ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार २, २०८३ मंगलबार
```
उत्पादनमुखी बजेटको  अवसरहरु के के छन ? निरज गिरी , अर्थविद् ▶
उत्पादनमुखी बजेटको अवसरहरु के के छन ? निरज गिरी , अर्थविद्
```
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अर्थमा पुग्यो नयाँ स्टक एक्सचेन्जलाई अनुमति दिनुपर्ने निष्कर्षसहितको प्रतिवेदन


एबीसी न्यूज
पुस ७, २०८१ आईतबार   ६ : १९   बजे

काठमाडौं ७ पुस । नयाँ स्टक एक्सचेन्जलाई अनुमति दिनुपर्ने निष्कर्षसहितको प्रतिवेदन मन्त्रिपरिषदले अर्थ मन्त्रालय पठाउने निर्णय गरेको छ।

पुस ५ गते बसेको मन्त्रिपरिषदको बैठकले धितोपत्र बजार सञ्चालनका लागि अनुमतिपत्र प्रदान गर्ने सम्बन्धमा गठित अध्ययन समितिको प्रतिवेदन अर्थ मन्त्रालयमा पठाउने निर्णय गरेको हो।

गत वर्ष माघमा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीको संयोजकत्वमा गठित अध्ययन समितिले तयार पारेको प्रतिवेदनले धितोपत्र बजारको विकासका लागि नयाँ स्टक एक्सचेन्जको अनुमति दिनुपर्ने तथा नेपाल स्टक एक्स्चेन्जलाई प्रतिस्पर्धी बनाउन वैदेशिक साझेदारलाई भित्र्याउनुपर्ने र नेप्सेको पुनर्संरचना गर्नुपर्ने सुझाव दिएको थियो।

शुक्रबार बसेको मन्त्रिपरिषदको बैठकले नयाँ स्टक एक्स्चेन्ज अनुमति दिनुपर्ने सुझावसहितको प्रतिवेदनलाई अर्थ मन्त्रालयमा पठाएको हो। नयाँ स्टक एक्सचेन्जको अनुमति दिने कि नदिने भन्ने विषयमा लामो समयदेखि विवाद छ।

यही बीचमा सरकारले धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति टुंग्याइसकेको छ। योसँगै तयार भएको पाँच महिनापछि मन्त्रिपरिषदले प्रतिवेदन अर्थ मन्त्रालयमा पठाएको हो।

प्रतिवेदनले धितोपत्र बजारलाई प्रतिस्पर्धी बनाउन एउटा नयाँ स्टक एक्सचेन्ज थप्न अनुमति दिनुपर्ने सुझाव दिएको छ। तर सोही विषयलाई लिएर अनुमति दिने कि नदिने भन्ने विवाद अझै कायमै छ।

यस्तै मन्त्रिपरिषद बैठकले साना तथा मझौला संगठित संस्थाको धितोपत्र निष्काशन तथा कारोबर नियमावली २०८१ बनाउन नेपाल धितोपत्र बोर्डलाई स्वीकृति समेत दिएको छ।

२५ करोडसम्म चुक्ता पुँजी भएका संस्थाहरुलाई साना तथा मझौला संगठित संस्थाको रुपमा धितोपत्र बोर्डमा दर्ता हुने व्यवस्था गर्नका लागि मस्यौदा तयार पारेको थियो।

मन्त्रिपरिषदले इन्भेष्टमेन्ट कम्पनीकोको सम्पत्ति शुद्धीकरण निवारणको नियामक पनि धितोपत्र बोर्ड बनाउने निर्णय गरेको छ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

मुस्ताङमा भारतको सहयोगमा उच्च प्रभाव सामुदायिक विकास परियोजना उदघाटन

भाइरल भिडिओले समस्यामा रास्वपा सांसद सृष्टी : कारबाही गर्न माग

सम्बन्धित

मुस्ताङमा भारतको सहयोगमा उच्च प्रभाव सामुदायिक विकास परियोजना उदघाटन

रास्वपा सांसद खनालमाथि छात्रवृत्ति दुरुपयोगको आरोप

नेपालमा अमेरिकी पहलप्रति बेइजिङको चासो

विश्वकप २०२६ : अन्तिम क्षणसम्म संघर्ष, इरान र न्युजिल्यान्डबीच २–२ को रोमाञ्चक बराबरी

४ अर्ब २० करोड बढेर आयो सुदूरपश्चिमको बजेट, कृषि र पूर्वाधार प्राथमिकतामा

तीन मौसमी वायुको प्रभाव :आज सातै प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group