ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘सह–राष्ट्रपति’ एलन मस्क ?


कोल्बी इट्कोविट्ज, वाशिंगटन पोष्ट

खर्चसम्बन्धी लडाइँमा ट्रम्पका सहयोगी मस्कले आफ्नो प्रभाव परीक्षण गरेका छन्
निर्वाचित नभएका टेक अरबपतिले संघीय सरकारलाई सम्भावित बन्दतर्फ धकेल्ने अत्यधिक भूमिकाले डेमोक्रयाट, प्राज्ञिक वर्ग र निगरानी समूहहरू सावधान

डिसेम्बर १९ : एलन मस्क कहिल्यै कुनै पदमा निर्वाचित भएका छैनन्। राष्ट्रपति–निर्वाचित डोनाल्ड ट्रम्पले उनलाई सरकारको कुनै वैधानिक भूमिका दिनका लागि छनोट गरेका छैनन्। गत जुलाईमा ट्रम्पमाथि भएको हत्या प्रयाससम्म, उनले सार्वजनिक रूपमा ट्रम्पलाई समर्थन पनि गरेका थिएनन्। तर यस हप्तामा, विश्वकै धनी व्यक्तिका आलोचकहरूले भनेका छन् –उनले नयाँ उपाधि प्राप्त गरेः संयुक्त राज्य अमेरिकाको “छायाँ राष्ट्रपति”।

बुधबार केही घण्टाभित्रै, मस्कले आफ्नो शक्तिशाली एक्स अकाउन्ट प्रयोग गरी हाउस रिपब्लिकनहरूलाई संघीय सरकारलाई तीन महिना खुला राख्ने खर्च विधेयकलाई असफल बनाउन दबाब दिए। मस्कका तीव्र गतिका सन्देशहरू — जसमा खर्च विधेयकको विषयवस्तुका बारेमा धेरै झूटा दावीहरू पनि थिए — वाशिङ्टनभरि गुञ्जिए, जहाँ केही सांसदहरूले आफ्ना फोन लाइनहरू दिनभरि बजिरहे जस्तो बताए, किनकि मतदाताहरूले मस्कका पोस्टहरू देखेका थिए। मस्कले सांसदहरूलाई विधेयक पास नगर्न भनेको पहिलो पोस्ट गरेको १२ घण्टाभन्दा बढी समयपछि, ट्रम्प र उपराष्ट्रपति–निर्वाचित जेडी भान्सले पनि उक्त विधेयकको विरोधमा बयान दिए, र हाउस रिपब्लिकनहरूले सम्झौता रद्द गरे ।
बिहीबारभरि पनि मस्कले आफ्ना आलोचनात्मक पोस्टहरूको लहरलाई जारी राखे, जब हाउस रिपब्लिकनहरूले विकल्पको खोजीमा हतारिए । अन्ततः, हाउस रिपब्लिकनहरूले दुई वर्षको ऋण सीमा वृद्धि — जुन ट्रम्पको प्रमुख माग थियो — लाई मूल विधेयकको संक्षिप्त संस्करणमा समावेश गरे । मस्कले उक्त विधेयकलाई “अहिलेसम्म लेखिएका सबैभन्दा खराब विधेयकहरूमध्ये एक” भनेका थिए, यद्यपि दुवै विधेयकको लागतमा फरकपन धेरै थोरै मात्र थियो।
तर ट्रम्पको समर्थन रहेको दोस्रो प्रस्ताव बिहीबार साँझ हाउसमा ठूलो र तुरुन्तै पराजय भोग्न पुग्यो, जसले शनिबार बिहान १२ः०१ बजेबाट संघीय सरकार बन्द हुने सम्भावना बढायो।

क्रिसमसअघि संघीय सरकारलाई सम्भावित बन्दतर्फ धकेल्न मस्कको अत्यधिक भूमिकाले डेमोक्रयाटिक, प्राज्ञहरू र निगरानी समूहहरूलाई चिन्तित बनाएको छ, भने केही रिपब्लिकनहरूले उनको हस्तक्षेपलाई जानकारीविहीन भएको बताएका छन् । टेक अरबपति मस्कले राजनीतिक शक्तिको तीव्र रूपले गरेको आर्जनप्रति आलोचना बढेको छ –आउने ट्रम्प प्रशासन एउटा कुलीनतन्त्र (ओलिगार्की) जस्तैगरी सञ्चालन हुनेछ, जसमा मस्कले आफ्ना र आफ्ना कम्पनीहरूको सम्पत्ति बढाउने नीतिहरूको वकालत गर्नेछन्।

ट्रम्पले मस्क र पूर्व राष्ट्रपति पदका उम्मेदवार विवेक रामास्वामीलाई “सरकारी दक्षता विभाग” भनिने बाहिरी समूहको सह–अध्यक्ष नियुक्त गरेका छन्, जसले संघीय खर्चमा व्यापक कटौतीको वकालत गर्नेछ।

