ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

माओवादी पहिलो भए भ्रष्टाचार अन्त्य हुन्छ, अध्यक्ष दाहाल


एबीसी न्यूज

काठमाडौं १४ पुस । माओवादी अध्यक्ष पुष्पकमल दाहालले आफ्नो पार्टी पहिलो भए देशमा सुशासनको युग सुरु हुने बताएका छन् । कञ्चनपुरको पुनर्वासमा शनिबार आयोजित खबरदारी सभामा उनले आफ्नो पार्टी पहिलो भए देशमा सुशासन कायम हुने र भ्रष्टाचार अन्त्य हुने जिकिर गरेका हुन् ।

‘हामी सुशासनको पक्षमा र भ्रष्टाचार विरुद्ध काम गरिरहेका थियौं तर सुशासन विरोधी र भ्रष्टाचारका पक्षपातीले काम गर्न दिएनन्,’ दाहालले भने, ‘अहिलेको सरकार सुशासनविरुद्ध र भ्रष्टाचारका पक्षमा काम गरिरहेको छ ।’

आफ्नो पार्टी सरकारमा आए गिरीबन्धु टी इस्टेट, ओम्नी र वाइडबडी खरिदलगायत प्रकरणका फाइलहरू खोलिने उनले बताए । यसका लागि माओवादी बलियो हुनुपर्ने उनको भनाइ छ । ‘गिरीबन्धुको फाइल खोलिनेछ, त्यसलाई लुकाउन दिइने छैन,’ अध्यक्ष दाहालले भने, ‘ओम्नी र वाइडबडीमा भएको भ्रष्टाचार पनि त्यतिकै छाडिने छैन, यो सबैका निम्ति माओवादी बलियो हुनुपर्छ ।’

अध्यक्ष दाहालले आफू प्रधानमन्त्री हुँदा सुदूरपश्चिममा नदी नियन्त्रणदेखि विश्वविद्यालय स्थापनालगायत कामहरू गरेको बताए । यसका साथै सुक्खा बन्दरगाह निर्माण पनि आफ्नै पालामा अघि बढेको उनले दाबी गरे । भारत भ्रमणका बेला लिपुलेक, कालापानी र अन्य क्षेत्रका सीमा समस्याबारे समेत कुरा गरेको र समाधानका लागि भारत पनि सहमत भएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

क्षेत्र फेर्ने ‘डबल स्ट्यान्डर्ड’? गगनको मधेश ‘जोखिम’, प्रचण्डको पुरानो ट्रेन्ड र बालेनको ‘निःशुल्क चर्चा’ दाउ !

निर्वाचन प्रयोजनको लागि भारतबाट नेपाललाइ ६१ वटा गाडी उपहार

सम्बन्धित

क्षेत्र फेर्ने ‘डबल स्ट्यान्डर्ड’? गगनको मधेश ‘जोखिम’, प्रचण्डको पुरानो ट्रेन्ड र बालेनको ‘निःशुल्क चर्चा’ दाउ !

निर्वाचन प्रयोजनको लागि भारतबाट नेपाललाइ ६१ वटा गाडी उपहार

हुम्लामा ८ जनाको उम्मेदवारी दर्ता

सर्लाही–४ मा वारेसमार्फत गगन थापाको उम्मेदवारी दर्ता

देशभरि २९ सय २५ जनाको उम्मेदवारी, बुधबार उजुरी लिइने

सिरहा–४ मा ‘हेभीवेट’ भिडन्त :पाँच पूर्वमन्त्री एकै मैदानमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com