काठमाडौं २३ पुस । नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेविरुद्ध दर्ता भएको अदालतको अवहेलनासम्बन्धी मुद्दाको पेसी चढेको छ।
मंगलबार न्यायाधीशद्वय नहकुल सुवेदी र अव्दुल अजिज मुसलमानको इजलास उक्त मुद्दा परेको हो। आज यही इजलासमा उक्त मुद्दाको सुनुवाइ हुनेछ।
सर्वोच्च अदालतका उपरजिस्ट्रार गोविन्दप्रसाद घिमिरेले असोज १४ गते अदालतको अवहेलना मुद्दा दर्ता गराएका थिए।
वरिष्ठ अधिवक्तासमेत रहेका बार अध्यक्ष घिमिरेले सर्वोच्च अदालतमा न्यायाधीश नियुक्ति सिफारिसमा प्रधानन्यायाधीशले ‘लेनदेन’ गरेको आरोप लगाएका थिए।
प्रतिक्रिया दिनुहोस्