ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एलन मस्क ओपन एआईविरुद्ध आक्रमक कानुनी लडाईंमा


ABC News

 

काठमाडौं मंसिर २९ । अमेरिकी दुई टेक जाइन्ट अर्बपतिहरु आपसी कानुनी आक्रमण झगडामा प्रवेश गरेका छन् ।यस महिना सुरुमा, एलन मस्कले एउटा संघीय अदालतसँग अनुरोध गर्दै ओपनएआईलाई गैर–नाफामूलक संस्था बाट पूर्ण रूपमा नाफामूलक कम्पनीमा रूपान्तरण गर्न रोक्नु पर्ने माग गरेका थिए ।

शुक्रबार, ओपनएआई ले आफ्नै कानूनी फाइलिङद्वारा जवाफ दिंदै भनेको छ – एलन मस्कले आफ्नो प्रतिस्पर्धी कम्पनी एक्सएआई निर्माण गर्ने क्रममा ओपनएआईलाई बाधा पुर्‍याउने प्रयास मात्र गरिरहेका छन्।

ओपनएआईले आरोप लगाएको छ – मस्कले माग गरेको कुरा ओपनएआईको व्यवसाय, बोर्डको छलफल, र सुरक्षित तथा लाभदायक एआई निर्माण गर्ने मिशनलाई कमजोर बनाउन केन्द्रित छ । उनले आफ्नै एआई कम्पनीको फाइदाको लागि आफूहरुविरुद्ध अभिायन चालएको अस्वीकार गर्ने निर्णय गरेको छ ।Sam Altman, chief executive of OpenAI, talks, gesturing with his hands, talks with an interviewer sitting next to him on a stage.

ओपनएआईले यस वर्षको सुरुमा मस्कले लगाएको मुद्दामा गरिएका धेरै दाबीहरूलाई पनि अस्वीकार गरेको छ ।

शुक्रबारको फाइलिङ भन्दा पहिले प्रकाशित ब्लग पोस्टमा, ओपनएआई ले मस्कलाई पाखण्डीको रूपमा चित्रित गर्दै उनले छ वर्ष अघि संस्थाबाट बाहिर जानुअघि प्रयोगशालालाई गैर–नाफामूलक बाट नाफामूलक अपरेशनमा परिवर्तन गर्न खोजेको स्मरण गराएका छन् ।

फाइलिङ र ब्लग पोस्टले समावेश गरेका कागजातहरूले २०१७ मा, मस्कको पारिवारिक कार्यालयका प्रमुख, जारेड बिर्चलले ‘ओपन आर्टिफिसियल इंटेलिजेन्स टेक्नोलोजिज, इंक।’ नामक कम्पनी दर्ता गरेको देखाउँछ, जुन ओपनएआई को नाफामूलक अवतारका रूपमा योजना गरिएको थियो।

‘उनका आफ्नै शब्दहरू र क्रियाकलापले आफ्नै कुरा गर्छन्,’ कम्पनीले भनेको छ । ‘एलनले मात्र नाफामूलक चाहेका थिएनन्, उनले वास्तवमा इउभलब्क्ष् को प्रस्तावित नयाँ संरचनाका रूपमा नाफामूलक सिर्जना गरेका थिए।’

मस्क र बिर्चलले थप टिप्पणीको लागि अनुरोध गरेकोमा जबाफ नदिएको न्युयोर्क टाइम्सले जनाएको छ ।
मस्कले मार्चमा सान फ्रान्सिस्कोको राज्य अदालतमा ओपनएआईविरुद्ध मुद्दा दायर गरेका थिए । तर कुनै स्पष्टीकरण विना नै उनले त्यो मुद्धा फिर्ता लिने काम पनि गरेका थिए । त्यसको सात हप्तापछि, उनले संघीय अदालतमा ओपनएआई विरुद्ध नयाँ मुद्दा दायर गरेका हुन् ।

पहिलो मुद्दाजस्तै, संघीय उजूरीले इउभलब्क्ष् र यसको दुई संस्थापक, साम अल्टम्यान र ग्रेग ब्रोकम्यानमाथि व्यावसायिक स्वार्थलाई सार्वजनिक हित भन्दा माथि राखेर कम्पनीको स्थापना सम्झौतामा उल्लङ्घन गरेको आरोप लगाएको थियो।

एलन मस्कले मुद्दामा नयाँ दाबीहरू थप्दै ओपनएआईलाई नाफामूलकमा रूपान्तरण गर्नबाट रोक्न प्रारम्भिक निषेधाज्ञाको लागि माग गरेका थिए ।
२०१५ मा मस्कसँग मिलेर ओपनएआई स्थापना गरेपछि र मानवताको फाइदाका लागि कृत्रिम बुद्धिमत्ता सावधानीपूर्वक विकास गर्न प्रतिज्ञा गरेपछि, अल्टम्यान र ब्रोकम्यानले यो मिशन त्यागेर माइक्रोसफ्टसँगको बहु–अर्ब डलरको साझेदारीमा प्रवेश गरेको दावी गरिएको छ ।

एलन मस्कले नयाँ कम्पनीमा ५० प्रतिशतदेखि ६० प्रतिशत इक्विटी रहने आशा पूरा नभएपछि ओपन एआईका विरुद्ध मुद्धा दर्ता गरेको उनीमाथि आरोप लगाइएको टाइम्ले उल्लेख गरेको छ ।

मस्क २०१८ को सुरुबाटै ओपनएआइबाट हटेका थिए । त्यो बेला अल्टम्यानले माइक्रोसफ्टसँथ साझेदारी गरिसकेका थिएनन् । नोभेम्बरमा, उनले आफ्नो संघीय मुद्दालाई संशोधन गर्दै माइक्रोसफ्टलाई प्रतिवादीको रूपमा र श्रीमती जिलिसलाई, जो अहिले मस्कका कम्तिमा तीन बच्चाहरूकी आमा हुन्, अभियोगीको रूपमा थपेका थिए ।

यस महिना सुरुमा, द न्यूयोर्क टाइम्स’ डिलबुक समिटमा, अल्टम्यानले मस्कसँगको विवादबारे “धेरै दुःखी” भएको बताएका थिए ।। अहिले, मस्क ट्रम्प प्रशासनको लागि सल्लाहकार समूहको नेतृत्व गरिरेहका छन् । यसबारे सवैतिरबाट प्रश्न उठिरहेको छ कि मस्क ओपन एआई विरुद्ध आफ्नो राजनीतिक प्रभाव प्रयोग गरिरहेका छन् ।। तर अल्टम्यानले आफ्नो पूर्वसहकर्मीले आफ्नो राजनीतिक शक्ति उनीविरुद्ध प्रयोग गर्ने सोचलाई भने सार्वजनिक रुपमा अस्वीकार गरेको अमेरिकी मिडियाले उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com