ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दुर्गा प्रसाईं रिहा


एबीसी न्यूज

काठमाडौं ५ पुस । सर्वोच्च अदालतको आदेशबमोजिम मेडिकल व्यवसायी दुर्गा प्रसाईं रिहा भएका छन् । उनी संगठित अपराध र आपराधिक लाभ लिन नहुने कसुर गरेको अभियोगमा केन्द्रीय प्रहरी अनुसन्धान ब्युरोमा थिए ।

उनलाई छोरा निराजनको जिम्मा लगाएर छोडिएको सीआईबीका प्रवक्ता एसपी होविन्द्र बोगटीले बताए ।

प्रवक्ता बोगटीका अनुसार उनलाई आइतबार हाजिर जमानीका लागि बोलाइएको छ । त्यसपछि मात्रै उनलाई कति(कति दिनमा हाजिर गर्न आउनु पर्ने भन्नेबारे निर्णय हुने बताए ।

हिरासतमा रहेका प्रसाईंलाई २४ घण्टाभित्र अदालतमा उपस्थित गराउनु भनी सर्वोच्चले बिहीबार आदेश गरेको थियो । त्यसबमोजिम नै उनलाई प्रहरीले शुक्रबार अदालतमा उपस्थित गराएको थियो ।

छिनछिनमा औषधि खाइरहनु पर्ने र पूर्ण आराम गर्नु पर्ने अवस्थाका क्यान्सरका रोगी आफ्ना बाबुलाई रिहा गरी पाऊँ भनी प्रसाईंका छोरा निराजनले सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता गरेका थिए । सोही निवेदनमाथि सुनुवाइ गर्दै सर्वोच्चले बिहीबार २४ घण्टाभित्र प्रसाईंलाई उपस्थित गराउन प्रहरीका नाममा आदेश जारी गरेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

कसैलाई काखापाखा गर्दिनँ, टिकट वितरणमा प्रतिशोध राखिँदैन– गगन थापा

आवेग बिर्सनुपर्छ, एकताबद्ध हुनुपर्छ– विश्वप्रकाश शर्मा

सम्बन्धित

कसैलाई काखापाखा गर्दिनँ, टिकट वितरणमा प्रतिशोध राखिँदैन– गगन थापा

आवेग बिर्सनुपर्छ, एकताबद्ध हुनुपर्छ– विश्वप्रकाश शर्मा

निर्वाचन आयोगको षडयन्त्रपूर्ण निर्णय मान्दैनौं –पूर्णबहादुर खड्का

गगन थापा पक्षलाई मान्यता दिने आयोगको निर्णय

रवि जोडिएका मुद्दाका सबैलाई सम्पत्ति शुद्धीकरण र संगठित अपराधको आरोपबाट छुट्कारा

निर्वाचन आयोगलाई विधानको व्यवस्था बारे जानकारी गराउदै गगनपक्षीय कांग्रेस

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com