यस घटनाले मस्कको स्वामित्व रहेको एक्समा आक्रोश उत्पन्न गर्यो, जहाँ प्रेसिडेन्ट मस्क (राष्ट्रपति मस्क) ट्रेन्डिङको विषय बन्यो। क्यालिफोर्नियाकी प्रतिनिधि जोई लफग्रेन (डेमोक्र्याट) ले मस्कलाई ट्रम्पको कठपुतली चलाइरहेको एआई–निर्मित तस्बिर पोस्ट गरिन् । कनेक्टिकटका सिनेटर क्रिस मर्फी (डेमोक्र्याट) ले यो कदमले ट्रम्पको “अर्बपति–प्रथम” एजेन्डाको संकेत दिएको उल्लेख गरे। फ्लोरिडाका प्रतिनिधि म्याक्सवेल फ्रस्ट (डेमोक्र्याट) ले लेखे “निर्वाचित नभएको अरबपतिलाई रिपब्लिकन पार्टीले सह–राष्ट्रपति बनाएको छ।”

“रिपब्लिकन पार्टीले आफ्नो प्रत्येक निर्णयमा मस्कलाई यति धेरै प्रभाव दिएको छ,” फ्रस्टले बिहीबार वाशिङ्टन पोस्टसँग भनेका छन् । “या त उनीहरू डराएका छन्, या त धनी मानिसलाई झुकेर उसको वफादारीमा प्रतिज्ञा गरेका छन्।”
मस्कले बिहीबार टिप्पणीको अनुरोधमा कुनै प्रतिक्रिया दिएनन्। तर ट्रम्पको समर्थनमा रहेको दोस्रो प्रस्ताव बिहीबार साँझ हाउसमा ठूलो र छिटो पराजित भयो, जसले शनिबार बिहान १२ः०१ बजेबाट सरकार बन्द हुने सम्भावना बढायो।

रिपब्लिकनहरूले भनेका छन् – यस्तो राजनीतिक धक्का दिने काम ट्रम्पकै हो, जसको विरोधलाई मस्क र रामास्वामीले आफ्ना सामाजिक सञ्जाल पहुँचद्वारा बलियो बनाएका छन्। केहीले भनेका छन् कि जोनसनको सम्झौता विफल हुने सम्भावना पहिले नै कमजोर हुँदै गइरहेको थियो, किनकि जोनसनले डेमोक्र्याटहरूका धेरै मागहरू स्वीकार गरेका थिए।

“मलाई लाग्छ, राष्ट्रपति ट्रम्पले नै निर्णय लिएका हुन्,” लुइसियानाका सिनेटर जोन निली केनेडीले मस्कको प्रभावबारे जिज्ञासमा भनेका छन् । केनेडीले मस्कका ट्वीटहरूलाई कम आँकलन नगरे पनि अन्ततः ट्रम्पकै कारण पहिलो विधेयक असफल भएको बताए।

यस घटनाले ट्रम्प प्रशासनमा मस्कको अभूतपूर्व भूमिकाका राजनीतिक नतिजाहरूलाई उजागर गर्यो। उनले मन्त्री चयनमा राय दिए, राष्ट्रप्रमुखहरूसँगको बैठकमा सामेल भए, र अहिले क्यापिटल हिलमा ट्रम्पको एजेन्डालाई कार्यान्वयन गरिरहेका छन्।

ट्रम्पको नोभेम्बरको जितपछि मस्कको सम्पत्ति, अनलाइन फलोअर्स र राजनीतिक शक्ति तीव्र रूपमा बढेको छ। उनले डोनाल्ड ट्रम्प र अन्य रिपब्लिकनहरूलाई समर्थन गर्न २७७ मिलियन डलर खर्च गरेका थिए। । निगरानी समूहहरूले मस्कले आफ्नो पहुँचको दुरुपयोग गर्ने चिन्ता व्यक्त गरेका छन्, विशेष गरी जब उनी सरकारी छानबिन र ठूला सरकारी ठेक्काहरूमा संलग्न हुनेछन्।

युएससीएलएका सार्वजनिक नीतिका प्राध्यापक मार्टिन गिलेंसले भने “उनको व्यवसाय सरकारमा निर्भर छ, जसले द्वन्द्व सिर्जना गर्छ। उनी निर्वाचित नभएको र अत्यन्त प्रभावशाली स्थानमा रहेकाले समस्या देखिन्छ।”

ट्रम्प र उनको ट्रान्जिसन टिमले मस्कलाई खर्च योजना असफल पार्न जिम्मेवार ठहर्याउने आरोप अस्वीकार गरेको छ । ट्रम्पल एनबीसी न्यूजसँगको जिज्ञासामा भनेका छन् “मैले उनलाई मेरो विचार मन परेमा बयान दिन सक्ने बताएको थिएँ । उनी लागतको दृष्टिकोणबाट हेर्दैछन्।”

यसैबीच, केही रिपब्लिकनहरूले मस्कलाई एक साधारण नागरिकको रूपमा हेरेका थिए, जसले आफ्नो आवाज उठाइरहेका छन ्। सिनेटर रिक स्कट (फ्लोरिडा) ले भने, “उनी आम नागरिक हुन्, जसले प्रक्रिया सिक्दै छन्। मलाई लाग्छ, यो राम्रो हो।”

तर डेमोक्र्याटहरूले भने यसलाई चिन्ताजनक मानेका छन् । हवाईकी सिनेटर माजी हिरोनोले भनिन्, “हामीसँग अहिले दुई जनासँग भिड्नुपर्नेछ — ट्रम्प र मस्क । यो निर्णय कसरी लिइन्छ भन्ने चिन्ताजनक छ।”

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

दक्षिण तथा पूर्वी एशियामा बाढी पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या साढे ११ सय नाघ्यो

सम्बन्धित

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

दक्षिण तथा पूर्वी एशियामा बाढी पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या साढे ११ सय नाघ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com