ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सिटिजन्स बैंकको सफ्टवेयर ह्याक गरी साढे ३ करोड चोरी, २४ जनाविरुद्ध मुद्दा दर्ता


एबीसी न्यूज
पुस १९, २०८१ शुक्रबार   ८ : १७   बजे

काठमाडौं १९ पुस । सिटिजन्स बैंक इन्टरनेसनलबाट एक सफ्टवेयर कम्पनीको खाता ह्याक गरी साढे ३ करोड बढी चोरी गरेको आरोपमा २४ जनाविरुद्ध मुद्दा दायर भएको छ।

प्रहरीको साइबर ब्यूरोले एफ वान सफट् इन्टरनेसनल प्रालिको सिटिजन बैंकमा रहेको खाताबाट गत असोजमा ३ करोड ५१ लाख ५० हजार ३७२ रुपैयाँ ह्याक गरेर विभिन्न व्यक्तिहरूको खातामा लगिएको थियो।

यसरी सिस्टम ह्याक गरेर चोरी गरेको आरोपमा ब्युरोले २४ जनालाई प्रतिवादी बनाउँदै जिल्ला अदालतमा मुद्दा दायर गरेको हो।

आफ्नो कम्पनीको खाताबाट अनधिकृतरूपमा रकम निकालिएको भन्दै एफ वान सफ्टका तर्फबाट धीरजकुमार भुजेलले निवेदन दिएका थिए।

यस कम्पनीले सफ्टवेयर निर्माण गर्दै बिक्री वितरण गर्दै आएको छ। सिटिजन्स बैंकको सफ्टवेयर पनि यही कम्पनीले तयार गरेको थियो। यसबापत प्राप्त हुने रकम जम्मा गर्नका लागि त्यही बैंकको दरबारमार्ग शाखामा खाता खोलेको थियो। अक्टोबर १ देखि ४ ९असोज १५ देखि १८० को बीचमा यसरी आफ्नो खाताको रकम निकालिएको कम्पनीको दाबी छ।

कम्पनीको निवेदनपछि अनुसन्धान गरेको साइबर ब्युरोले यसमा संलग्न रहेको आरोपमा ललितपुर १६ की ४० वर्षीय त्रिगुणरत्न वज्राचार्य, सिरहाको गोलबजारका २० वर्षीय राहुल ठाकुर, १९ वर्षका पुरुषोत्तम साह, सप्तरीको हनुमाननगरका २१ वर्षीय कृष्ण रमण राउत, राजविराजका ३१ वर्षीय सञ्जीवकुमार शर्मा, उदयपुरका २० वर्षीय कमल थापा मगर, २७ वर्षका दीपक थापा मगर, सुनसरीको धरानका २४ वर्षीय सन्देश राई, सुनसरीकै देवानगञ्जका २२ वर्षीय सागर कुमार साहलाई पक्राउ गरेको थियो।

घटनामा संलग्न रहेका अरू १५ जना फरार रहेको ब्युरोले जनाएको छ। उनीहरूविरुद्ध पनि मुद्दा दर्ता भएको छ। यसरी सिस्टम ह्याक गरेर विभिन्न व्यक्तिको खातामा रकमान्तर गरेको प्रहरीको दाबी छ।

उनीहरूलाई विद्युतीय माध्यमबाट ठगी गरेको कसुरमा कारबाही गर्न र पीडितको रकम भराइदिन अदालत समक्ष माग गरिएको छ। यस कसुरमा ७ वर्षसम्म कैद र ७० हजार रुपैयाँसम्म जरिवाना हुने कानुनी व्यवस्था छ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बुधबार देशका यी स्थानमा हुनेछ वर्षा, केही ठाउँमा चट्याङको सम्भावना

इरानद्वारा अमेरिकी अपाचे हेलिकोप्टर ध्वस्त, बदलामा अमेरिकाको ‘केशम टापु’मा भीषण आक्रमण

सम्बन्धित

मृगशीराले दोस्रो विद्युत् बजार र नियमनुसम्बन्धी आवासीय प्रशिक्षण गर्दै

बुधबार देशका यी स्थानमा हुनेछ वर्षा, केही ठाउँमा चट्याङको सम्भावना

फ्लाई दुबईले पोखरा–दुबई रुटमा सिधा उडान सेवा शुरू गर्ने

इरानद्वारा अमेरिकी अपाचे हेलिकोप्टर ध्वस्त, बदलामा अमेरिकाको ‘केशम टापु’मा भीषण आक्रमण

हुरीले नवलपुरमा १७ घर र दुई गोठमा क्षति

इरानले खसाल्यो अमेरिकी अपाचे हेलिकोप्टर, बदलामा अमेरिकाद्वारा केशम टापुमा आक्रमण

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group