ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सीआइए प्रमुख पोम्पेओ विदेशमन्त्रीमा नियुक्त गरिने ट्रम्पबाट घोषणा


admin
फाल्गुन ३०, २०७४ बुधबार  २ : ५४ बजे

वासिङटन,  ३० फागुन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलबार अमेरिकी विदेशमन्त्री रेक्स टिलरसनलाई पदबाट हटाइएको घोषणा गर्नुभएको छ ।

राष्ट्रपति ट्रम्पले अमेरिकी कुटनीतिज्ञ तथा विदेश मन्त्रीका रूपमा टिलरसनले गरेको कार्यका लागि धन्यवाद दिँदै उहाँको स्थानमा अमेरिकी केन्द्रीय गुप्तचर निकाय (सिआइए) का प्रमुख माइक पोम्पेओलाई नियुक्त गरिने ट्वीटर सन्देशमार्फत जानकारी गराउनुभएको छ ।

“विदेशमन्त्रीका रूपमा गरेको योगदानका लागि रेक्स टिलर्सनलाई धन्यवाद,” ट्रम्पले आफ्नो ट्वीटर पेजमा लेख्नुभएको छ ।

अमेरिकी इतिहासमा नै सिआइए प्रमुखको जिम्मेवारी गिना हास्पेललाई दिइएको राष्ट्रपति ट्रम्पले सन्देशमा उल्लेख गर्नुभएको छ । उहाँ अमेरिकी इतिहासमा सिआइए प्रमुखको जिम्मेवारी सम्हाल्ने पहिलो महिला हुनुहुनेभएको छ ।

“टिलर्सनको उत्तराधिकारीका रूपमा सिआइएका निर्देशक माइक पोम्पेओ छिट्टै अमेरिकी विदेशमन्त्री बन्नुहुनेछ । ”

टिलसरसनसँग काम गर्ने सिलसिलामा वैचारिक भिन्नता देखिएकोले उहाँलाई विदेशमन्त्री बनाइराख्न सम्भव नभएको अमेरिकी राष्ट्रपति ट्रम्पले सञ्चारकर्मीसँग बताउनुभयो ।

ट्रम्पले भन्नुभयो, “इरान आणविक सम्झौता मेरो विचार सकारात्मक छैन तर टिलरसनले यसलाई ठीक भन्नुहुन्छ । कि सम्झौता भङ्ग गर्नुपर्ने कि त अन्य केही समाधान सोच्नुपर्ने मेरो विचार हो । तर उहाँले केही फरक सोच्नुभयो । त्यसैले हामीले सहकार्य गर्न सकेनौ ।”

प्रतिक्रिया दिनुहोस्

भर्खरै

इलाममा भूकम्पको धक्का

निर्वाचनलाई मिथ्या सूचना र सूचना हेरफेरको ‘परीक्षण स्थल’ बनाउने जोखिमप्रति गम्भीर चिन्ता के हो ?

सम्बन्धित

अमेरिकाका लागि एसियाबाट सिक्नुपर्ने पाठहरू

बिहारका सांसद पप्पु यादव मध्यराति घरबाटै गिरफ्तार

भारतको कोइलाखानीमा विस्फोट हुँदा खोटाङका दुई युवाको मृत्यु, चार घाइते

अमेरिका र इरानबीच भोलि ओमानमा वार्ता गर्ने सहमति

उत्तरी जापानमा अत्यधिक हिमपातका कारण ३५ जनाको ज्यान गयो

अमेरिकाले भारतलाई ७% ट्यारिफ राहत, रुसी तेलमा ‘पेनाल्टी’ हट्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com