ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

१७ स्वर्णसहित अन्तर्राष्ट्रिय खुला कराते च्याम्पियनशिपको उपाधि नेपाललाई


एबीसी न्यूज

काठमाडौं १५ पुस । भारतको पुणे शहरमा आयोजित अन्तर्राष्ट्रिय खुला कराते च्याम्पियनशिपको उपाधि नेपालले जितेको छ । प्रतियोगितामा नेपालले विभिन्न उमेर र तौल समूहमा गरी १७ स्वर्ण पदक जितेर उपाधि हासिल गरेको हो । नेपालका तर्फबाट विभिन्न उमेर र तौल समूहमा प्रतिस्पर्धा गरेका खेलाडीले ५ रजत र २ कास्य पदकसमेत प्राप्त गरेका छन् ।

प्रतियोगितामा नेपाली खेलाडी रिमा कुमालले ६८ किलो तौल समूहमा भारत र श्रीलङ्काका प्रतिस्पर्धीलाई हराउँदै स्वर्णपदक जितेकिछिन् । विपिन रानाले ५० किलो तौल समूहमा र शाहिल गुरुङले ५५ किलोमा स्वर्ण पदक प्राप्त गरे ।

नेपालका बुद्धि तामाङ, नेहा श्रीस, रजिना दर्लामी, निखिल कुमाल, दिवश आले, मोहित थापा, अमिशा पोखरेल, दिया छन्त्याल, समीक्षा दर्लामी, आदित्य गुरुङ, प्रविन भट्टराई र आकृति छन्त्यालले समेत स्वर्ण पदक जित्न सफल भए ।

प्रतियोगितामा भारत १६ स्वर्ण, २९ रजत र ६१ कास्य पदक प्राप्त गरी दोस्रो तथा श्रीलङ्का ६ स्वर्ण, ५ रजत र १५ कास्य पदक प्राप्त गरी तेस्रो भयो ।

यसअघि नेपालको तर्फबाट उत्कृष्ट काता प्रदर्शन गरेका १० वर्षमुनि समूहका सिद्वार्थ रानाले स्वर्ण पदक प्राप्त गरेका थिए। समूहगत कातातर्फ पनि नेपालका ६ खेलाडीले स्वर्ण पदक जिते ।

भारतीय राष्ट्रिय कराते सङ्घको आयोजनामा भएको प्रतियोगितामा नेपाल, भारत र श्रीलङ्काका विभिन्न उमेर समूहका एक सयभन्दा बढी खेलाडी सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com