ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

खो–खोको पहिलो विश्वकप आजदेखि शुरू : उद्घाटन खेलमा नेपाल र भारत खेल्दै


एबीसी न्यूज

काठमाडौं २९ पुस । भारतमा आजदेखि शुरू हुने पहिलो संस्करणको खो–खो विश्वकपमा नेपाल पनि सहभागी हुँदैछ ।

आज जनवरी १३ तारिखदेखि फेब्रअरी १ तारिखसम्म भारतको नयाँ दिल्लीमा हुने प्रथम खो–खो विश्वकप २०२५ मा नेपालका पुरुष र महिला टोलीले सहभागिता जनाउँदै छन् ।

कुल २३ राष्ट्रको सहभागिता रहने पहिलो विश्वकपमा एकैपटक महिला र पुरुषको प्रतिस्पर्धा हुन लागेको हो । यसअघि २४ राष्ट्रले सहभागिता जनाउने भने पनि पाकिस्तानले भारतमा गएर नखेल्ने जनाएपछि सहभागी राष्ट्रको सङ्ख्या २३ भएको अन्तर्राष्ट्रिय खो–खो महासङ्घले जनाएको छ ।

पुरुष खो–खो विश्वकपमा २० देश सहभागी हुनेछन् भने महिला खो–खो विश्वकपमा १९ राष्ट्रले प्रतिस्पर्धा गर्ने भारतीय ओलम्पिक एसोसिएशनले जनाएको छ ।

विश्वकपमा पुरुषतर्फ समूह ‘ए’ मा नेपालसँगै भारत, भुटान, पेरु र ब्राजिल रहेका छन् । समूह ‘बी’ मा दक्षिण अफ्रिका, घाना, अर्जेन्टिना, नेदरल्याण्ड्स र इरान रहेका छन् । समूह ‘सी’मा बङ्गलादेश, श्रीलङ्का, दक्षिण कोरिया, अमेरिका र पोल्याण्ड रहेका छन् । यसैगरी समूह ‘डी’मा इंगल्याण्ड, जर्मनी, मलेसिया र केन्या रहेका छन् ।

नेपालले उद्घाटन खेलमा आज भारतसँग प्रतिस्पर्धा गर्नेछ । त्यसपछि समूहचरणमै भोलि पेरुसँग, पर्सि बुधवार ब्राजिलसँग र बिहीवार भुटानसँग खेल्नेछ । यस्तै विश्वकपमा नेपाली महिला टोली समूह ‘सी’ मा परेको छ । यो समूहमा भुटान, श्रीलङ्का, जर्मनी र बङ्गलादेश रहेका छन् ।

महिला विश्वकपको समूह ‘ए’ मा भारत, इरान, मलेसिया र दक्षिण कोरिया रहेका छन् । समूह ‘बी’ मा इंगल्याण्ड, अष्ट्रेलिया, केन्या, युगाण्डा र नेदरल्याण्ड्स रहेका छन् । यसैगरी समूह ‘डी’ मा दक्षिण अफ्रिका, न्युजिल्याण्ड, पोल्याण्ड, पेरु र इण्डोनेशिया रहेका छन्।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

प्रचण्डले हरिबोल गजुरेलसहितलाई काठमाडौं बोलाए, अडानबाट नहट्ने गजुरेलको चेतावनी

सम्बन्धित

रेशम चौधरीको उम्मेदवारी रद्द

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

प्रचण्डले हरिबोल गजुरेलसहितलाई काठमाडौं बोलाए, अडानबाट नहट्ने गजुरेलको चेतावनी

चुनावी प्रचारमा ‘भाइरल’ बन्ने होड : विचार कि दृश्यात्मक प्रदर्शन ?

चितवन–१ मा ‘त्रिकोणीय रोमाञ्च’: जेनजी युवाको पनि दाउ !

संघीयतालाई चिहान बनाउदै ‘सिंहदरबार’ को मृगतृष्णा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com