ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अबको लडाइँ भ्रष्टाचारविरुद्ध र वैज्ञानिक शिक्षाको पक्षमा- शेखर कोइराला


एबीसी न्यूज

काठमाडौं १४ पुस । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले खस्कँदो शिक्षा र सबैतिर व्याप्त भ्रष्टाचार मुलुकको विकासका लागि मुख्य बाधक रहेको बताएका छन् । शनिबार महोत्तरीको भटौलियामा नेपाली कांग्रेस महोत्तरी–३ प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनको उद्घाटन गर्दै उनले त्यसैकारण अबको लडाइँ भ्रष्टाचार र वैज्ञानिक शिक्षाका लागि गरिनुपर्ने बताए ।

नेता डा कोइरालाले सुशासनका लागि अब कसैलाई दोष दिएर नभई सङ्गठित भएर अगाडि बढ्नुपर्नेमा जोड दिए । ‘भ्रष्टाचारबारे कसैप्रति दोष दिएर आफू उम्कन पाइँदैन । यसलाई जरैदेखि निर्मूल पार्न सबैको सङ्कल्प चाहिन्छ’, उनले भने, ‘यो अभिभाराको नेतृत्व प्रजातन्त्रका लागि लामो लडाइँ लडेको कांग्रेसका कार्यकर्ताले गर्नुपर्छ । भ्रष्टाचारले संस्थागत रूप लिएकाले यसविरुद्ध निर्मम सङ्घर्ष आवश्यक छ ।’

युवा पुस्तालाई शिक्षा र रोजगारीका लागि मुलुकमै रहनसक्ने वातावरण नबनाएसम्म मुलुकले अग्रगति लिन नसक्ने धारणा राख्दै नेता डा कोइरालाले त्यसका लागि गुणस्तरीय प्राविधिक शिक्षा र उत्पादनमूलक काममा लगानीको आवश्यकता औँल्याए । त्यसका लागि कृषि उपयुक्त अवसर भएको उनको भनाइ थियो ।

‘हाम्रो सम्भावनाको क्षेत्र कृषि नै हो । मधेशकै कुरा गर्दा पनि यसलाई अन्नको भण्डार मानिँदै आइएको छ । कृषिलाई आधुनिकीकरण गर्न ठोस पहलकदमी नहुँदा लाभ लिन सकिएको छैन । अब कांग्रेस नेतृत्वमा बहुमतको सरकार बने मात्रै यी समस्या निदानका लागि काम गन सकिन्छ । यसका लागि सबैले प्रयास गरौँ,’ डा कोइरालाले भने ।

 

यसअघि विविध कारणले रोकिएको यस क्षेत्रको अधिवेशन आज सुरु भएको हो । आज नेता राघवेन्द्र झाको अध्यक्षतामा उद्घाटनसत्र सम्पन्न भएको र भोलि जलेश्वरस्थित जिल्ला समन्वय समितिको सभाहलमा पार्टीका उपसभापति धनराज गुरुङको प्रमुख आतिथ्यमा बन्दसत्र हुने कार्यक्रम रहेको महासमिति सदस्य बजरङ्ग नेपालीले जानकारी दिए ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

क्षेत्र फेर्ने ‘डबल स्ट्यान्डर्ड’? गगनको मधेश ‘जोखिम’, प्रचण्डको पुरानो ट्रेन्ड र बालेनको ‘निःशुल्क चर्चा’ दाउ !

निर्वाचन प्रयोजनको लागि भारतबाट नेपाललाइ ६१ वटा गाडी उपहार

सम्बन्धित

क्षेत्र फेर्ने ‘डबल स्ट्यान्डर्ड’? गगनको मधेश ‘जोखिम’, प्रचण्डको पुरानो ट्रेन्ड र बालेनको ‘निःशुल्क चर्चा’ दाउ !

निर्वाचन प्रयोजनको लागि भारतबाट नेपाललाइ ६१ वटा गाडी उपहार

हुम्लामा ८ जनाको उम्मेदवारी दर्ता

सर्लाही–४ मा वारेसमार्फत गगन थापाको उम्मेदवारी दर्ता

देशभरि २९ सय २५ जनाको उम्मेदवारी, बुधबार उजुरी लिइने

सिरहा–४ मा ‘हेभीवेट’ भिडन्त :पाँच पूर्वमन्त्री एकै मैदानमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com