ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कांग्रेसले ‘स्थानीय तह समन्वय तथा सहजीकरण संयन्त्र’ बनाउने


एबीसी न्यूज

काठमाडौं २१ पुस । नेपाली कांग्रेसले स्थानीय तहमा जितेका स्थानमा पार्टी र जनप्रतिनिधिको संयन्त्र बनाउने भएको छ ।

पार्टीबाट जितेर गएका व्यक्तिको अन्तरसम्बन्ध टुट्टै गएको चिन्ता पार्टीमा उठ्न थालेपछि संयन्त्र बनाउन लागिएको हो। संयन्त्रलाई ‘स्थानीय तह समन्वय तथा सहजीकरण संयन्त्र’ नाम दिइएको छ ।

१६ माघ भित्र कांग्रेसले जितेका पालिकामा संयन्त्र बनाउने महामन्त्री गगन थापाले जानकारी गराए । संयन्त्रमा निर्वाचित जनप्रतिनिधि र पालिकाको पार्टी संरचनाबाट ३र३ र अन्य थप दुई गरी आठ सदस्यीय संयन्त्र हुनेछ । संयन्त्रमा रहने थप दुई जनामा विज्ञ, अभिभावकीय भूमिका खेल्नसक्ने व्यक्तिबाट छनोट गरिने भएको छ।

संयन्त्रको बैठक प्रत्येक २र२ महिनामा बस्नुपर्दछ । जनप्रतिनिधि र पार्टीको स्थानीय संरचनासँग सल्लाह र संवाद हुन नसकेको कारणले संयन्त्र बनाउन लागिएको महामन्त्री थापाले शनिबार पोखरामा बताए।

 

‘हाम्रो बीचमा संवाद भइरहेको छैन । हामी सँगै बस्न पर्‍यो । एक अर्काको कुरा सुन्न पर्‍यो,’ थापाले भने । कांग्रेसको बैठकहरुमा जितेकाले पार्टीसँग समन्वय नगरेको गुनासो बेला बेला उठाउँदै आएका छन् ।

जनप्रतिनिधि र पार्टी संरचनाको समन्वय गर्नका लागि संयन्त्र बनाउन लागिएको स्थानीय तह समन्वय विभागका प्रमुख मधु आचार्यले जानकारी गराए । ‘जन चासो, जनगुनासोका सवालमाथि छलफल हुन्छ । जनप्रतिनिधिहरुले आफूले गरेको कार्यको जानकारी गराउँछन् । जनप्रतिनिधिको भूमिका अझ प्रभावकारी बनाउन पार्टीले सल्लाह सुझाव र सहयोग गर्छ,’ आचार्यले भने ।

कांग्रेसले जितेका पालिकाको संख्या ३३० छ ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

आजदेखि दैनिक चार घण्टा बन्द हुँदै मुग्लिन-पोखरा सडक

निर्वाचन आयोगमा १२२ दल दर्ता, ७ खारेज, २८ प्रक्रियामै

सम्बन्धित

आजदेखि दैनिक चार घण्टा बन्द हुँदै मुग्लिन-पोखरा सडक

मध्यरातमा दुर्गा प्रसाईं पक्राउ

निर्वाचन आयोगमा १२२ दल दर्ता, ७ खारेज, २८ प्रक्रियामै

सशस्त्र प्रहरी र भारतको एसएसबीबीचको समन्वयात्मक बैठक सम्पन्न

मोदी–नीतिश गठबन्धनलाई २०२ सिट, विपक्षी ३५ मै सीमित

बाघ हेर्न गाभर भ्याली होमस्टे

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com