ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपालमा लगानी गर्न भारतका निजी क्षेत्र र व्यवसायीलाई परराष्ट्रमन्त्री देउवाको आग्रह


एबीसी न्यूज

काठमाडौं ५ पुस । परराष्ट्रमन्त्री आरजु राणा देउवाले नेपालका विभिन्न क्षेत्रमा लगानी बढाउन भारतका निजी क्षेत्र र व्यवसायीलाई आग्रह गरेकी छन् । उनले सडक, रेलमार्ग, जलविद्युत्, केबल कार, अन्तर्राष्ट्रिय विमानस्थल, कृषि, पर्यटन, सूचना प्रविधि लगायतका क्षेत्रमा लगानी गर्न आग्रह गरेकी हुन् ।

नयाँ दिल्लीमा आयोजित नेपाल भारत आर्थिक सम्मेलनलाई सम्बोधन गर्दै देउवाले भनिन्, ‘भारत पहिल्यै नेपालमा ठूलो वैदेशिक लगानीकर्ता मध्ये एक हो, हामी भारतीय निजी क्षेत्र र उद्यमीहरुलाई नेपालमा सजिलै उपलब्ध हुने लगानीका अवसरहरुको लाभ उठाउन प्रोत्साहित गर्छौं ।’

नेपालका कृषि, पर्यटन, खेलकुद, सूचना प्रविधि जस्ता क्षेत्रमा लगानी गर्दा उच्च प्रतिफलको सम्भावना रहेको समेत उनले बताएकी छन् ।

‘भारतका चेन होटलहरु नेपालमा आएका छन्, नेपाल र भारतबीच क्रस–बोर्डर डिजिटल ट्रान्जेक्सनमा पनि उत्साहजनक प्रगति भएको छ’, उनले भनिन्, ‘यस्तोमा हामी दुवै देशका पर्यटक, व्यवसायी, विद्यार्थी, तीर्थयात्री र यात्रीहरुको सुविधाका लागि अन्तरदेशीय होटल नेटवर्क र डिजिटल प्रणालीको सञ्चालनमा प्रतीक्षारत् छौं ।’

 

उनले नेपालले लुम्बिनी र पोखरामा दुई वटा अन्तर्राष्ट्रिय विमानस्थल समेत बनाएको भन्दै यसको पूर्णतः सञ्चालनका लागि सहयोग समेत मागेकी छन् ।

‘हामीले यी विमानस्थलहरु उच्च लागतमा निर्माण गरेका छौं र तिनीहरुलाई पूर्णरूपमा सञ्चालनमा ल्याउन हाम्रा नजिकका मित्र र छिमेकीको सहयोग चाहन्छौं’, उनले भनिन्, ‘हामी भारतको निजी हवाई सेवा सञ्चालकबाट यी दुई विमानस्थलमा सेवा सुरु गर्नका लागि सहयोग खोज्दैछौं ।’

यसले नेपाल र भारतबीचको आर्थिक सम्बन्ध मात्र नभइ, दुई देशको जनस्तरमा रहेको सम्बन्धलाई पनि मजबुत बनाउने बताइन् । ‘नेपाल सरकारले यस्ता सेवाका लागि विदेशी विमान कम्पनीहरुलाई विभिन्न प्रोत्साहन पनि प्रदान गरिरहेको छ’, उनले थपिन्, ‘नेपालले भारतमार्फत थप हवाई मार्गका पनि माग गर्दै आएको छ, जसले पर्यटन तथा समग्र अन्तरदेशीय सञ्जाल निर्माणमा ठूलो फाइदा पुर्‍याउनेछ ।’

उनले नेपालले राजनीतिक रुपमा ऐतिहासिक रुपान्तरण गरेर देशमा शान्ति र लोकतन्त्र संस्थागत गरेको भन्दै अब मुलुकको प्राथमिकता तीब्र सामाजिक र आर्थिक विकास भएको बताइन् ।

