काठमाडौं ११ पुस । ९२ लाख नगदसहित पक्राउ परेका तीन मध्येका मुख्य व्यक्ति रवि धमला सिन्धुलाल्चोकस्थित चौतारा कारागारबाट भागेका व्यक्ति रहेको खुलेको छ ।
दुई फरक ठाउँबाट मंगलबार राति ९२ लाख रुपैयाँ नगदसहित तीन जनालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको थियो । यसका मुख्य व्यक्ति रवि धमला रहेको प्रहरीले जनाएको छ ।
अपराध अनुसन्धान कार्यालयको ४ नम्बर पिलरका डीएसपी अनिल घिमिरेको कमान्डमा खटिएको टोलीले ९२ लाख रुपैयाँ नगदसहित उनीहरूलाई पक्राउ गरेको थियो ।
पक्राउ पर्नेमा सिन्धुपाल्चोक घर भएका धमलासँगै रसुवा घर भएका जीतबहादुर तामाङ र सङ्खुवासभा घर भएका सन्तोष खाती छन् ।
तामाङ र धमलाको साथबाट ७७ लाख र खातीबाट १५ लाख गरी प्रहरीले ९२ लाख रुपैयाँ बरामद गरेको थियो । उनीहरू काठमाडौंको लोलाङ र जोरपाटीबाट पक्राउ परेका हुन् । यो समूह तस्करीको सुन कारोबार गर्ने गरेको प्रहरीले आशंका गरेको छ ।
‘अवैध सुन खरिद बिक्रीको रकम भएको आशंकामा अनुसन्धान गरिरहेका छौं । प्रारम्भिक अनुसन्धानमा यसको नेक्सस सुनसँग देखिन्छ,’ अपराध अनुसन्धान कार्यालयका एसएसपी सानुराम भट्टराई भन्छन् ।
पक्राउ परेका मध्ये धमलाको जोरपाटी र रसुवामा सुन पसल रहेको समेत खुलेको छ । उनै धमला यसअघि मानव बेचबिखनको कसुरमा कारागार चलान भएको व्यक्ति समेत रहेको खुलेको छ । उनी पक्राउ परेपछि क्रिमिनल रेकर्ड सिस्टम ९सीआरएस० जाँच गर्दा उनीविरुद्ध मानव बेचबिखन तथा ओसारपसारको कसुरमा मुद्दा चलेका व्यक्ति रहेको खुलेको छ ।
आफ्नै श्रीमती बेचेको आरोपमा माइतीपक्षले उनीविरुद्ध किटानी जाहेरी दिएका थिए । त्यसपछि प्रहरीले पक्राउ गरेर उनीमाथि मुद्दा चलाएको थियो । त्यसपछि उनी कारागार चलान भएका थिए ।
सिन्धुपाल्चोकस्थित चौतारा कारागारमा रहेका बेला २०७२ को भूकम्पले कारागार भत्काएपछि उनी फरार भएको समेत खुलेको छ । बाँकी कैद भुक्तान गरेरनगरेका भन्नेबारेमा भने बुझ्ने काम भइरहेको प्रहरीले जनाएको छ । यद्यपि धमलाले भने पुनः कैद बसेको दाबी प्रहरी समक्ष गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्