ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ५, २०८३ शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपाल प्रहरीका १० डीआईजीको सरुवा, चार प्रदेशका प्रहरी प्रमुख फेरिए


एबीसी न्यूज
मंसिर २८, २०८१ शुक्रबार   ११ : १२   बजे

काठमाडौं २८ मंसिर । नेपाल प्रहरीका १० जना प्रहरी नायब महानिरीक्षक डीआईजी को सरुवा गरिएको छ। गृहमन्त्री स्तरीय निर्णयबाट बिहीबार मध्यरात १० जना डीआईजीको सरुवा सूचना सार्वजनिक गरिएको हो।

यो निर्णयसँगै नेपाल प्रहरीका ४ वटा प्रदेशका प्रमुखसमेत हेरफेर भएका छन्।  कोसी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका प्रहरी प्रमुख हेरफेर गरिएको हो।

कोसी प्रदेशका प्रहरी प्रमुख चन्द्रकुवेर खापुङलाई सीआईबी सरुवा गरिएको छ। विशेष ब्युरोमा कार्यरत राजन अधिकारीले कोसी प्रदेश प्रहरी प्रमुखको जिम्मा पाएका छन्।

गण्डकी प्रदेश प्रहरी प्रमुख दुर्गा सिंहलाई पनि प्रदेश समन्वय विभागमा सरुवा गरिएको छ। उनलाई केही दिनमै एआईजीमा बढुवा गर्ने तयारी रहेकाले समन्पवय विभागमा ल्याइएको हो।

हालै डीआईजीमा बढुवा भएका भोला बहादुर रावलले प्रदेश प्रहरी प्रमुखको जिम्मा पाएका छन्।

लुम्बिनीमा डीआईजी दानबहादुर कार्कीलाई सरुवा गरिएको छ। त्यहाँ कार्यरत कुवेर कडायतलाई प्रहरी महानिरीक्षकको सचिवालयमा ल्याइएको छ। उनले अब प्रहरी प्रवक्ताको समेत जिम्मेवारी पाउनेछन्।

डीआईजी मनोजकुमार केसीलाई भने प्रहरी राष्ट्रिय प्रशिक्षण प्रतिष्ठानमा यथावत् राखिएको छ। उनीसँगै डीआईजी बनेका दुवै जनाले प्रदेश प्रमुखको जिम्मा पाएका छन्। सदूरपश्चिमका प्रहरी प्रमुख रवीन्द्र केसीलाई विकास निर्देशनालयमा सरुवा गर्दै त्यहाँ हालै बढुवा भएका गणेश चन्दलाई खटाइएको छ।

यसअघि काजमा खटाइएका लालमणि आचार्य मधेसमा र जनक भट्टराईको कर्णाली प्रदेश प्रहरी प्रमुखमा सरुवा कायम गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पश्चिम तराईमा अत्यधिक गर्मी

विश्वकप २०२६ : क्यानडाको ऐतिहासिक रात, दक्षिण अफ्रिकाको आशा जीवित, मेक्सिको–दक्षिण कोरिया शीर्ष स्थानको लडाइँमा

सम्बन्धित

दुई चिकित्सकसहित ५ जनालाई पक्राउ

विश्वकप २०२६ : क्यानडाको ऐतिहासिक रात, दक्षिण अफ्रिकाको आशा जीवित, मेक्सिको–दक्षिण कोरिया शीर्ष स्थानको लडाइँमा

होर्मुज जलडमरूमध्यमा नयाँ शुल्कको तयारी: इरानको घोषणा, खाडी मुलुकहरू असन्तुष्ट

विश्वकप २०२६ : माकोएनाको पेनाल्टीमा दक्षिण अफ्रिकाको पुनर्जागरण, चेकियासँग १–१ को बराबरी गर्दै नकआउट आशा जीवित

🚨 ब्रेकिङ : विश्वकपमा क्यानडाको ऐतिहासिक प्रदर्शन, कतारविरुद्ध ५–० को विशाल अग्रता

विश्वकप २०२६ : सडकबाट विश्वकपसम्म — युवा मन्जाम्बीको जादुमा स्विट्जरल्यान्ड विजयी, बोस्नियालाई अन्तिम क्षणको पीडा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group