काठमाडौं १५ पुस । इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले वेस्टह्यामलाई हराएको छ । गएराति भएको खेलमा लिभरपुलले वेस्टह्यामलाई ५–० गोलले हराएको हो ।
लिभरपुल १८ खेलमा ४५ अङ्कका साथ तालिकाको शीर्ष स्थानमा छ । वेस्टह्याम १९ खेलमा २३ अङ्कका साथ तालिकाको तेह्रौँ स्थानमा रहेको छ ।
यस्तै गएरातिका अरु खेलमा टोटनहम र उल्भ्स तथा फुलहम र बर्नमाउथले समान २–२ गोलको बराबरी खेलेका छन् ।
यस्तै म्यानचेस्टर सिटीले र लेस्टर सिटीलाई २–० गोलले हराएको छ । जीतसँगै अङ्कतालिकामा सिटी १९ खेलमा ३१ अङ्कसहित तालिकाको पाँचौँ स्थानमा उक्लिएको छ । सिटी शीर्षस्थानको लिभरपुलभन्दा १४ अङ्कले पछाडि छ । लेस्टर सिटी समान खेलमा १४ अङ्कसहित पुछारबाट तेस्रो स्थानमा छ ।
यस्तै नटिङघम फरेस्टले एभर्टनलाई २–० ले हराउँदा क्रिस्टल प्यालेसले साउथह्याम्पटनलाई २–१ गोलले पराजित गरेको छ ।
प्रतिक्रिया दिनुहोस्