ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ५, २०८३ शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपालको अर्थतन्त्र २ दर्जन बिचौलियाको हातमा छ- अध्यक्ष प्रचण्ड


एबीसी न्यूज
मंसिर २८, २०८१ शुक्रबार   ८ : ३७   बजे

काठमाडौं २८ मंसिर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो सरकारले गरेका सुधारका काम अहिलेको सरकारलाई घाडो भएको बताएका छन्।

धादिङको बेनीघाट रोराङ्ग गाउँपालिका ८ बिधाङको कालिका माध्यामिक विद्यालयमा बिहीबार आयोजित एकीकृत छात्रावास उद्घाटन तथा चैलिङ नमुना पर्यटकीय गन्तव्य गाउँ प्रवर्द्धन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन्।

उनले नेपालको अर्थतन्त्र अहिले एक दर्जनदेखि दुई दर्जन बिचौलियाको हातमा रहेको उनले बताए। ‘नेपालको अर्थतन्त्र जनताको हातमा छैन। नेपालको राजनीति त जनताको हातमा आयो। तर देशको अर्थतन्त्र जनताको हातमा आएको छैन। यसमा केही प्रयास भएका थिए। तर बिचौलिया र दलालहरुलाई सह्य भएन,’ प्रचण्डले भने।

शिक्षाको सुधारका लागि आफूले शिक्षा विधयेकमा सहमति कायम गरेर अगाडि बढेको उनको भनाई थियो। ‘राजनीतिक भागबन्डा गरेर विश्वविद्यालयहरुमा भीसी, रेक्टर, रजिस्टार, डिनहरु नियुक्ति गर्दा विश्वविद्यालयको गुणस्तर पूरै खस्कियो। विद्यार्थीहरु देश छोडेर विदेस पलायन भए। विश्वविद्यालयहरुमा तालाबन्दि, नाराबाजी, अराजकताको स्थिति आइरह्यो,’ प्रचण्डले भने, ‘त्यो अराजकता तोड्न मैले शिक्षामा सुधारको जोखिम उठाउनुपर्छ भनेर मेरिटोक्रेसिका आधारमा भिसि, रेक्टर, रजिस्टार र डिनहरु नियुक्त गर्ने प्रक्रिया आगाडि बढाए। अहिलेको सरकारलाई त्यो घाँडो भएको छ।’

शिक्षामा भागबन्डा गरेर विश्वविध्यालयहरूमा भीसी रेक्टर नियुक्त हुँदा शिक्षाको गुणस्तर घट्ने र युवा विधार्थी पलायन हुने स्थित बढेपछि त्यसलाई रोक्न आफुले शिक्षा क्षेत्रको सुधारमा गर्नमा गरेको पहललाई अहिले उल्टाउने खेल भैरहेको दाबी उनले गरे।

सरकारलाई राम्रो होइन, आफ्नो मात्रै चाहिएको बताउँदै प्रचण्डले भने, ‘विश्वविद्यालयमा मैले सुरुवात गरेको मेरिटोक्रेसिले राम्रो असर र प्रभाव देखाउन थाल्यो तर अहिलेको सरकारलाई राम्रो चाहिएको छैन । आफ्नो चाहिएको छ। अहिले विश्वविद्यालयका भीसीहरुलाई मेरिटोक्रेसी तोड्न सरकारले निकै ठूलो दबाब दिइरहेको छ। अहिलेको सरकारलाई जहाँ राम्रो छ त्यहाँ प्रहार गर्नुपरेको छ। राम्रो मान्छे चाइएन उनीहरूलाई आफ्नो मान्छे चाहियो। अस्ति मात्रै मैले केही भीसीहरूलाई भेटेर सत्यका पक्षमा लड्नुस् भनेको छु। मैले भ्रष्टाचार र विकृतिकाविरुद्ध लड्दा प्रधानमन्त्री छोड्न तयार भएँ। तपाईहरु पनि सत्यका पक्षमा लड्नुहोस् मेरिटोक्रेसी नछोड्नुस्। योग्यहरू नियुक्ति गर्ने कुरा खुट्टा नकमाइ अगाडि बढ्नुस भनेको छु।’

आफू तीन पटक प्रधानमन्त्री हुँदा विभिन्न क्षेत्रको सुधारमा मिहनेत गरेको दाबी उनले गरे। अहिले आफू सरकार बाहिर रहे पनि सुशासन, सामाजिक न्याय र समृद्धिको पक्षमा निरन्तर लागिरहेको उनको भनाई थियो।

आफूले तेस्रोपटक सरकारको नेतृत्व गर्दा भ्रष्टाचारका विरुद्ध र सुशासनका पक्षमा, विभेदका विरुद्ध र सामाजिक न्यायका पक्षमा काम गरेको प्रचण्डले बताए।

‘मैले आर्थिक संकटको अन्त्य गर्दै समृद्धिको पक्षमा काम गरेँ। संघीय लोकतान्त्रिक गणतन्त्रका लागि जोखिम उठाएर लडेको पार्टी र नेताको हैसियतले संघियता कार्यान्वयनका लागि विभिन्न विधयेक र ऐनहरु बनाउने काममा मिहनेत गरेँ,’ उनले भने।

भ्रष्टाचारविरुद्ध सुशासनको अभियान र अर्थतन्त्रमा सुधारको पहल गरेका कारण आफू नेतृत्वको सरकार ढालिएको बताउँदै प्रचण्डले केपी ओली नेतृत्वको सरकार अपारदर्शी र अप्राकृतिक तरिकाबाट बिचौलिया र माफियाहरुले बनाइदिएको आरोप लगाए।

‘सरकार परिर्वतन जुन जालझेल तरिकाले, अपारदर्शी र अप्राकृतिक तरिकाले गरियो, त्यो स्वाभाविक छैन,’ प्रचण्डले भने, ‘एमाले अध्यक्ष केपी जीले मैले प्रचण्डलाई राउण्ड किक दिएर हटाएँ भन्दै हुनुहुन्छ। राउण्ड किक दिएको रे उहाँले। स्वर्ग नि सँगै नर्क नि सँगै जाने भनेर म प्रधानमन्त्री हुँदा मसँग चार घण्टासम्म कुरा गरेर जालझेलबाट तरिकाबाट यो सरकार बनेको हो। यो बचौलियाले, दलालहरुले बनाइएको सरकार हो।’

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कक्षा १२ को नतिजा सार्वजनिक, ६४.१३ प्रतिशत विद्यार्थी उत्तीर्ण

पश्चिम तराईमा अत्यधिक गर्मी

सम्बन्धित

कक्षा १२ को नतिजा सार्वजनिक, ६४.१३ प्रतिशत विद्यार्थी उत्तीर्ण

फिफा विश्वकप–२०२६: सहआयोजक मेक्सिको विश्वकपको नकआउट चरणमा प्रवेश

दुई चिकित्सकसहित ५ जनालाई पक्राउ

विश्वकप २०२६ : क्यानडाको ऐतिहासिक रात, दक्षिण अफ्रिकाको आशा जीवित, मेक्सिको–दक्षिण कोरिया शीर्ष स्थानको लडाइँमा

होर्मुज जलडमरूमध्यमा नयाँ शुल्कको तयारी: इरानको घोषणा, खाडी मुलुकहरू असन्तुष्ट

विश्वकप २०२६ : माकोएनाको पेनाल्टीमा दक्षिण अफ्रिकाको पुनर्जागरण, चेकियासँग १–१ को बराबरी गर्दै नकआउट आशा जीवित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group