ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पृथ्वीराजमार्ग विस्तार : पश्चिम खण्डको एक वर्ष म्याद थप


एबीसी न्यूज

काठमाडौं ५ पुस । विस्तारका क्रममा रहेको पृथ्वी राजमार्गको मुग्लिन–पोखरा सडक योजना अन्तर्गत पश्चिम खण्डको दोस्रो पटक म्याद थप भएको छ। निर्धारित समय समाप्त भएपछि म्याद थप गर्न निर्माण कम्पनीले आग्रह गरे बमोजिम एक वर्ष समय थप गरिएको हो ।

निर्माण आरम्भमा ढिलाइ गर्नु, रुख कटान आदेश ढिलो गरी प्राप्त हुनु, विद्युत् प्रशारण लाइन सार्न तथा खानेपानीको पाइप व्यवस्थापन गर्न समस्या हुँदा काम प्रभावित भएको थियो । आयोजनाका पश्चिम खण्डका प्रमुख इन्जिनियर राजेश पौडेलले एक वर्ष म्याद थप भएको जानकारी दिनुभयो ।

आगामि विसं २०८२ पुस १६ गतेसम्मका लागि थप भएको पौडेलले बताउनुभयो । पश्चिम खण्डको जामुनेदेखि पोखरासम्मको ३८।८८ किलोमिटर दुरीमा ३५ प्रतिशत प्रगति पुगेको उहाँले जानकारी दिनुभयो ।

यस खण्डमा ठुला र साना गरी १३ वटा पुलमध्ये पाँच वटा सम्पन्न भएको पाँच वटाको निर्माणको अन्तिम चरणमा पुगेको पौडेल बताउनुहुन्छ । आयोजना प्रमुख पौडेलका अनुसार यो खण्डमा १९ किलोमिटर दुरीमा दुई लेन सडक कालोपत्रे सकिएको छ भने पाँच किलो मिटर दुई दुवैतर्फ गरी चार लेनमा पुरा भएको छ । पौडेलले भन्नुभयो, “२४ किलोमिटर कालोपत्रे पूरा भइसकेको छ दश वटा पुल एक महिना भित्रै सञ्चालनमा ल्याउने तयारी गरेका छौं ।’

सडकको स्तरोन्नति हुने क्षेत्रभित्र रहेका २४ वटा खानेपानी संस्थासँग सम्बन्धित पाइपलाइन तथा संरचना स्थानान्तरणका लागि सम्झौता भई सम्बन्धित उपभोक्ताबाट स्थानान्तरण भइरहेको आयोजनाले जनाएको छ । पोखरा–मुग्लिङखण्ड दुई भागमा बाँडेर विस्तारको काम चिनियाँ कम्पनीले गरिरहेका छन् ।

मुग्लिङदेखि तनहुँको जामुनेसम्म ४१ किलोमिटर पूर्वी खण्डमा चाइना कम्युनिकेसन कन्स्ट्रक्सनले २०७७ वैशाखदेखि काम गरिरहेको छ भने जामुनेदेखि पोखरासम्म पश्चिम खण्ड चीनकै यनहुई काइयुयान हाइवे एन्ड ब्रिज कन्स्ट्रक्सनले ०७८ भदौदेखि विस्तारको काम गरिरहेको छ ।

पश्चिम खण्डमा विसं २०७८ जेठ २ गते सम्झौता भई विसं २०७८ भदौ १२ गतेदेखि काम सुरु भएको थियो । विसं २०८१ भदौ १२ गतेसम्म म्याद रहेकामा त्यसअवधिमा उल्लेख्य प्रगति नभएपछि यस खण्डमा पहिलोपटक एक सय एक दिनका लागि म्याद थप भएको थियो । विसं २०२६ मा रेखाङ्कन भएको सडकमा सवारीको चाप बढ्दै गएपछि एसियाली विकास बैंक ९एडिबी०को ऋण सहयोगमा सडक चार लेनको बनाउन लागिएको हो ।

पश्चिम खण्डको ठेक्का रु सात अर्ब ४० करोड ४६ लाखमा लागेको छ । तीन वर्षभित्र सडक निर्माण गरी हस्तान्तरण गर्ने गरी राजमार्गको पूर्वीखण्ड ९आँबुखैरेनी– जामुने० २०७७ माघ १७ गते र पश्चिम खण्ड ९जामुने–पोखरा० २०७८ जेठ २ गते सरकार र निर्माण पक्षबीच सम्झौता भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

कसैलाई काखापाखा गर्दिनँ, टिकट वितरणमा प्रतिशोध राखिँदैन– गगन थापा

आवेग बिर्सनुपर्छ, एकताबद्ध हुनुपर्छ– विश्वप्रकाश शर्मा

सम्बन्धित

कसैलाई काखापाखा गर्दिनँ, टिकट वितरणमा प्रतिशोध राखिँदैन– गगन थापा

आवेग बिर्सनुपर्छ, एकताबद्ध हुनुपर्छ– विश्वप्रकाश शर्मा

निर्वाचन आयोगको षडयन्त्रपूर्ण निर्णय मान्दैनौं –पूर्णबहादुर खड्का

गगन थापा पक्षलाई मान्यता दिने आयोगको निर्णय

रवि जोडिएका मुद्दाका सबैलाई सम्पत्ति शुद्धीकरण र संगठित अपराधको आरोपबाट छुट्कारा

निर्वाचन आयोगलाई विधानको व्यवस्था बारे जानकारी गराउदै गगनपक्षीय कांग्रेस

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com