ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार २, २०८३ मंगलबार
```
उत्पादनमुखी बजेटको  अवसरहरु के के छन ? निरज गिरी , अर्थविद् ▶
उत्पादनमुखी बजेटको अवसरहरु के के छन ? निरज गिरी , अर्थविद्
```
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

माओवादी बैठकमा प्रश्न : जति धेरैपटक मन्त्री उति धेरै असन्तुष्टि किन ?


एबीसी न्यूज
पुस २३, २०८१ मंगलबार   १२ : ३३   बजे

काठमाडौं २३ पुस । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्यहरूले पार्टीभित्रको असन्तुष्टि माथिल्लो तहकै कारणले पैदा हुने गरेको बताएका छन् । केन्द्रीय समितिको बैठकमा बोल्ने नेताहरूले यस्तो बताएका हुन् ।

माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आइतबार केन्द्रीय समितिको बैठकमा ३० पेजको राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका थिए । त्यसमाथि बोल्ने भनेर १८० जनाले नाम टिपाएका थिए । त्यसमध्ये सोमबार ८० जनाले धारणा राखे । बाँकी एक सय जनाले मंगलबार बोल्दैछन् ।

केन्द्रीय समितिको बैठकमा नेताहरूले पार्टीमा समस्या भए पदाधिकारीहरूमै भएको र पार्टीमा समस्या रहे पदाधिकारीहरुमै रहेको भनेर टिप्पणी गरे । ‘जति धेरैपटक मन्त्री भयो उति धेरै महत्वकांक्षा हुने र असन्तुष्टि बढ्ने देखियो, यो के हो रु’, केन्द्रीय सदस्य शिवराम यादवले मञ्चतिर फर्किएर भने, ‘पार्टीमा केही समया छ भने यही मञ्चमा छ ।’

यादवले प्रश्न गरिरहँदा मञ्चमा माओवादी अध्यक्ष प्रचण्डसहितका पदाधिकारीहरू उपस्थित थिए । प्रचण्डले राजनीतिक प्रतिवेदनउपर उठेका प्रश्नहरूको जवाफ भने बुधबार दिने छन् ।

 

केन्द्रीय सदस्यहरूले बोल्नेक्रम सकिएपछि बुधबार अध्यक्ष प्रचण्डले प्रतिवेदनमा उठेका प्रश्नहरूको जवाफ दिनेछन् ।

प्रचण्डले जवाफ दिएपछि आगामी कार्य योजना पास गर्दै र कार्य विभाजन लगायत विषयमा निर्णय गर्दै माओवादीको केन्द्रीय समितिको बैठक सकिनेछ ।

नेताहरूले विशेष महाधिवेशनको विषय पनि उठाएका छन् । पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनको पार्टीमा सक्रियताको विषयमा पनि नेताहरूले चासो राखेका छन् ।

उपराष्ट्रपतिको सक्रियताबारे प्रश्न उठाउनेमा नेताहरू सुदन किरातीलगायत ७ जना छन् ।

नेताहरू अहिलेकै कमिटीलाई आयोजक समिति बनाएर विशेष महाधिवेशनमा जाने र केही समय अभियान चलाएर मात्रै नवौं महाधिवेशनमा जानुपर्ने दुवै पक्षमा प्रस्तुत भएका छन् ।

आइतबार प्रचण्डले आफू नवौं महाधिवेशनबारे प्रष्ट रहेको भन्दै केन्द्रीय सदस्यहरूलाई दुई विकल्प दिएका थिए ।

पहिलो(अहिलेको केन्द्रीय समितिलाई महाधिवेशन आयोजक समिति बनाएर जाने ।

दोस्रो(६ महिना विभिन्न अभियान चलाएर त्यसपछि फेरि केन्द्रीय समितिको बैठक राखेर निर्णय गर्ने ।

प्रचण्डले भनेका थिए, ‘अहिले नै महाधिवेशन आयोजक समिति बनाएर जान पनि कुनै समस्या छैन । ६ महिना विभिन्न अभियान चलाऔं र जनतामा एक खालको ऊर्जा भरेर अगाडि बढौं भन्ने मेरो अर्को प्रस्ताव छ । यी दुई विषयमा यहाँहरूले प्रष्ट धारणा राख्नुहोला ।’

धारणा राख्ने क्रममा नेताहरू भने दुवै मतका पक्षमा देखिएका हुन् । ‘अधिकांश नेताहरू अहिले अभियान चलाउनुपर्ने पक्षमा देखिएका छन् । अहिले पार्टीको अभियान चलाउने समय भएको मत पनि प्रकट भएको छ’, एक नेताले भने ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

अर्थ समितिको बैठकः मस्यौदा कार्यविधिमाथि छलफल

नेपालमा अमेरिकी पहलप्रति बेइजिङको चासो

सम्बन्धित

रास्वपा सांसद खनालमाथि छात्रवृत्ति दुरुपयोगको आरोप

नेपालमा अमेरिकी पहलप्रति बेइजिङको चासो

विश्वकप २०२६ : अन्तिम क्षणसम्म संघर्ष, इरान र न्युजिल्यान्डबीच २–२ को रोमाञ्चक बराबरी

४ अर्ब २० करोड बढेर आयो सुदूरपश्चिमको बजेट, कृषि र पूर्वाधार प्राथमिकतामा

तीन मौसमी वायुको प्रभाव :आज सातै प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

विश्वकप २०२६ : अन्डरडगको उदय, दाबेदारहरूको संघर्ष र समूह चरणमा बढ्दो रोमाञ्च

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group