटामा आर्थिक र राजनीतिक पहुँचमा भएकाहरुका छोराछोरीले प्रतिस्पर्धा गर्न नसक्नेका लागि छुटेयाइएको कोटाबाट अवसर लिन मिल्दैन।’

चुनाव लडेर प्रतिस्पर्धामार्फत आउन सक्ने महिला, जनजाति, दलित वा मधेसी नेताले समानुपातिक प्रणालीबाट संसदमा आउन रोक्नुपर्ने पुनले बताए । ‘चुनाव लडेर प्रतिस्पर्धाबाटै आउन सक्ने नेता कोटामा आयो भने अर्को आउन सक्दैन’, पुनले भन, ‘महिला छ सक्षम छ । जनजाति छ सक्षम छ । दलित छ समक्ष छ। उसैले कोटा खाइदियो भने अवसरमा पछि परेको मान्छे कसरी अगाडि आउन सक्छ रु यसलाई सच्याउनुपर्छ।’

पुनले समावेशीता र समानुपातिकताको दुरुपयोग रोक्न कानूनी सुधार गर्नुपर्ने हुन सक्ने औंल्याए।

बंगलादेशमा समावेशीताकै नाराको गलत प्रयोग हुँदा जनतामा चुलिएको असन्तुष्टिले दुई तिहाई जनमतसहितको शेख हसिना शासन छाडेर भाग्नुपरेको दृष्टान्त नेपालका लागि शिक्षा हुनसक्ने पुनको भनाई थियो।

‘बंगलादेश निर्माणमा संलग्नहरुका नातिनातिनाले मात्र सरकारी सेवामा अवसर पाउँछ भनिएका कारण जनतामा असन्तुष्टि बढ्यो। सानो झिल्कोले डँढेलेको रुप लिएर ६ महिनाअघि निर्वाचनबाट दुई तिहाई जनमत पाएको सत्ता जनताले पल्टाइदिए’, पुनले भने, ‘तत्कालको जनमत मात्र सबै थोक होइन। राजनीतिक दल र नेतृत्वले मान्छेको मनस्थिति के छ, समाज कता जाँदैछ भन्ने बुझ्न सकेन भने तत्कालको जमनतको कुनै अर्थ हुँदैन।’

उनले एजेण्डा सही हुँदा मात्र जनमत पाइन्छ भन्ने उदाहरण श्रीलंका भएको पनि बताए।

श्रीलंकामा ४ वर्षअघिको निर्वाचनमा जम्मा ३ प्रतिशत मत पाएको कम्युनिष्ट पार्टीले हालै सम्पन्न निर्वाचनमा ५४ प्रतिशत मत पाउनुले जनमत सधैँ कुनै अमुक दलको पक्षमा नरहने तर्क पुनले गरे।

उनले सत्तारुढ काँग्रेस र एमालेले आफूहरुसँग दुई तिहाई भएको घमण्डसहित सरकारमा बहेर अहिलेकै जस्तो मनपर्दी गरिरहे कार्यकर्ताबाहेकले भोट नदिने अवस्था आउन सक्ने दाबी गरे।

आफ्ना अध्यक्ष प्रचण्डले १८ महिना सरकारको नेतृत्व गर्दा सुशासन र भ्रष्टाचार नियन्त्रणका लागि चालेको कदमका कारण सरकारबाहिर आउँदा पनि आफूहरुको पक्षमा जनमत देखिएको उनको भनाइ थियो।

०८४ मा आफ्नो दल ठूलो हुने दाबी पनि पुनले गरे। ‘हिजो हामी समयअनुसार चल्न सकेनौँ। हामीमा टुटफुट र विभाजनहरु भए। तर, अहिले आएर हामीले धेरै सिकेका छौँ’, उनले भने, ‘देश हाम्रो राजनीतिक एजेण्डामा चलेको छ। यो व्यवस्था रहुन्जेल माओवादी रहन्छ। चुनावबाट कहिले सानो र कहिले ठूलो हुनु स्वभाविक हो। अब हामी हाम्रो शक्तिमा फेरि बलियो हुँदैछौँ। पार्टीलाई फेरि जीवन्त बनाउन लागिपरेका छौँ।’

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालेन : सञ्जालको आँधीबाट सिंहदरबारसम्मको यात्रा, ‘खोला किनार, फुटपाथ र फोहोरले अझै प्रश्न गरिरहेछन्’

नैतिक प्रश्नको घेरामा स्थानीय नेतृत्वः सांसद बन्ने लोभमा तीन मेयरको राजीनामा

सम्बन्धित

ताप्लेजुङमा योगेशले पाएनन् टिकट, क्षितिज थेबे उम्मेदवार

बालेन : सञ्जालको आँधीबाट सिंहदरबारसम्मको यात्रा, ‘खोला किनार, फुटपाथ र फोहोरले अझै प्रश्न गरिरहेछन्’

नैतिक प्रश्नको घेरामा स्थानीय नेतृत्वः सांसद बन्ने लोभमा तीन मेयरको राजीनामा

क-कसलाई लाग्नेछ निर्वाचन आचारसंहिता ?

साइबर ब्यूरो पुग्यो दुर्गा प्रसाईंमाथि अनुसन्धान गर्न माग गरिएको पत्र

बालेन शाह जनकपुर पुग्दा समर्थकको भिड, विमानस्थलको सिसा ढोका फुट्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com