ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पनामा नहर नियन्त्रणमा लिने अमेरिकी नवनिर्वाचित राष्ट्रपति ट्रम्पको चेतावनी


एबीसी न्यूज

काठमाडौं ९ पुस ।   अमेरिकी नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले पनामा नहर नियन्त्रणमा लिने चेतावनी दिनुभएको छ ।

एरिजोनामा भएको एक कार्यक्रममा ट्रम्पले पनामाको बाटो चल्ने अमेरिकी पानीजहाजलाई चर्को शुल्क लगाइएको भन्दै शुल्क घटाउन वा नहरको नियन्त्रण पुनःअमेरिकालाई दिन चेतावनी दिनुभएको बीबीसीले जनाएको छ ।

आउँदो जनवरीमा अमेरिकी राष्ट्रपतिको पदभार सम्हाल्ने ट्रम्पले अमेरिकामाथिको चर्को दोहन तुरुन्तै रोक्नुपर्ने बताउनुभयो ।

ट्रम्पको टिप्पणीपछि पनामाका राष्ट्रपति जोसे राउल मुलिनोले नहर र वरपरको क्षेत्रको हरेक वर्ग मिटर आफ्नो देशको भएको प्रतिक्रया दिँदै पनामाको सार्वभौमसत्ता र स्वतन्त्रताका विषयमा कुनै पनि सम्झौता नहुने बताउनुभएको बीबीसीले जनाएको छ ।

यसअघि ट्रम्पले पनामा नहर अमेरिकाको लागि महत्त्वपूर्ण राष्ट्रिय सम्पत्ति भएको बताउनुभएको थियो । पनामा आन्ध्र र प्रशान्त महासागर जोड्ने मानवनिर्मित नहर हो ।

नहर निर्माणपछि अमेरिकाको पूर्वी र पश्चिमी तटबीचको दूरी झण्डै १२ हजार ८ सय ७५ किलोमिटर कम भएको छ । ८२ किलोमिटर लामो नहर पार गर्न पानीजहाजलाई ८ देखि १० घण्टा लाग्छ । नहरबाट वर्षेनि झण्डै १४ हजार पानीजहाज आवतजावत गर्ने गर्ने बीबीसीले जनाएको छ ।

सन् १८८२ मा फ्रान्सले निर्माण शुरू गरेको नहरको काम सन् १९०४ देखि अमेरिकाले गरेको थियो । सन् १९१४ मा खुला गरिएको नहर अमेरिकाले सन् १९९९ मा पनामालाई हस्तान्तरण गरेको थियो । नहर हस्तान्तरण सम्बन्धी सम्झौता भने सन् १९७७ मा भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

देश चलाउन सक्रिय विदेशी शक्तिलाई रुकुमपूर्वबाट जवाफ दिन्छु– प्रचण्ड

अहिलेको सरकार सायद आगजनी गर्नेहरूकै हो – केपी शर्मा ओली

सम्बन्धित

देश चलाउन सक्रिय विदेशी शक्तिलाई रुकुमपूर्वबाट जवाफ दिन्छु– प्रचण्ड

अहिलेको सरकार सायद आगजनी गर्नेहरूकै हो – केपी शर्मा ओली

अहिलेको सरकार सायद आगजनी गर्नेहरूकै हो – केपी शर्मा ओली

प्रत्यक्षतर्फ ३६ देखि ५० वर्ष उमेर समूहका उम्मेदवार धेरै : समग्रमा महिला उम्मेदवार न्यून

आज स्विट्जरल्यान्ड पुग्दै ट्रम्प, ग्रिनल्यान्ड एजेन्डासहित विश्वलाई सम्बोधन गर्ने

भोटको भारीले विपक्षीलाई हराएकाहरू यसपटक पनि मैदानमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com