‘जनतालाई शान्ति र समृद्धि सुनिश्चितता गर्न सकियोस् भनेर हाम्रो अबको प्राथमिकता भनेको सामाजिक र आर्थिक वृद्धिको सुनिश्चिचता गर्नु हो,’ उनले थपिन् ।

परराष्ट्रमन्त्री देउवाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सन् २०१४ मा काठमाडौं भ्रमणमा आउँदा दुई देशबीचको सम्बन्ध कागजको नभइ दिलको भएको बताएको स्मरण गराउँदै उनले भारत र नेपाल अत्यन्तै आत्मीय मित्रहरु भएको बताइन् ।

यस्तोमा भारतले छिमेक पहिले नीति अन्तरगत नेपाललाई प्राथमिकता दिएको भन्दै उनले धन्यवाद समेत दिइन् । परराष्ट्रमन्त्री राणाले दुई देशबीचको सम्बन्धमा कतिपय यस्ता विषय हुने जसमा दुई देशबीच उच्च तहमा हुने औपचारिक संवादका क्रममा कुरा गर्न नसकिने उल्लेख गरिन् ।

‘तर, नेपाल भारत आर्थिक सम्मेलन जस्ता मञ्चहरुले ती विषयमा कुराकानी गर्न, प्रगति गर्न सहयोग पुर्‍याउँछ’, उनले थपिन् ।

त्यसैले नेपाल र भारतबीच यो तहको संवाद सुरु हुनु एकदमै राम्रो विषय भएको भन्दै उनले क्षेत्रीय स्तरमा अरु देश पनि यस्ता सम्मेलनमा संलग्न भए अझ राम्रो हुने बताइन् । ‘यो विषय नेपाल र भारतको प्राथमिकतामा रहेकोमा म एकदमै खुशी छ’, उनले भनिन् ।

दिल्लीको ‘इण्डिया इन्टरनेश्नल सेन्टर’मा भइरहेको सम्मेलनको आयोजना काठमाडौं विश्वविद्यालयको नेपाल सेन्टर अफ कन्टेम्पोररी स्टडिज र भारतको फाउन्डेसन अफ इकोनमिक ग्रोथ एण्ड वेलफेयरले गरेको हो ।

परराष्ट्रमन्त्री देउवाको प्रमुख आतिथ्यमा भएको सम्मेलनमा भारतको नीति आयोगका सदस्य अरविन्द भिरमानी, फाउन्डेसन अफ इकोनमिक ग्रोथ एण्ड वेलफेयका सीईओ डा। चरण सिंह, काठमाडौं युनिभर्सिटीका रजिष्ट्रार डा। अच्युत वाग्ले, भारतका लागि पूर्वनेपाली राजदूत डा। लोकराज बराल लगायत सहभागी छन् ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

कसैलाई काखापाखा गर्दिनँ, टिकट वितरणमा प्रतिशोध राखिँदैन– गगन थापा

आवेग बिर्सनुपर्छ, एकताबद्ध हुनुपर्छ– विश्वप्रकाश शर्मा

सम्बन्धित

कसैलाई काखापाखा गर्दिनँ, टिकट वितरणमा प्रतिशोध राखिँदैन– गगन थापा

आवेग बिर्सनुपर्छ, एकताबद्ध हुनुपर्छ– विश्वप्रकाश शर्मा

निर्वाचन आयोगको षडयन्त्रपूर्ण निर्णय मान्दैनौं –पूर्णबहादुर खड्का

गगन थापा पक्षलाई मान्यता दिने आयोगको निर्णय

रवि जोडिएका मुद्दाका सबैलाई सम्पत्ति शुद्धीकरण र संगठित अपराधको आरोपबाट छुट्कारा

निर्वाचन आयोगलाई विधानको व्यवस्था बारे जानकारी गराउदै गगनपक्षीय कांग्रेस

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com