काठमाडौं २८ मंसिर । नेपाल प्रिमियर लिग एनपीएल मा कर्णाली याक्सले लुम्बिनी लायन्सलाई एक सय २९ रनको लक्ष्य दिएको छ । टस हारेर ब्याटिङको निम्तो पाएको कर्णालीले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर एक सय २८ रन बनायो ।
प्लेअफ दौडबाट बाहिरिसकेको लुम्बिनीको जारी एनपीएलमा अन्तिम खेल हो । पाँचमध्ये तीन खेल जितेको कर्णाली लिग तालिकाको चौथो स्थानमा छ ।
यस्तै दोस्रो खेलमा दिउँसो एक बजे विराटनगर किङ्गस र चितवन राइनोज खेल्दैछन् । पाँचमध्ये तीन खेल खेलेको चितवन तेस्रो र पाँचमध्ये एक खेल जितेको विराटनगर तालिकाको पुछारमा छ ।
प्रतिक्रिया दिनुहोस्