ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एनपीएलको उपाधिका लागि सुदूरपश्चिम र जनकपुर भिड्ने


एबीसी न्यूज
पुस ४, २०८१ बिहीबार  ७ : २६ बजे

काठमाडौं ४ पुष । सुदूरपश्चिम रोएल्स र जनकपुर बोल्ट्स नेपाल प्रिमियर लिग एनपीएल को पहिलो संस्करणको फाइनलमा भिड्ने भएका छन् ।

बिहीबार भएको क्वालिफायर टु मा कर्णाली याक्समाथि २ विकेटको जित हात पार्दै जनकपुर बोल्ट्सले सुदूरपश्चिमसँग उपाधि भेट पक्का गरेको हो ।

यसअघि बुधबार भएको क्वालिफायर वान मा सुदूरपश्चिमले जनकपुरलाई नै पराजित गर्दै फाइनलमा स्थान बनाइसकेको छ । लिग चरणमा शीर्ष दुई स्थानमा रहेको दुई टिम नै अन्ततस् फाइनलका प्रतिस्पर्धी भएका हुन् । यी दुई टोली लिग र प्लेअफमा गरी दुई पटक भेट हुँदा दुवै पटक सुदूरपश्चिम विजयी भएको थियो । तेस्रो भेटमा पनि सुदूरपश्चिम हावी होला वा जनकपुरले बदला लेला त्यसका लागि भने शनिवारको फाइनल नै कुर्नुपर्नेछ ।

सुदूरले लिग चरणमा खेलेको ७ मध्ये ६ खेल जितेको थियो भने चितवन राइनोजसँग मात्र पराजित भएको थियो । जनकपुरले लिग चरणमा चितवनसहित सुदूरपश्चिमसँग पनि हार व्यहोरेको थियो । जनकपुरले लिग चरणमा ७ मध्ये ५ खेल जितेर दोस्रो स्थानमा रहेको थियो । प्लेअफमा पनि पहिलो खेल हारेको जनकपुरले अर्को खेल जित्यो ।

सुदूरले समूह चरणमा लयलाई कायम राख्दै क्वालिफायर वान जितेर फाइनल पुग्ने पहिलो टोली बन्दा जनकपुरले पाएको अर्को अवसर सदुपयोग गर्‍यो । कर्णाली याक्स एलिमिनेटरमा चितवन राइनोजलाई पराजित गरेर क्वालिफायर टु मा पुगेको थियो । जनकपुरले पाएको अवसरमा कर्णालीलाई लो स्कोरिङ खेलमा पराजित गरेको हो ।

कर्णालीले दिएको ११९ रनको लक्ष्य जनकपुरले १९ ओभर खेल्दै ८ विकेट गुमाएर पूरा गरेको थियो । जनकपुरका लागि नाकय बनेका जीमी नीशमले आक्रमक ब्याटिङ गर्दै सर्वाधिक ४५ रन बनाए । कर्णाली याक्सका युवा स्पीनर विपिन प्रसाद शर्माले ३ विकेट लिएका थिए ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

उपसभामुखमा रुवीकुमारी ठाकुर चयन

२६ वर्षीया रुवी कुमारी ठाकुर प्रतिनिधिसभाको उपसभामुख निर्वाचित

सम्बन्धित

उपसभामुखमा रुवीकुमारी ठाकुर चयन

२६ वर्षीया रुवी कुमारी ठाकुर प्रतिनिधिसभाको उपसभामुख निर्वाचित

परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री एस जयशंकरबीच भेटवार्ता

परराष्ट्रमन्त्री शिशिर खनाल र भारतीय विदेशमन्त्री एस जयशंकरबीच मौरिससमा भेट

रास्वपालाई विश्वास गर्न नसकिने नजिर स्थापित भयो – खुश्बु ओली

उपसभामुखमा साथ नपाएपछि रास्वपासँग रिसाए ज्ञानेन्द्र शाही

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com