ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रवि लामिछानेको थुनछेक बहस आज पनि, जाहेरवालाले सकेपछि मात्र प्रतिवादीको पालो


एबीसी न्यूज

काठमाडौं २ माघ । काठमाडौँको स्वर्णलक्ष्मी सहकारी ठगी मुद्दाका प्रतिवादी रवि लामिछानेबारेको थुनछेक बहसले आज बुधबार पनि निरन्तरता पाउने भएको छ।

यही पुस २७ गते आफैँ काठमाडौँ जिल्ला अदालत उपस्थित भई न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा बयान दिएका राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा का सभापति लामिछानेबारे पुस २८ सोमबार देखि थुनछेक बहस जारी छ।

लामिछानेविरुद्ध सोमबार सरकारी र जाहेरवालातर्फका वकिलले बहस गरे।

जाहेरवालातर्फको बहस बाँकी रहेकाले आज सुरुमा उनीहरूकै वकिलले बहस गर्ने काठमाडौँ जिल्ला अदालतका सूचना अधिकारी अमरबहादुर चन्दले जानकारी दिए।

‘जाहेरवालातर्फकै केही बहस बाँकी रहेकाले आज सुरुवात उनीहरूबाटै हुन्छ’, सूचना अधिकारी चन्दले  भने, ‘यसपछि प्रतिवादीतर्फका वकिलको बहस सुरु हुन्छ।’

जाहेरवाला वकिलको जिकिर स् रविले पहिले पनि शक्तिको दुरुपयोग गरेकै हुन्, नथुने फेरि मुद्दा प्रभावित पार्छन्
मंगलबार माघे संक्रान्तिको सार्वजनिक बिदा भएकाले लामिछानेबारेको थुनछेक बहसले फेरि आजदेखि निरन्तरता पाउने भएको हो।

अहिलेसम्म सरकारी वकिलका तर्फबाट खडिन्द्रपराज पन्त, चन्द्रप्रसाद सञ्जेल, सन्तोषराज कटुवाल, राधिका सुवाल र बिना खड्का थापालगायतले बहस गरे भने जाहेरवाला पक्षबाट सुरेन्द्र भण्डारी र दिनेश त्रिपाठीले बहस गरे।

पूर्वगृहमन्त्री रवि लामिछानेका तर्फबाट भने वरिष्ठ अधिवक्ताद्वय रमनकुमार श्रेष्ठ र सुशील पन्तले बहस गर्ने तयारी छ।  अदालतका सूचना अधिकारी चन्दको भनाइअनुसार सम्भवतस् आज उनीहरूले बहस गर्ने पालो पाउनेछन्।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

स्थानीय र प्रदेश छाडेर प्रतिनिधिसभातर्फ लर्को (सूची)

प्रगतिशील लोकतान्त्रिक पार्टीको समानुपातिक बन्दसूची सार्वजनिक, ९३ को नाम (पूर्ण सूची)

सम्बन्धित

जानकी मन्दिरको आरतीमा बालेन र अमरेश, बिहानै पुगेर गरे पूजाअर्चना

स्थानीय र प्रदेश छाडेर प्रतिनिधिसभातर्फ लर्को (सूची)

प्रगतिशील लोकतान्त्रिक पार्टीको समानुपातिक बन्दसूची सार्वजनिक, ९३ को नाम (पूर्ण सूची)

जनकपुरमा बालेन र पूर्वयुवराज पारस एउटै होटलमा

आज सोनाम ल्होसार, घोडा वर्षको शुभारम्भ

पूर्वमन्त्री जसपाका नेता प्रदीप यादव एमाले प्रवेश, पर्सा–१ बाट पुनः चुनाव लड्ने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com