ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार २, २०८३ मंगलबार
```
उत्पादनमुखी बजेटको  अवसरहरु के के छन ? निरज गिरी , अर्थविद् ▶
उत्पादनमुखी बजेटको अवसरहरु के के छन ? निरज गिरी , अर्थविद्
```
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पृथ्वीराजमार्ग विस्तार : पश्चिम खण्डको एक वर्ष म्याद थप


एबीसी न्यूज
पुस ५, २०८१ शुक्रबार   १२ : ००   बजे

काठमाडौं ५ पुस । विस्तारका क्रममा रहेको पृथ्वी राजमार्गको मुग्लिन–पोखरा सडक योजना अन्तर्गत पश्चिम खण्डको दोस्रो पटक म्याद थप भएको छ। निर्धारित समय समाप्त भएपछि म्याद थप गर्न निर्माण कम्पनीले आग्रह गरे बमोजिम एक वर्ष समय थप गरिएको हो ।

निर्माण आरम्भमा ढिलाइ गर्नु, रुख कटान आदेश ढिलो गरी प्राप्त हुनु, विद्युत् प्रशारण लाइन सार्न तथा खानेपानीको पाइप व्यवस्थापन गर्न समस्या हुँदा काम प्रभावित भएको थियो । आयोजनाका पश्चिम खण्डका प्रमुख इन्जिनियर राजेश पौडेलले एक वर्ष म्याद थप भएको जानकारी दिनुभयो ।

आगामि विसं २०८२ पुस १६ गतेसम्मका लागि थप भएको पौडेलले बताउनुभयो । पश्चिम खण्डको जामुनेदेखि पोखरासम्मको ३८।८८ किलोमिटर दुरीमा ३५ प्रतिशत प्रगति पुगेको उहाँले जानकारी दिनुभयो ।

यस खण्डमा ठुला र साना गरी १३ वटा पुलमध्ये पाँच वटा सम्पन्न भएको पाँच वटाको निर्माणको अन्तिम चरणमा पुगेको पौडेल बताउनुहुन्छ । आयोजना प्रमुख पौडेलका अनुसार यो खण्डमा १९ किलोमिटर दुरीमा दुई लेन सडक कालोपत्रे सकिएको छ भने पाँच किलो मिटर दुई दुवैतर्फ गरी चार लेनमा पुरा भएको छ । पौडेलले भन्नुभयो, “२४ किलोमिटर कालोपत्रे पूरा भइसकेको छ दश वटा पुल एक महिना भित्रै सञ्चालनमा ल्याउने तयारी गरेका छौं ।’

सडकको स्तरोन्नति हुने क्षेत्रभित्र रहेका २४ वटा खानेपानी संस्थासँग सम्बन्धित पाइपलाइन तथा संरचना स्थानान्तरणका लागि सम्झौता भई सम्बन्धित उपभोक्ताबाट स्थानान्तरण भइरहेको आयोजनाले जनाएको छ । पोखरा–मुग्लिङखण्ड दुई भागमा बाँडेर विस्तारको काम चिनियाँ कम्पनीले गरिरहेका छन् ।

मुग्लिङदेखि तनहुँको जामुनेसम्म ४१ किलोमिटर पूर्वी खण्डमा चाइना कम्युनिकेसन कन्स्ट्रक्सनले २०७७ वैशाखदेखि काम गरिरहेको छ भने जामुनेदेखि पोखरासम्म पश्चिम खण्ड चीनकै यनहुई काइयुयान हाइवे एन्ड ब्रिज कन्स्ट्रक्सनले ०७८ भदौदेखि विस्तारको काम गरिरहेको छ ।

पश्चिम खण्डमा विसं २०७८ जेठ २ गते सम्झौता भई विसं २०७८ भदौ १२ गतेदेखि काम सुरु भएको थियो । विसं २०८१ भदौ १२ गतेसम्म म्याद रहेकामा त्यसअवधिमा उल्लेख्य प्रगति नभएपछि यस खण्डमा पहिलोपटक एक सय एक दिनका लागि म्याद थप भएको थियो । विसं २०२६ मा रेखाङ्कन भएको सडकमा सवारीको चाप बढ्दै गएपछि एसियाली विकास बैंक ९एडिबी०को ऋण सहयोगमा सडक चार लेनको बनाउन लागिएको हो ।

पश्चिम खण्डको ठेक्का रु सात अर्ब ४० करोड ४६ लाखमा लागेको छ । तीन वर्षभित्र सडक निर्माण गरी हस्तान्तरण गर्ने गरी राजमार्गको पूर्वीखण्ड ९आँबुखैरेनी– जामुने० २०७७ माघ १७ गते र पश्चिम खण्ड ९जामुने–पोखरा० २०७८ जेठ २ गते सरकार र निर्माण पक्षबीच सम्झौता भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

मुस्ताङमा भारतको सहयोगमा उच्च प्रभाव सामुदायिक विकास परियोजना उदघाटन

भाइरल भिडिओले समस्यामा रास्वपा सांसद सृष्टी : कारबाही गर्न माग

सम्बन्धित

मुस्ताङमा भारतको सहयोगमा उच्च प्रभाव सामुदायिक विकास परियोजना उदघाटन

रास्वपा सांसद खनालमाथि छात्रवृत्ति दुरुपयोगको आरोप

नेपालमा अमेरिकी पहलप्रति बेइजिङको चासो

विश्वकप २०२६ : अन्तिम क्षणसम्म संघर्ष, इरान र न्युजिल्यान्डबीच २–२ को रोमाञ्चक बराबरी

४ अर्ब २० करोड बढेर आयो सुदूरपश्चिमको बजेट, कृषि र पूर्वाधार प्राथमिकतामा

तीन मौसमी वायुको प्रभाव :आज सातै प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group