ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

उपत्यकाका १८ स्थानीय तह विपद् पूर्वतयारीबारे छलफलमा


एबीसी न्यूज

काठमाडौं ४ माघ । काठमाडौँ उपत्यकाका १८ वटा स्थानीय तह विपद् पूर्वतयारीबारे छलफलमा जुटेका छन्।

काठमाडौँ महानगरपालिका, ललितपुर महानगरपालिका, भक्तपुर नगरपालिका, सूर्यविनायक, मध्यपुर ठिमी, चागुनारायण, तारकेश्वर, बुढानिलकण्ठ नगरपालिका छलफलमा जुटेका हुन्।

यसैगरी, टोखा नगरपालिका, शंखरापुर, कीर्तिपुर, दक्षिणकाली, गोदावरी, गोकर्णेश्वर, कागेश्वरी मनोहरा, महालक्ष्मी, नागार्जुन र चन्द्रागिरि नगरपालिकाका जनप्रतिनिधि, प्रशाकीय अधिकृत तथा विपद् व्यवस्थापन शाखाका प्रमुखहरु कार्यशालामा सहभागी छन्।

काठमाडौँ उपत्यका उत्थानशीलताको लागि विपद् जोखिम शासन सुदृढीकरण परियोजनाको सहयोगमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बनाएको स्थानीय विपद् तथा जलवायु उत्थानशील कार्यढाँचा तर्जुमा दिग्दर्शनका विषयमा छलफल गर्न स्थानीय सरकारहरू एकठाउँमा भेला भएका हुन्।

कार्यशालामा संघीय र प्रदेश सरकारका विपद् व्यवस्थापनसँग सम्बन्धित निकायहरू पनि सहभागी छन्।

कार्यक्रममा बोल्दै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका सहसचिव भीष्म कुमार भुसालले विपद् पूर्वतयारीका लागि स्थानीय तहहरू अब संघ र प्रदेश सरकारको भर परेर बस्न नहुने बताए।

स्थानीय सरकारहरूले विपद् आइहालेमा राहत र उद्दारमा आफैँ खटिन सक्नेगरि दक्ष जनशक्ति तयार पार्नुपर्नेमा उनले जोड दिए।

‘कुनै एउटा ठाउँमा विपद् आयो, कतिबेला बर्दि लगाएका मान्छे आउलान् र उद्दार गर्लान् भनेर पर्खेर बस्नुपर्ने स्थिति भयो भने हामीले आँकलन नै गर्न नसक्ने क्षति हुनसक्छ,’ भुसालले भने, ‘त्यसकारण स्थानीय सरकारहरू यसमा सशक्त बन्नुपर्छ। पूर्वतयारी र प्रतिकार्यकामा हाम्रो घर नजिकैको सरकार बलियो बन्न सक्यो भनेमात्रै क्षतिलाई कम गर्न सकिन्छ।’

कार्यशालामा विपद् बिज्ञहरूले आफ्नो प्रस्तुति राखिरहेका छन् भने स्थानीय सरकारका जनप्रतिनिधि तथा विपद् शाखामा कार्यरत कर्मचारीहरूले आज दिनभित्र यसमा छलफल गर्नेछन्।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालेन : सञ्जालको आँधीबाट सिंहदरबारसम्मको यात्रा, ‘खोला किनार, फुटपाथ र फोहोरले अझै प्रश्न गरिरहेछन्’

नैतिक प्रश्नको घेरामा स्थानीय नेतृत्वः सांसद बन्ने लोभमा तीन मेयरको राजीनामा

सम्बन्धित

ताप्लेजुङमा योगेशले पाएनन् टिकट, क्षितिज थेबे उम्मेदवार

बालेन : सञ्जालको आँधीबाट सिंहदरबारसम्मको यात्रा, ‘खोला किनार, फुटपाथ र फोहोरले अझै प्रश्न गरिरहेछन्’

नैतिक प्रश्नको घेरामा स्थानीय नेतृत्वः सांसद बन्ने लोभमा तीन मेयरको राजीनामा

क-कसलाई लाग्नेछ निर्वाचन आचारसंहिता ?

साइबर ब्यूरो पुग्यो दुर्गा प्रसाईंमाथि अनुसन्धान गर्न माग गरिएको पत्र

बालेन शाह जनकपुर पुग्दा समर्थकको भिड, विमानस्थलको सिसा ढोका फुट्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com