ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार २, २०८३ मंगलबार
```
उत्पादनमुखी बजेटको  अवसरहरु के के छन ? निरज गिरी , अर्थविद् ▶
उत्पादनमुखी बजेटको अवसरहरु के के छन ? निरज गिरी , अर्थविद्
```
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विद्युत् प्राधिकरणमा खुल्यो १ हजार ८३ जनालाई रोजगारी


एबीसी न्यूज
पुस ५, २०८१ शुक्रबार   १२ : ०७   बजे

 

काठमाडौं ५ पुस ।  नेपाल विद्युत प्राधिकरणमा अधिकृत र सहायकस्तर गरी १०८३ जनालाई रोजगारी खुलेको छ।  प्राधिकरणले शुक्रबार विभिन्न समूहका तह ७ देखि १० सम्मका अधिकृतस्तरमा १९५ जना र विभिन्न समूहका ५ तह सहायकस्तरमा ८८८ जना खुलारसमावेशी प्रतिस्पर्धाबाट स्थायी नियुक्त गर्न विज्ञापन गरेको छ। सबै पदको लिखित परीक्षा लोकसेवा आयोगले लिनेछ।

दरखास्त दिने अन्तिम दिन आगामी पुस २५ गते रहेको छ भने दोब्बर दस्तुर तिरी माघ ३ गतेसम्म आवेदन दिन सकिने छ। अधिकृतस्तर तह ८ वा त्यसभन्दा माथिका पदका लागि दरखास्त दिने अन्तिम मितिसम्म्मा २१ वर्ष पूरा भई ४० वर्ष ननाघेको र तह ७ को पदमा २१ वर्ष पूरा भई ३५ वर्ष ननाघेको हुनुपर्नेछ। तर, महिला र अपाङ्गता भएका उम्मेदवारको हकमा ४० वर्ष ननाघेको हुनुपर्नेछ।

सहायक स्तर तह ५ का पदमा १८ वर्ष पूरा भई ३५ ननाघेको हुनुपर्नेछ। महिला र अपाङ्गता भएका उम्मेदवारको हकमा ४० वर्ष ननाघेको हुनुपर्नेछ। प्राधिकरणमा कार्यरत स्थायी कर्मचारीलाई भने उमेरको हद लाग्ने छैन।

अधिकृतस्तरमा सबैभन्दा बढी अर्थात ६२ जना तह ७ इलेक्ट्रिकल इन्जिनियर माग गरिएको छ। इलेक्ट्रिकल इन्जिनियरिङमा स्नातक तह उत्तीर्णले दरखास्त दिन सक्नेछन्। प्रशासनतर्फ तह ७ प्रशासकीय अधिकृमा ३८ जना माग गरिएको छ। जुनसुकै विषयमा स्नातकोक्त उत्तीर्णले दरखास्त दिन पाउनेछन्।

तह ७ लेखा अधिकृतमा ३१ जना माग गरिएको छ। वाणिज्यशास्त्र वा व्यापार प्रशासनमा स्नातकोत्तर तह उत्तीर्णले दरखास्त दिन पाउनेछन्।

प्राविधिकतर्फ तह ७ कम्प्युटर इन्जिनियर २१ जना माग गरिएको छ। कम्प्युटर इन्जिनियरिङमा स्नातक तह उत्तीर्णले आवेदन दिन सक्नेछन्। प्राविधिकतर्फ तह ७ सिभिल इन्जिनियर ९ जना माग गरिएको छ। सिभिल इन्जिनियरिङमा स्नातक तह उत्तीर्णले आवेदन दिन सक्नेछन्।

प्राधिकरणतर्फ तह ८ सहायक प्रबन्धक इलेक्ट्रिकलका लागि ८ जना माग गरिएको छ। इलेक्ट्रिकल इन्जिनियरिङमा स्नातकोत्तर तह उत्तीर्ण र नेपाल सरकार वा संगठित संस्थाको अधिकृतस्तरको पदमा पाँ वर्षको कार्यानुभव भएकाले आवेदन दिन सक्नेछन्। प्रशासनतर्फ ७ तहमा ८ जना चार्टर्ड एकाउन्टेन्ट माग गरिएको छ। सिए उत्तीर्णले आवेदन दिन सक्नेछन्।

प्राविधिकतर्फ तह १० प्रबन्धक इलेक्ट्रिकल समूह, प्रशासनतर्फ तह ८ सहायक निर्देशक, लेखातर्फ ८ तह सहायक निर्देशक १र१ जना माग गरिएको छ। प्राविधिकतर्फ तह ७ सर्भे इन्जिनियर, तह ७ वातावरणविद् र तह ७ जियालोजिस्ट २र२ जना माग गरिएको छ।

