ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार २, २०८३ मंगलबार
```
उत्पादनमुखी बजेटको  अवसरहरु के के छन ? निरज गिरी , अर्थविद् ▶
उत्पादनमुखी बजेटको अवसरहरु के के छन ? निरज गिरी , अर्थविद्
```
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कास्की जिल्ला अदालतमा रवि लामिछानेको बयान सुरु हुँदै


एबीसी न्यूज
पुस ८, २०८१ सोमबार   ८ : ३५   बजे

काठमाडौं ८ पुस ।  सहकारी संस्थाको रकम हिनामिना गरेको आरोपमा मुद्दा खेपेका पूर्वगृहमन्त्री एवम् रास्वपा सभापति रवि लामिछानेको आजदेखि बयान सुरु हुँदै छ । जिल्ला अदालत कास्कीले आजदेखि लामिछानेको बयान लिन लागेको हो ।

यसअघि प्रहरी र सरकारी वकिलको कार्यालयले लिएको बयान समेतको आधारमा आइतबार लामिछानेसहित ३१ जनाविरुद्ध जिल्ला अदालतमा मद्दा दायर भएको थियो ।

सोमबारदेखि सुरु हुने बयान सकिएपछि आरोपितहरूलाई थुनामा राखेर मुद्दा अघि बढाउने वा धरौटीमा छाड्ने भन्नेबारे सुनुवाइ ९थुनछेक बहस० हुन्छ । थुनछेक बहसपछि न्यायाधीशले थुनामा राख्ने, धरौटी माग्ने वा सामान्य तारिखमा छाड्ने भन्ने विकल्पमध्ये एउटा निर्णय गर्नेछन् । त्यसपछि मात्रै मूल मुद्दा अघि बढ्ने छ ।

सामान्यतयाः तीन वर्षभन्दा बढी कैद सजाय मागदावी भएका मुद्दामा आरोपितहरूका बारेमा भरपर्दो प्रमाण छ भने अदालतले थुनामा पठाउने अभ्यास छ । तर त्यसक्रममा आरोपको गम्भिरता, प्रमाणको सान्दर्भिकता एवं आरोपित थुनाबाट बाहिरिएमा उसले मुद्दामा पार्नसक्ने प्रभाव लगायतका आधारमा न्यायाधीशहरूले उपयुक्त आदेश गर्छन् ।

जिल्ला अदालत कास्कीमा आइतबार मुद्दा दायर भएसँगै रास्वपा सभापति लामिछाने प्रतिनिधिसभा सदस्यबाट निलम्बित भएका छन् । सम्पत्ति शुद्धीकरणको अभियोग गर्दा हुनासाथ सार्वजनिक पदमा रहेको व्यक्ति स्वतः निलम्बन हुने कानुनी व्यवस्था छ । सरकारी वकिलको कार्यालय, कास्कीले संघीय संसद सचिवालयलाई पत्र पठाएर उनको निलम्बनवारे औपचारिक जानकारी दिएको छ । जिल्ला अदालतमा मुद्दा नटुङ्गिदासम्म उनी निलम्बनमा हुनेछन् ।

अमेरिकाबाट नेपाल फर्किएपछि विभिन्न टेलिभिजन कार्यक्रम उत्पादनमा सक्रिय रहेर लोकप्रियता आर्जन गरेका लामिछानेले नेटवर्किङ व्यवसायमा सक्रिय जीबी राई लगायतका समूहसँग मिलेर गोर्खा मिडिया नेटवर्क नामक कम्पनी खोलेर त्यसबाट ग्यालेक्सी टीभी सञ्चालन गरेका थिए ।

जीबी राई आवद्ध विभिन्न सहकारी संस्थाहरूबाट गोर्खा मिडियामा रकम प्रवाह भएको थियो । ती सहकारीहरूको बचत दुरूपयोग गरेको आरोपमा अहिले उक्त समूहमाथि मुद्दा दायर भएको हो । आरोप लागेका गोर्खा मिडियाका प्रमुख समेत रहेका राई हाल फरार छन् ।

प्रहरीले रवि लगायतको समूहमाथि विभिन्न सहकारीको बचत ठगी गरेको आरोपमा एक अर्ब ५१ करोड रुपैयाँ बिगो मागदाबी सहित सहकारी ठगी मुद्दा दायर गरेको छ । संगठित समूह बनाएर योजनाबद्ध रूपमा ठगी गरेको आरोपमा उनीहरूमाथि संगठित अपराधको अभियोग पनि छ ।

प्रहरीले सहकारीको रकम व्यक्तिगत रूपमा अनि गोर्खा मिडियामा संस्थागत रूपमा समेत अपचलन गरेको आरोपमा जीबी राई, छविराज जोशी अनि रवि लामिछानेमाथि सम्पत्ति शुद्धीकरणको अभियोग समेत लगाएको छ ।

अभियोगपत्रमा उल्लेखित विवरण अनुसार, कास्कीपछि रूपन्देही, चितवन, काठमाडौं र पर्सामा पनि सहकारी ठगीको आरोपमा अनुसन्धान र अभियोजन हुनेछ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

अर्थ समितिको बैठकः मस्यौदा कार्यविधिमाथि छलफल

नेपालमा अमेरिकी पहलप्रति बेइजिङको चासो

सम्बन्धित

रास्वपा सांसद खनालमाथि छात्रवृत्ति दुरुपयोगको आरोप

नेपालमा अमेरिकी पहलप्रति बेइजिङको चासो

विश्वकप २०२६ : अन्तिम क्षणसम्म संघर्ष, इरान र न्युजिल्यान्डबीच २–२ को रोमाञ्चक बराबरी

४ अर्ब २० करोड बढेर आयो सुदूरपश्चिमको बजेट, कृषि र पूर्वाधार प्राथमिकतामा

तीन मौसमी वायुको प्रभाव :आज सातै प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

विश्वकप २०२६ : अन्डरडगको उदय, दाबेदारहरूको संघर्ष र समूह चरणमा बढ्दो रोमाञ्च

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group