ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रत्यक्षतर्फ ३६ देखि ५० वर्ष उमेर समूहका उम्मेदवार धेरै : समग्रमा महिला उम्मेदवार न्यून


एबीसी न्यूज
माघ ७, २०८२ बुधबार  १२ : ५९ बजे

काठमाडौं, ७ पुस । प्रतिनिधिसभा सदस्यका लागि १६५ निर्वाचन क्षेत्रमा ३४ सय ८४ जनाको उम्मेदवारी परेको छ । ६८ राजनीतिक दलका तर्फबाट २ हजार २ सय ९७ र स्वतन्त्र १ हजार १ सय ८७ जनाले हिजो मनोनयन दर्ता गराएका हुन् ।कूल उम्मेदवारमध्ये पुरुष ३ हजार ८८ र महिला ३ सय ९५ र अन्य समूहका एक महिला रहेको निर्वाचन आयोगले जनाएको छ ।

नाम फिर्ता लिने र दाबी विरोधको प्रकृयापछि उम्मेदवारको सङ्ख्या केही घट्न सक्छ ।निर्वाचन आयोगको तथ्याङ्क अनुसार उमेर समूहतर्फ ३६ देखि ५० वर्षका उम्मेदवार धेरै छन् । ३६ वर्षदेखि ५० वर्षसम्मको उमेर समूहका १ हजार ६ सय १० जना उम्मेदवार रहेकोमा २५ देखि ३५ वर्ष उमेर समूहका ५ सय ८३ जना छन् ।त्यस्तै ५१ देखि ६५ वर्षसम्मका उम्मेदवारको सङ्ख्या १ हजार ९० रहेको छ । ६५ वर्ष माथिका उम्मेदवारको सङ्ख्या २०१ जना रहेको छ । यस्तै प्रतिनिधिसभामा ३३ प्रतिशत महिला सुनिश्चित गर्नुपर्ने संवैधानिक प्रावधान भए पनि प्रत्यक्षतर्फ महिला उम्मेदवार न्यून रहेका छन् । कुल ३४ सय ८४ जनाले मनोनयन दर्ता गर्दा ११।३४ अर्थात् ३ सय ९५ मात्र महिला उम्मेदवार रहेको छ ।महिलालाई समानुपातिक कोटामा सीमित गर्ने अभ्यास यसपटक पनि दोहोरिएको छ । दलहरूले ३३ प्रतिशत प्रतिनिधित्वको संवैधानिक व्यवस्थालाई समानुपातिकतर्फबाट परिपूर्ति गर्दै आएका छन् ।
पछिल्लो सूचीअनुसार कांग्रेस र नेकपाले जम्मा ११ः११ जना र एमालेले १० जना महिलालाई प्रत्यक्षतर्फ उम्मेदवार बनाएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०ले १७ जना महिलालाई समेटेको छ । अरू प्रमुख दलको तुलनामा रास्वपाले केही धेरै महिला समेटेको हो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अमेरिकाद्वारा हर्मुज नजिक इरानी बारुद बिछ्याउने १६ जहाजमा आक्रमण, मध्यपूर्व युद्ध थप चर्किँदै

कम्युनिष्ट नमिल्दा २३ सीटमा घाटा : कहाँ–कहाँ रोकिन्थ्यो रास्वपा र कांग्रेस? (मत विश्लेषण)

सम्बन्धित

अमेरिकाद्वारा हर्मुज नजिक इरानी बारुद बिछ्याउने १६ जहाजमा आक्रमण, मध्यपूर्व युद्ध थप चर्किँदै

कम्युनिष्ट नमिल्दा २३ सीटमा घाटा : कहाँ–कहाँ रोकिन्थ्यो रास्वपा र कांग्रेस? (मत विश्लेषण)

झन्डै दुईतिहाई बहुमत नजिकको सरकारको आर्थिक नीति कस्तो होला ?

चैत दोस्रो सातासम्म नयाँ प्रधानमन्त्री ? यस्तो छ संवैधानिक समयरेखा

संसद् पहिलो बैठक वैकल्पिक हलमा

रवि र बालेनसँग भारतीय प्रधानमन्त्री मोदीको टेलिफोन संवाद, सहकार्यको प्रतिबद्धता

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com