ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रविसहितको थुनछेक आदेश आउने तयारी भएपछि अदालत आसपासको सुरक्षा बढाइयो


एबीसी न्यूज

काठमाडौं २५ पुस । सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पक्राउ परेका ७ जना प्रतिवादीको थुनछेक आदेश आउने भएपछि जिल्ला अदालत कास्कीको आसपासको सुरक्षा व्यवस्था कडा पारिएको छ।

अदालत परिसर आसपास नेपाल प्रहरी र सशस्त्र प्रहरीको उपस्थिति बढाइएको छ।  जिल्ला न्यायाधीश नितिज राईको इजलासमा बिहीबार नै बहस सकिएपछि आदेश आउने तयारी भएको हो।

प्रतिवादीको तर्फबाट बुधबार नै बहस सकिएपछि जवाफी बहस बुधबार दिउँसो र बिहीबार भएको हो।  अब ७ जना प्रतिवादीलाई थुनामा राख्ने कि थुनाबाहिर राखेर मुद्दाको पुर्पक्ष गर्ने भन्ने आदेश हुनेछ।

जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, नेपाल प्रहरीका पूर्व डीआईजी छविलाल जोशी, लिला पछाई, पूर्व प्रहरी रामबहादुर खनाल, पूर्वसांसद मीना गुरुङ, मीनाका बुबा कृष्णबहादुर गुरुङ र आरती गुरुङ थुनामा छन्।

सातै जना प्रतिवादीहरुलाई अदालतमा उपस्थित गराइएको छ। उनीहरूको पुस १६ गतेदेखि थुनछेक बहस सुरु भएको थियो।

पुस ७ गते जिल्ला सरकारी वकिलको कार्यालयले लामिछानेसहित ४४ जनाविरुद्ध मुद्दा दायर गरेको थियो ।

लामिछानेसहित १९ जनाविरुद्ध सङ्गठित अपराधमा पनि मुद्दा चलाइएको छ।

लामिछानेसँगै खनाल, जोशी र पछाईँविरुद्ध सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा पनि मुद्दा चलाइएको छ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बागलुङमा नेकपा र मसालबीच चुनावी तालमेल

कांग्रेसको कोशी प्रदेश उम्मेदवार सूची: १३ मध्ये १२ नयाँ अनुहार, रामहरि मात्र अनुभवी

सम्बन्धित

बागलुङमा नेकपा र मसालबीच चुनावी तालमेल

कांग्रेसको कोशी प्रदेश उम्मेदवार सूची: १३ मध्ये १२ नयाँ अनुहार, रामहरि मात्र अनुभवी

पार्क भिलेजमा कांग्रेस टिकटको रस्साकसी: आरजुको सट्टा मनुलाई मौका

कांग्रेस विवादः देउवा पक्षको ‘यू–टर्न’ मुद्दा फिर्ता लिन सहमत

नेकपाबाट समाजवादी पक्षका कतिले पाए टिकट ?

रास्वपाभित्र विवाद चर्किँदै :तेह्रथुममा सामूहिक राजीनामा, दाङ–२ मा हस्ताक्षर अभियान

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com