ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार २, २०८३ मंगलबार
```
उत्पादनमुखी बजेटको  अवसरहरु के के छन ? निरज गिरी , अर्थविद् ▶
उत्पादनमुखी बजेटको अवसरहरु के के छन ? निरज गिरी , अर्थविद्
```
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जिबीसहित १९ जनालाई थप अभियोग, रविविरुद्ध आइतबारमात्रै


एबीसी न्यूज
पुस ५, २०८१ शुक्रबार   ४ : ५३   बजे

काठमाडौं ५ पुस ।   सूर्यदर्शन सहकारी ठगी प्रकरणमा यसअघि अदालतबाट मुद्दा चलेका जिबी राईसहित १९ जनाविरुद्ध पूरक अभियोग दर्ता भएको हो । जिल्ला अदालत कास्कीका निमित्त श्रेस्तेदार खेमनारायण लामिछानेले यसअघि सहकारी ठगीमा मात्र मुद्दा चलाइएको सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण थपिएको जानकारी दिनुभयो ।

जिबीका विरुद्ध राष्ट्र बैंक ऐनविरुद्धसमेत काम गरेकाले त्यो अभियोग पनि थपिएको छ । सरकारी वकिल कार्यालय कास्कीकी सूचना अधिकारी शान्तिदेवी शर्माले अदालतमा मुद्दा विचाराधीन रहेका राईसहित १९ जनाविरुद्ध थप अभियोग दर्ता गरिएको बताउनुभयो । शर्माले भन्नुभयो, “मुद्दा विचाराधीन रहेका १९ जनाविरुद्ध आज पूरक अभियोग दर्ता भयो । अन्यको हकमा आज भ्याइँदैन ।”

सहकारी पीडितहरुले पूरक जाहेरी दिएपछि कास्की प्रहरीले अनुसन्धान गरी मङ्सिर २६ गते १९ जनाविरुद्ध थप अनुसन्धान गरी पूरक प्रतिवेदन सरकारी वकिलको कार्यालयलाई बुझाएको थियो । सूर्यदर्शन सहकारीका पूर्वअध्यक्ष गितेन्द्रबाबु ९जिबी राई०, पूर्वअध्यक्ष भूपेन्द्र राई, अध्यक्ष थानबहादुर बुढा, सञ्चालक समिति उपाध्यक्ष कैलाशकुमार दर्लामी, सचिव धीरजकुमार दास, कोषाध्यक्ष कुमार रम्तेललगायतमाथि प्रहरीले पहिलो चरणमा अनुसन्धान गरी मुद्दा दर्ता गरिएको थियो ।

सूर्यदर्शनका पूर्वसचिव अनुज नकर्मी र सुरज श्रेष्ठ, सञ्चालक सदस्यहरू शिवबहादुर गुरूङ, भविश्वर अर्याल, आइस्मा गुरूङ, लेखा समितिका संयोजक सागर केसी, सदस्य दिनेश रोका र ललिता तामाङ, लेखा अधिकृत सृष्टि मानन्धर, कर्जा अधिकृत बुद्धि गुरूङ, सदस्यहरू हेमन्त अधिकारी, कविता तामाङ र प्रमोद भट्टराईविरूद्ध सहकारी ठगी मुद्दा अदालतमा विचाराधीन छ ।

गोरखा मिडिया नेटवर्कका पूर्व प्रबन्ध निर्देशक रवि लामिछानेविरुद्ध आइतबारमात्र कास्की जिल्ला अदालतमा अभियोगपत्र दर्ता हुने भएको छ । कास्कीको पोखरा महानगरपालिका वडा नम्बर ४ मा रहेको सूर्यदर्शन सहकारी ठगी आरोपमा पक्राउ परी प्रहरी हिरासतमा रहनुभएका राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा० सभापतिसमेत रहनुभएका लामिछानेसहित पाँच जनाविरुद्ध अदालतले दिएको म्याद शुक्रबार सकिँदै छ ।

यही अभियोगमा अनुसन्धानका लागि रास्वपा सभापति लामिछानेसहित गोरखा मिडियाका पूर्वउपाध्यक्ष छविलाल जोशी, रामप्रसाद खनाल, लीला पछाई र कृष्ण गुरूङ प्रहरी हिरासतमा हुनुहुन्छ । लामिछानेलाई कात्तिक २ गते काठमाडौंमा पक्राउ गरी पोखरा ल्याइएको हो । यो प्रकरणमा सबैभन्दा पहिले जोशीलाई भने असोज ६ गते प्रहरीले पक्रेको थियो । प्रहरीले संसदीय समितिको निर्देशनबमोजिम अनुसन्धान गरी ५२ जनालाई प्रतिवादी बनाउन सिफारिस गरी प्रतिवेदन सोमबार बुझाएको थियो ।
६५ जनाविरुद्ध अनुसन्धान भएकोमा ठेगाना नखुलेका थप १४ जनालाई ठेगाना खुलेपछि प्रतिवादी बनाउने सिफारिस गरिएको सूर्यदर्शन सहकारीका अनुसन्धान अधिकारी प्रहरी नायब उपरीक्षक वसन्तकुमार शर्माले जानकारी दिनुभयो । सूर्यदर्शन ठगी प्रकरणमा अहिलेसम्म नौ जना पुर्पक्षका लागि कारागारमा हुँदा पाँच जना हिरासतमा छन् ।

यो ठगी प्रकरणका मुख्य मुख्य योजनाकार जिबी राइसहित ३७ जना फरार छन् । प्रहरी प्रतिवेदनमा एक अर्ब ५१ करोड ४० लाख रुपियाँ बिगो कायम गर्न राय दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

अर्थ समितिको बैठकः मस्यौदा कार्यविधिमाथि छलफल

नेपालमा अमेरिकी पहलप्रति बेइजिङको चासो

सम्बन्धित

रास्वपा सांसद खनालमाथि छात्रवृत्ति दुरुपयोगको आरोप

नेपालमा अमेरिकी पहलप्रति बेइजिङको चासो

विश्वकप २०२६ : अन्तिम क्षणसम्म संघर्ष, इरान र न्युजिल्यान्डबीच २–२ को रोमाञ्चक बराबरी

४ अर्ब २० करोड बढेर आयो सुदूरपश्चिमको बजेट, कृषि र पूर्वाधार प्राथमिकतामा

तीन मौसमी वायुको प्रभाव :आज सातै प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

विश्वकप २०२६ : अन्डरडगको उदय, दाबेदारहरूको संघर्ष र समूह चरणमा बढ्दो रोमाञ्च

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group