ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पुटिनले भने- ‘अमेरिकासँग जुनसुकै मुद्दामा कुरा गर्न तयार छौँ’


admin
फाल्गुन २७, २०७४ आईतबार  २ : ४९ बजे

मस्को, २७ फागुन । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो देश संयुक्त राज्य अमेरिकासँग जुनसुकै मुद्दामा पनि छलफल गर्न तयार रहेको बताउनुभएको छ ।

उहाँले भन्नुभयो– हामी जुनसुकै मुद्दामा पनि कुराकानी गर्न तयार छौँ र अमेरिकाले पनि हामीलाई त्यस्तै हिसाबको व्यवहार गरोस् भन्ने हामी चाहन्छौँ ।

राष्ट्रपति पुटिनले अमेरिकासँग क्षेप्यास्त्रसँग सम्बन्धित विषयवस्तुहरु, साइबर स्पेस वा प्रतिआतंकवाद जस्तोसुकै विषयमा पनि कुराकानी गर्न हामी तयार छौँ भन्नुभयो ।

उहाँले रुसको एनबिसी मिडियासँगको कुराकानीमा सो धारणा सार्वजनिक गर्नुभएको हो । उहाँको सो अन्तरवार्ता उक्त मिडियाले शनिबार प्रकाशन गरेको छ ।

उहाँले सो अन्तरवार्तामा रुस र अमेरिकाले समस्या वा मुद्दा के छन् भन्ने बारेमा बसेर छलफल गर्नुपर्ने भन्दै यसलाई सार्वजनिक अभिव्यक्तिका रुपमा आक्रोस व्यक्त गर्नेभन्दा पनि वार्ता राम्रो हो भनेर हेर्नुपर्ने बताउनुभएको छ ।

मलाई त लाग्छ अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प पनि रुससँग सबै विषयमा, सबै मुद्दामा बसेरै वार्ता गरौँ भन्ने पक्षमा हुनुहुन्छ, तर कुनै अर्काे शक्तिले उहाँलाई यसो गर्न दिइरहेको छैन— राष्ट्रपति पुटिनले भन्नुभयो ।

उहाँले समयले अमेरिकालाई पनि रुससँग सबै विषयमा बसेरै वार्ता गर्ने काममा सघाउने र एउटै टेबलमा ल्याउने काम गर्नेमा आफू विश्वस्त रहेको पनि उहाँले अपेक्षा गरेको बताउनुभयो ।

अमेरिका र रुसबीच पछिल्लो समयमा सम्बन्ध चिसिएको छ । सन् २०१६ को अमेरिकी राष्ट्रपतीय निर्वाचनमा रुसले वर्तमान राष्ट्रपति ट्रम्पका पक्षमा काम गरेको भन्ने भनाई अमेरिकी मिडियाको रहेको छ ।

यस कुरालाई डेमोक्र्याटका तर्फबाट राष्ट्रपतिका उम्मेदवार हिलारी क्लिन्टनले पनि अघिसार्नुभएको थियो । त्यसै विषयमा अमेरिकी मिडियाले पनि राष्ट्रपति ट्रम्पलाई निकै खेदेका थिए ।

तर यसलाई राष्ट्रपति ट्रम्पले भने स्वीकार गर्नुभएको छैन । तर पनि पछिल्लो समयमा यी दुई देशबीचको सम्बन्धमा तिक्तता आएको छ ।

राष्ट्रपति भएका सुरुका दिनहरुमा भने ट्रम्पले रुसी राष्ट्रपति पुटिनको निकै प्रसंशा गर्ने गर्नुहुन्थ्यो । तर अहिले सम्बन्ध बिग्रिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

एमाले सचिवालय बैठक बस्दै, के छन् छलफलका एजेन्डा ?

ट्रम्प-सी शिखर सम्मेलनले के समाधान गर्न सकेन ?

सम्बन्धित

ट्रम्प-सी शिखर सम्मेलनले के समाधान गर्न सकेन ?

चिनिया राष्ट्रपति सीले ट्रम्पलाई सुनाएको ‘थुसिडाइड्स ट्र्याप’के हो ?

ट्रम्प चापलुसीपूर्ण, सी दृढ : ठूलो भिन्नता देखियो : न्यूयोर्क टाइम्स

ट्रम्प-सी शिखर भेट : ताइवान मुद्दामा सीको चेतावनी, ट्रम्पको प्रशंसा

ट्रम्पले बारम्बार भने : राष्ट्रपति सी महान् नेता हुन्

ट्रम्पलाई बेइजिङमा स्वागत गर्दै सीको सन्देश : ‘प्रतिद्वन्द्वी होइन, साझेदार बन्नुपर्छ’

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com