तह ५ मिटररिडिङ सुपरभाइजर ४१ जना माग गरिएको छ। कोशी प्रदेशमा १२, मधेशमा १६, गण्डकीमा ५, कर्णालीमा ३ र सुदूपश्चिममा ५ जना माग गरिएको छ। मिटररिडिङ सुपरभाइजरका लागि न्यूनतम योग्यता प्रविणता प्रमाण पत्र तह वा १२ कक्षा उत्तीर्ण तोकिएको छ।
तह ५ लेखापाल ३९ जना माग गरिएको छ। कोशीमा ७, मधेशमा १३, लुम्बिनीमा ८ र सुदूरपश्चिममा ६ जना लेखापाल माग गरिएको हो।

लेखापालाको न्यूनतम योग्यता वाणिज्य शाष्त्र वा व्यापार प्रशासन लिई प्रविणता प्रमाणपत्र तह वा १२ कक्षा उत्तीर्ण तोकिएको छ।

तह ५ इलेक्ट्रिकल सुपरभाइजरतर्फ ७४० जना माग गरिएको छ। कोशी प्रदेशमा १४०, मधेशमा ९५, बागमतीमा १२०, गण्डकीमा ८४, लुम्बिनीमा १४०, कर्णालीमा ७० र सुदूरपश्चिममा ९१ जना माग गरिएको हो। यसका पदका लागि न्यूनतम योग्यता इलेक्ट्रिकल इन्जिनियरिङमा प्रवीणता प्रमाणपत्र तह वा डिप्लोमा उत्तीर्ण वा प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद्बाट प्रदान गरिएको सम्बन्धित विषयमा तह तीनको सीप परीक्षा उत्तीर्ण भएको हुनुपर्ने तोकिएको छ।

तह ५ मेकानिलकल सुपरभाइजर १९ जना माग गरिएको छ। लुुम्बिनी प्रदेशमा २, कर्णालीमा १२, सुदूपश्चिममा ५ जना माग गरिएको हो। यसका लागि न्यूनतम योग्यता मेकानिकल इन्जिनियरिङमा प्रवीणता प्रमाणपत्र तह वा डिप्लोमा उत्तीर्ण वा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्बाट प्रदान गरिएको सम्बन्धित विषयमा तह तीनको सीप परीक्षा उत्तीर्ण भएको हुनुपर्ने तोकिएको छ।

५ तह सिभिल सुपरभाइजर ३ जना माग गरिएको छ। सिभिलतर्फ सुदूरपश्चिम प्रदेशमा २ र सर्भेतर्फ बागमती प्रदेशमा १ जना माग गरिएको हो। यसका लागि न्यूनतम योग्यता सिभिल इन्जिनियरिङमा प्रवीणता प्रमाणपत्र तह वा डिप्लोमा उत्तीर्ण वा प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद्बाट प्रदान गरिएको सम्बन्धित विषयमा तह तीनको सीप परीक्षा उत्तीर्ण भएको हुनुपर्ने तोकिएको छ।

सर्भे इन्जिनियरिङमा प्रवीणता प्रमाणपत्र तह वा डिप्लोमा उत्तीर्ण वा प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद्बाट प्रदान गरिएको सम्बन्धित विषयमा तह तीनको सीप परीक्ष उत्तीर्ण भएकाले आवेदन दिन पाउनेछन्।

अधिकृतस्तरका कर्मचारीले नेपाल भर काम गर्नुपर्ने छ भने सहायक स्तरका कर्मचारीले आवेदन फाराम बुझाउने प्रदेशअन्तर्गतका प्राधिकरणका विभिन्न कार्यालयमा काम गर्नु पर्ने छ। प्रादेशिक स्तरको विज्ञापनबाट छनोट भई नियुक्त हुने कर्मचारीको ७ वर्षसम्म त्यस क्षेत्रका कार्यालय बाहेक अन्यत्र सरुवा हुनेछैन।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

झापाबाट चितवनसम्म बजेट कटौतीको सन्देश: राजनीतिक प्रभाव कम कि विकासको नयाँ मोडेल?

बजेट ‘शक्तिकेन्द्र’ को वरिपरि घुम्यो: रास्वपा सांसदहरूकै कडा आलोचना

सम्बन्धित

झापाबाट चितवनसम्म बजेट कटौतीको सन्देश: राजनीतिक प्रभाव कम कि विकासको नयाँ मोडेल?

बजेट ‘शक्तिकेन्द्र’ को वरिपरि घुम्यो: रास्वपा सांसदहरूकै कडा आलोचना

राहदानी विभागका महानिर्देशक र निर्देशक ४ दिन थुनामा, भ्रष्टाचार प्रकरणमा अनुसन्धान सुरु

मुस्ताङमा भारतको सहयोगमा उच्च प्रभाव सामुदायिक विकास परियोजना उदघाटन

रास्वपा सांसद खनालमाथि छात्रवृत्ति दुरुपयोगको आरोप

नेपालमा अमेरिकी पहलप्रति बेइजिङको चासो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group