ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चीन जोड्ने बेनीघाट–लार्के सडक, पाङसिङसम्म पुग्यो मोटरबाटो


एबीसी न्यूज

काठमाडौं १९ पुस । बेनीघाट–आरुघाट हुँदै चीनसँगको सिमाना लार्के भञ्ज्याङसम्म जोड्ने सडक निर्माणको काम धमाधम भइरहेको छ । कूल १५४ किलोमिटर लामो सडकमध्ये ९७ किलोमिटर खण्डमा चारपांग्रे गाडी गुड्न मिल्ने भएको छ ।

बेनीघाटदेखि हावाडाँडासम्मको ६२ किलोमिटर खण्ड सडक विभागले बनाएपछि हावाडाँडादेखि लार्केभञ्ज्याङसम्मको बाँकी ९२ किलोमिटर खण्ड नेपाली सेनाले सुम्पिएको थियो । त्यसमध्ये नेपाली सेनाले हालसम्म ३५ किलोमिटर ट्र्याक खोलिसकेको छ ।

हावाडाँडादेखि चुमनुब्री गाउँपालिकाको पाङसिङसम्म ट्रयाक खुलेर सवारी सञ्चालनमा आइसकेको छ । हावाडाँडादेखि दोभानसम्मको १८ किलोमिटर खण्ड नेपाली सेनाले सडक विभागलाई हस्तान्तरण समेत गरिसकेको छ । सहज रुपमा सवारी साधन सञ्चालनका लागि माछीखोलामा बेलिब्रिज राखिएको छ ।

अहिले पाङसिङदेखि माथि ट्रयाक खोल्ने काम भइरहेको छ । सडकलाई चार खण्डमा विभाजन गरी काम भइरहेको नेपाली सेनाको सडक निर्माण कार्यदलले जनाएको छ । कार्यदलका अनुसार पाङसिङ भिर, न्याक फेदी, रुविनाला र पेवा भिरमा ब्लाष्टिङको काम भइरहेको छ ।

 

यस वर्ष दुई किलोमिटर ट्रयाक खन्नका लागि नेपाल सरकारबाट सात करोड बजेट विनियोजन भएको छ । बजेट कम भएको भन्दै थप गरिदिन चुमनुब्री गाउँपालिकाले माग गर्दै आएको छ । गत वर्ष दश करोड रकम विनियोजन भएको थियो ।

 

२०५२ सालमा बेनीघाट–आरुघाट–आर्खेत खण्डमा निर्माणको काम सुरु भएको थियो । आर्थिक वर्ष २०६३र६४ मा बेनीघाट–आरुघाट–लार्केभञ्ज्याङ सडक नामकरण गरी सडक विभागलाई निर्माणको कार्यभार दिइएको थियो । सडक निर्माणको सुरुआत भने आव २०६६र६७ मा मात्र भएको थियो । तर हावाडाँडादेखि करिव १ किलोमिटर क्षेत्र कडा चटानयुक्त भिर परेकाले पाँच वर्षसम्म ट्रयाक खोल्ने कार्य अगाडि बढ्न सकेको थिएन ।

२०७३ मंसिर २६ गतेको मन्त्रिपरिषद बैठकले सडक निर्माणको काम नेपाली सेनालाई दिने निर्णय गरेको थियो । सो निर्णयअनुसार २०७४ साल वैशाखमा सडक विभागले नेपाली सेनालाई कार्यभार सुम्पिएको हो । नेपाली सेनाले काम भने २०७४ वैशाख महिनाबाट शुरु गरेको थियो ।

उक्त सडक धार्चे गाउँपालिकाको लापुबेसी, माछाखोला, जगत हुँदै चुमनुब्री गाउँपालिकाको सिर्दिवास, बिही, प्रोक, सामागाउँ, साम्दो हुँदै चीनसँगको सिमाना लार्के भञ्ज्याङ जोडिने छ ।

उक्त सडकलाई उत्तरी गोरखाको लाइफलाइनको रुपमा हेरिएको छ । तर सरकारले पर्याप्त बजेट विनियोजन नगरेको सो क्षेत्रका बासिन्दाको गुनासो छ ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

झापा–५ मा आचारसंहिता उल्लङ्घन: राप्रपाको बालेन शाहमाथि गम्भीर आरोप

मोरङ–५ मा शिवकुमार मण्डलदेखि काठमाडौं–५ सम्म दर्ता भए उम्मेदवारी, रास्वपाको कास्कीमा उत्साहजनक प्रदर्शन

सम्बन्धित

झापा–५ मा आचारसंहिता उल्लङ्घन: राप्रपाको बालेन शाहमाथि गम्भीर आरोप

मोरङ–५ मा शिवकुमार मण्डलदेखि काठमाडौं–५ सम्म दर्ता भए उम्मेदवारी, रास्वपाको कास्कीमा उत्साहजनक प्रदर्शन

चार पूर्वप्रधानमन्त्री चुनावी मैदानमा

एमालेको खेल : एकल सिफारिस भएका पूर्व मुख्यमन्त्री यादव र कांग्रेस छाडेर आएका अन्सारी दुवैले गुमाए टिकट

बालेन्द्र साहले झापा ५ मा उमेद्वारी दर्ता गरे

रवि लामिछानेको मुद्दा संशोधनविरुद्धको रिट न्यायाधीश मुसलमानको इजलासमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com