ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

काठमाडौंका भवनको नक्सा पास डिजिटल मात्रै गर्न निर्देशन


एबीसी न्यूज

काठमाडौं २२ पुस । भवन नक्सा स्वीकृत गर्ने प्रणालीलाई विद्युतीय माध्यमबाट मात्र सञ्चालन गर्ने व्यवस्था मिलाउन महानगरपालिकाका कार्यबाहक प्रमुख सुनिता डंगोलले सहरी व्यवस्थापन विभागलाई निर्देशन दिएकी छिन् ।

आज कार्यकक्षमा विभागका प्रमुख हरिशचन्द्र लामिछानेसहित अधिकारीहरूसँग भवन निर्माणको गति, नक्सा स्वीकृत गर्ने प्रणाली, निर्माण सम्पन्नताको प्रमाण पत्र जारी, निर्णायकहरूबाट हुने भवन नक्सा स्वीकृतीको प्रक्रियाका बारेमा जानकारी लिँदै उनले भवनको नक्सा स्वीकृत गर्ने प्रणालीबाट हार्ड कपीसहितको फाइल विस्थापन गर्न निर्देशन दिएकी हुन् ।

‘डिजिटल कपी र हार्ड कपी दुवै प्रयोग हुँदा कार्य प्रणालीमा विकृति आउने साना बाटाहरू रहने भए । दुईमध्ये कुन आधिकारिक भन्ने विषयमा प्रश्न आउने भयो,’ उनले भनिन्, ‘विद्युतीय नक्सा पास प्रणालीलाई हामीले पूर्ण कार्यान्वयनमा ल्याएका छौँ भने हार्डकपी विस्थापन गरौँ । विवरण सुरक्षाका लागि हार्डकपी चाहिने हो भने, स्वीकृत भएको फाइल प्रिन्ट गरेर सुरक्षा गरौँ ।’

त्यस क्रममा विभागका प्रमुख हरिश्चन्द्र लामिछानेले इबिपिएस ९इलेक्ट्रोनिक विल्डिङ् परमिट सिस्टम० मा आधारित नक्सा स्वीकृत प्रणालीमा आधारित सेवा दिन सकिने अवस्था रहेको उल्लेख गरे ।

 

५ महिनामा ४७८ नक्सा स्वीकृत

लामिछानेका अनुसार चालु आर्थिक वर्षका यस अवधिमा ४७८ वटा भवन नक्सा स्वीकृत भएका छन् । तला थप गर्ने १५ वटा नक्सा स्वीकृत भएका छन् । १ हजार ५९ वटाको निर्माण सम्पन्न प्रमाण पत्र जारी गरिएको छ । १०२ वटा भवनको नक्सा नामसारी गरिएको छ ।

आर्थिक वर्ष २०८०र०८१ मा १ हजार ३२० वटा भवनको नक्सा स्वीकृत भएको थियो । ६६ वटाको तला थप गर्ने नक्सा स्वीकृत भएको थियो । ३ हजार ७४५ वटाको निर्माण सम्पन्न प्रमाण पत्र जारी भएको थियो । यस्तै १५५ वटाको नक्सा नामसारी भएको थियो ।

५ हजार वर्गफुटसम्म क्षेत्रफल भएका भवनको अस्थायी नक्सा स्वीकृत ९डिपिसीसम्मको० नक्सा वडाबाटै स्वीकृत हुन्छ । १० हजार वर्गफुटभन्दा माथि क्षेत्रफल भएका भवनको नक्सा स्वीकृत गर्न प्राविधिक निर्णायक मण्डलको मुल्यांकन बमोजिम हुने गरेको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

कांग्रेसले १ सय ४० निर्वाचन क्षेत्रमा उम्मेदवार टुंग्यायो

देउवाले टिकट नपाएपछि चुनाव लड्न् घोषणा गरे

सम्बन्धित

कांग्रेसले १ सय ४० निर्वाचन क्षेत्रमा उम्मेदवार टुंग्यायो

देउवाले टिकट नपाएपछि चुनाव लड्न् घोषणा गरे

रास्वपाका नेताहरू कसको प्रतिस्पर्धा कोसँग ? झापामा ओली र बालेन

बागलुङमा नेकपा र मसालबीच चुनावी तालमेल

कांग्रेसको कोशी प्रदेश उम्मेदवार सूची: १३ मध्ये १२ नयाँ अनुहार, रामहरि मात्र अनुभवी

पार्क भिलेजमा कांग्रेस टिकटको रस्साकसी: आरजुको सट्टा मनुलाई मौका

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com