ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

Live
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पुटिनले भने- ‘अमेरिकासँग जुनसुकै मुद्दामा कुरा गर्न तयार छौँ’


admin

मस्को, २७ फागुन । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो देश संयुक्त राज्य अमेरिकासँग जुनसुकै मुद्दामा पनि छलफल गर्न तयार रहेको बताउनुभएको छ ।

उहाँले भन्नुभयो– हामी जुनसुकै मुद्दामा पनि कुराकानी गर्न तयार छौँ र अमेरिकाले पनि हामीलाई त्यस्तै हिसाबको व्यवहार गरोस् भन्ने हामी चाहन्छौँ ।

राष्ट्रपति पुटिनले अमेरिकासँग क्षेप्यास्त्रसँग सम्बन्धित विषयवस्तुहरु, साइबर स्पेस वा प्रतिआतंकवाद जस्तोसुकै विषयमा पनि कुराकानी गर्न हामी तयार छौँ भन्नुभयो ।

उहाँले रुसको एनबिसी मिडियासँगको कुराकानीमा सो धारणा सार्वजनिक गर्नुभएको हो । उहाँको सो अन्तरवार्ता उक्त मिडियाले शनिबार प्रकाशन गरेको छ ।

उहाँले सो अन्तरवार्तामा रुस र अमेरिकाले समस्या वा मुद्दा के छन् भन्ने बारेमा बसेर छलफल गर्नुपर्ने भन्दै यसलाई सार्वजनिक अभिव्यक्तिका रुपमा आक्रोस व्यक्त गर्नेभन्दा पनि वार्ता राम्रो हो भनेर हेर्नुपर्ने बताउनुभएको छ ।

मलाई त लाग्छ अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प पनि रुससँग सबै विषयमा, सबै मुद्दामा बसेरै वार्ता गरौँ भन्ने पक्षमा हुनुहुन्छ, तर कुनै अर्काे शक्तिले उहाँलाई यसो गर्न दिइरहेको छैन— राष्ट्रपति पुटिनले भन्नुभयो ।

उहाँले समयले अमेरिकालाई पनि रुससँग सबै विषयमा बसेरै वार्ता गर्ने काममा सघाउने र एउटै टेबलमा ल्याउने काम गर्नेमा आफू विश्वस्त रहेको पनि उहाँले अपेक्षा गरेको बताउनुभयो ।

अमेरिका र रुसबीच पछिल्लो समयमा सम्बन्ध चिसिएको छ । सन् २०१६ को अमेरिकी राष्ट्रपतीय निर्वाचनमा रुसले वर्तमान राष्ट्रपति ट्रम्पका पक्षमा काम गरेको भन्ने भनाई अमेरिकी मिडियाको रहेको छ ।

यस कुरालाई डेमोक्र्याटका तर्फबाट राष्ट्रपतिका उम्मेदवार हिलारी क्लिन्टनले पनि अघिसार्नुभएको थियो । त्यसै विषयमा अमेरिकी मिडियाले पनि राष्ट्रपति ट्रम्पलाई निकै खेदेका थिए ।

तर यसलाई राष्ट्रपति ट्रम्पले भने स्वीकार गर्नुभएको छैन । तर पनि पछिल्लो समयमा यी दुई देशबीचको सम्बन्धमा तिक्तता आएको छ ।

राष्ट्रपति भएका सुरुका दिनहरुमा भने ट्रम्पले रुसी राष्ट्रपति पुटिनको निकै प्रसंशा गर्ने गर्नुहुन्थ्यो । तर अहिले सम्बन्ध बिग्रिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

उमेर समूहका आधारमा निर्वाचित जनप्रतिनिधिको सङ्ख्या यस्तो छ

काठमाडौं, ९ जेठ । स्थानीय तह सदस्य निर्वाचन, २०७९ मा हालसम्म निर्वाचित जनप्रतिनिधिहरू सबैभन्दा धेरै ४१ देखि ५० वर्ष उमेर समूहका देखिएका छन् । निर्वाचन

मेयरमा रेनु र उपमेयरमा चित्रसेनको जित सुनिश्चित

चितवन ९ जेठ । भरतपुर महानगरपालिकामा ११ हजार १७३ मत गन्न बाँकी रहँदा नै मेयर र उपमेयर पदमा सत्तारुढ गठबन्धनबाट उम्मेदेवार रहेका रेनु दाहाल र

जनकपुरधाम उपमहानगरको मेयरमा स्वतन्त्र उम्मेदवार साह विजयी

काठमाडौं, ९ जेठ । जनकपुरधाम उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार मनोज कुमार साह सुडी विजयी भएका छन् ।घण्टाघर चुनाव चिह्नबाट निर्वाचन लडेका साहले १३४६५ मत पाए

सम्बन्धित

लोकतन्त्रमा कट्टर दुस्मनलाई समेत बोल्ने अवसर दिइनुपर्छ भनेर ट्वीट गर्ने इलन आफ्ना आलोचकलाई ब्लक गरिदिन्छन्

मतगणना लम्बिँदा इन्डोनेसियामा २७० भन्दा धेरै गणकले ज्यान गुमाएका थिए

युक्रेनको मारिउपोल सहर आफ्नो नियन्त्रणमा लिएको रुसको दाबी

इन्डो–प्यासिफिकलाई लक्षित गरेर एसिया भ्रमणमा आउँदै बाइडेन

उत्तर कोरियामा कोरोना महामारी फैलिएपछि देशव्यापी लकडाउन

श्रीलंकामा प्रदर्शन थप चर्कियो : सेना र प्रहरीलाई आपतकालीन अधिकार प्रयोग गर्ने अनुमति

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एसियन बिजनेस सर्कल प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9841885150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एसियन बिजनेस सर्कल टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कंडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2022 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com