ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

६ महिनामा बागमती प्रदेशको विकास खर्च १० प्रतिशत मात्रै


एबीसी न्यूज

काठमाडौं ३ माघ । बागमती प्रदेश सरकारको विकास खर्च कमजोर देखिएको छ। चालु आथिक वर्षको ६ महिना पूरा हुँदा बागमती प्रदेशको विकास बजेटको १० प्रतिशत मात्रै खर्च भएको हो।

चालु आर्थिक वर्षको साउन १ गतेदेखि पुस मसान्तसम्ममा १०।३२ प्रतिशत मात्रै पुँजीगत खर्च भएको प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयले जनाएको छ।

चालु आर्थिक वर्षको लागि कुल ६४ अर्ब ५४ करोड ४ लाख ३१ हजार बजेट ल्याएको बागमती प्रदेश सरकारले विकास बजेट अर्थात् पुँजीगत खर्च ३७ अर्ब ९ करोड १२ लाख ४९ हजार रुपैयाँ छुट्याएको थियो। जसमा चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा ३ अर्ब ८२ करोड ८१ लाख १८ हजार रुपैयाँ मात्रै बजेट खर्च भएको हो।

बजेटको कुल खर्च भने १६।२७ प्रतिशत अर्थात् १० अर्ब ५० करोड २९ लाख ९ हजार रुपैयाँ रहेको आर्थिक मामिला तथा योजना मन्त्रालयले जनाएको छ। कुल बजेटमा २५ अर्ब ९४ करोड ९१ लाख ८२ हजार रुपैंया चालु खर्च तर्फ विनियोजन गरिएको थियो।

जसमध्ये यस अवधिमा प्रतिशतको आधारमा हेर्ने हो भने सबैभन्दा धेरै युवा तथा खेलकुद मन्त्रालयले विकास बजेट खर्च गरेको छ। ४८ करोड ६७ लाख ५० हजार पुँजीगत बजेट पाएको यस मन्त्रालयले ६ महिनाको अवधिमा १८ प्रतिशत अर्थात् ९ करोड ९ लाख २४ हजार रुपैंया बजेट खर्च गरेको हो।

यस्तै, सबैभन्दा कम पुँजीगत बजेट खर्च गर्नेमा आन्तरिक मामिला तथा कानुन मन्त्रालय रहेको छ। यस मन्त्रालयले चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा १ प्रतिशत बजेट पनि खर्च गरेको छैन।

कुल बजेट ५४ करोड १३ लाख ७ हजार बजेट विनियोजन भएको यस मन्त्रालयमा चालु तर्फ २८ करोड ९३ लाख ३९ हजार र पुँजीगत तर्फ २५ करोड १९ लाख ६८ हजार विनियोजित बजेटमा पुस मसान्तसम्ममा पुँजीगत खर्च ०।८० प्रतिशत अर्थात् २ लाख १० हजार रुपैयाँ मात्रै अर्च गरेको आर्थिक मन्त्रालयले जनाएको छ।

यस्तै, पर्यटन, उद्योग तथा सहकारी मन्त्रालयको पनि बजेट खर्च कमजोर देखिएको छ। कुल २ अर्ब ४६ करोड २ लाख १६ हजार रुपैंया विनियोजित बजेटमा पुस मासन्तसम्ममा कुल बजेटको ४ प्रतिशत मात्रै खर्च गरेको पाइएको छ।

यता, मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयको कुल खर्च १६।९२ प्रतिशत, आर्थिक मामिला तथा योजना मन्त्रालयको १९।७३ प्रतिशत, उद्योग वाणिज्य, भूमी तथा प्रशासन मन्त्रालयको खर्च १५।५९ प्रतिशत, कृषि तथा पशुपन्छी विकास मन्त्रालयको खर्च १३ प्रतिशत, खानेपानी उर्जा तथा सिंचाई मन्त्रालयको खर्च ११।३० प्रतिशत, आन्तरिक मामिला तथा कानुन मन्त्रालयको कुल खर्च २३।४८ प्रतिशत र युवा तथा खेलकुद मन्त्रालयको कुल खर्च १६।७४ प्रतिशत रहेको प्रदेशको अर्थ मन्त्रालयले जनाएको छ।

यस्तै, वन तथा वातावरण मन्त्रालयको १६।६ प्रतिशत, भौतिक पूर्वाधार विकास मन्त्रालयको १२।५२ प्रतिशत सामाजिक विकास मन्त्रालयको १९।५१ प्रतिशत, स्वास्थ्य मन्त्रालयको २४।३२ प्रतिशत र श्रम रोजगार तथा यातायात मन्त्रालयको १८ प्रतिशत बजेट खर्च भएको मन्त्रालयले जनाएको छ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालेन : सञ्जालको आँधीबाट सिंहदरबारसम्मको यात्रा, ‘खोला किनार, फुटपाथ र फोहोरले अझै प्रश्न गरिरहेछन्’

नैतिक प्रश्नको घेरामा स्थानीय नेतृत्वः सांसद बन्ने लोभमा तीन मेयरको राजीनामा

सम्बन्धित

ताप्लेजुङमा योगेशले पाएनन् टिकट, क्षितिज थेबे उम्मेदवार

बालेन : सञ्जालको आँधीबाट सिंहदरबारसम्मको यात्रा, ‘खोला किनार, फुटपाथ र फोहोरले अझै प्रश्न गरिरहेछन्’

नैतिक प्रश्नको घेरामा स्थानीय नेतृत्वः सांसद बन्ने लोभमा तीन मेयरको राजीनामा

क-कसलाई लाग्नेछ निर्वाचन आचारसंहिता ?

साइबर ब्यूरो पुग्यो दुर्गा प्रसाईंमाथि अनुसन्धान गर्न माग गरिएको पत्र

बालेन शाह जनकपुर पुग्दा समर्थकको भिड, विमानस्थलको सिसा ढोका फुट्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com