ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

१३ औं पोखरा महोत्सव सुरु : सहकारी ठगी गर्नेलाई कारवाही हुन्छ – सञ्चार मन्त्री गुरुङ


एबीसी न्यूज

पोखरा, २६ पुस । सञ्चार तथा सुचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकारीको रकम ठगी गर्नेलाई कारवाही गर्न सरकार लागिपरिरहेको बताएका छन् ।
युनाईटेड क्बल पोखराको आयोजनामा बिहीबारदेखि पोखरामा सुरु ‘१३ औं पोखरा महोत्सव २०८१ को उद्घाटन समारोहमा नेपाल सरकारका प्रवक्ता समेत रहेका मन्त्री गुरुङले सरकारीको रकम ठगी गर्नेलाई कारवाही गर्न सरकार लागिपरिरहेको बताएका हुन् । ‘सहकारीको रकम ठगी गर्नेलाई कारबाही गर्न र जनताको बचत रकम फिर्ता गर्न साथै सहरकारी सेक्टरको नियमन गर्नका सहकारी नियमन प्राधिकरण हामी चाहन्छौं,’ उनले भने, ‘अबको नयाँ व्यवस्थामा सहकारी संरक्षण कोष खडा गरेर ठगीमा परेका जनताहरुको तत्काल रकम फिर्ता गर्न सकियोस भन्नका लागि हामीले कार्यविधि बनाएर अध्याधेशमार्फत जारी भइसकेको छ ।’

मन्त्री गुरुङले पोखरामा पर्यटकीय गतिविधि बढाउनका लागि पूर्वाधारमा ध्यान दिनुपर्ने बताए । ‘प्रकृतिले बरदान दिएको पोखरामा हामीले त्यसको सदुपयोग गर्न सकेका छैनौं । त्यसैले गण्डकी प्रदेश सरकारको ध्यानाकर्षण गराउन चहान्छु,’ उनले भने, ‘यसमा महानगरको पनि महत्वपूर्ण भूमिका हुन्छ । पर्यटनको राजधानी घोषणा गरिदिएर हुन्न् । पूर्वाधारका धेरै कामहरु महानगरले पनि गर्न सक्छ ।’ यहाँको पर्यटन क्षेत्रको विकासमा आवश्यक पूर्वाधार निर्माणका लागि आगामी वर्षको नीति तथा कार्यक्रममा पार्नका लागि पहलकदमीका लागि नेतृत्व गर्ने उनले प्रतिवद्धता जनाए ।

आगामी माघ ७ गतेसम्म अमरसिंह माबिको खेल मैदानमा हुने महोत्सवको सञ्चार तथा सुचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले उद्घाट गरेका हुन् । उद्घाटन कार्यक्रममा वातावरण संरक्षण र पर्यटन प्रवद्धन पुर्‍याएको योगदानको कदर गर्दै चार जना ब्याक्तिलाई सम्मान गरिएको छ । सम्मानित हुनेमा पत्रकार कृष्णमणी बराल, भ्लगर सञ्जय पुन, पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउने चन्द्रकान्त बराल र प्र्रेम बहादुर जिसी रहेका छन । उनीहरुलाई मन्त्री गुरुङ, क्लबका अध्यक्ष लोकबहादुर थापालगायतले दोसल्ला र सम्मान पत्रसहित सम्मान गरेका थिए ।

महोत्सव अघि पोखरा रंगशालादेखि महोत्सव स्थलसम्म विभिन्न आमा समुह, क्लबसहित ३ सयभन्दा बढी संघसंस्थाको सहभागितामा झाँकीर्‍याली निकालिएको थियो । झांकीतर्फ नेपाल मगर संघ इकाइ समिति पोखरा १५, द्वितिय ब्रह्मकुमारी इश्वरीय विश्वविद्यालय, तृतिय क्षेत्री समाज नेपालको ९साराङ नाच० र सिद्धेश्वर भजन मण्डल पोखरा १५ सिद्धेश्वर भजन समुह पोखरा १५ सान्तवना स्थानमा आएका थिए ।
र्‍यालीतर्फ स्वर्णीम टोल महिला समुह पोखरा १० प्रथम, सानी मझुवा आमा समुह पोखरा १५ द्वितिय, सिमलमार्ग टोल बिकास संस्था पोखरा १० तृतिय र रुकुमेली एकता समाजले सान्तवना भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

दक्षिण तथा पूर्वी एशियामा बाढी पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या साढे ११ सय नाघ्यो

सम्बन्धित

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

आज पोखरामा एकता सन्देश सभा गर्दै नेकपा

आज कति छ काठमाडौँको तापक्रम ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com