ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ७, २०८३ आईतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कमलादीस्थित महानगरको छेउमा परेको भ्वाङ टालियो


एबीसी न्यूज
मंसिर २७, २०८१ बिहीबार   ३ : ५९   बजे

काठमाडौं २७ मंसिर । काठमाडौँको कमलादीस्थित टुकुचा खोलामा क्षतिग्रस्त बनेको कलभर्ट निर्माण गरिएको छ। संघीय सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माले उक्त कलभर्टको उद्घाटन गरेका छन्।

११ मिटर लामो उक्त कलभर्ट भत्किँदा काठमाडौँ महानगरपालिकानजिकैको सडकमा भ्वाङ परेको थियो। यसले व्यस्त सडक खण्ड मानिएको कमलादी क्षेत्रमा सवारी आवागमनमा समेत समस्या भएको थियो।

व्यस्त र जरुरी महत्त्वको स्थान भएकै कारण सडक विभागले तीव्रताका साथ सो स्थानमा काम गराएको सडक विभागका महानिर्देशक रामहरि पोखरेलले जानकारी दिए।

काठमाडौँ व्यस्त क्षेत्र कमलादीको उक्त कलभर्ट गत साउन २३ गते रातिको बाढीले क्षतिग्रस्त बनेको थियो। त्यसपछि भौतिक पूर्वाधार मन्त्रालयले प्राविधिकहरू परिचालन गरी विस्तृत अध्ययन गराएको थियो।

प्राविधिक तथा विज्ञहरूले क्षतिग्रस्त कलभर्ट रहेको खण्डमा यातायात सञ्चालनमा रोक लगाएका थिए। मन्त्री देवेन्द्र दाहालसहितको टोलीले समेत उक्त स्थानको निरीक्षण गरी अविलम्ब पुनःनिर्माण गर्न निर्देशन दिएको थियो।

मन्त्री दाहालको निर्देशनपश्चात् पुनः साउन २८ गते विज्ञहरूले निरीक्षण गरी भोलिपल्ट लागत अनुमान तयार पारिएको थियो।

सडक डिभिजन कार्यालय, काठमाडौँले गत असोज १८ गते ४९ लाख ६३ हजार रुपैयाँमा उक्त कलभर्ट निर्माणका लागि डीबी कन्ट्रक्सनलाई ठेक्का दिएको थियो।

ठेक्का लागे पनि अविरल वर्षा र बाढीले पुनः काममा अवरोध हुँदा केही ढिला भएको कार्यालयले जनाएको छ। डिभिजन कार्यालय प्रमुख नारायणदत्त भण्डारीका अनुसार बाढीका कारण काम हुन नसकेपछि मंसिर १७ गते सम्पन्न गर्ने गरी कातिक ३ गतेबाट काम सुरु भएको थियो।

राणाकालमा निर्मित उक्त कल्भर्ट पुरातात्त्विक महत्त्वको हुन सक्ने भन्दै पुरातत्व विभागले समेत चासो देखाएको थियो। कात्तिक १ गते पुरातत्त्व विभागले कल्भर्ट निर्माणमा सहमति दिएको थियो।

बेमौसमी बाढी, दसैँ, पुरातत्त्व विभागसँग सहमति लिनुपर्ने प्रक्रिया लगायतका चुनौतीबीच निर्धारित समयअगावै काम पूरा भएको डिभिजन प्रमुख भण्डारीले बताए।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको प्रथम महाधिवेशनमा शीर्ष नेताहरूको जमघट, ओली–प्रचण्ड अनुपस्थित, गगन थापा सहभागी हुने

ऐतिहासिक खेलमा जापानको शानदार जित, ट्युनिसिया बाहिरियो

सम्बन्धित

रास्वपा राष्ट्रिय महाधिवेशनको निर्वाचन कार्यतालिका पुनः प्रकाशित

रास्वपाको प्रथम महाधिवेशनमा शीर्ष नेताहरूको जमघट, ओली–प्रचण्ड अनुपस्थित, गगन थापा सहभागी हुने

ऐतिहासिक खेलमा जापानको शानदार जित, ट्युनिसिया बाहिरियो

जलमग्न बन्यो रास्वपा महाधिवेशनस्थल, मोटरबाट पानी निकालिँदै

बालेन सरकारको तीन महिनाः संसदसँग दूरी, अनुभवहीनता र ‘बदला राजनीति’ को जोखिम(भिडियोसहित)

योगलाई जीवनशैलीका रूपमा अपनाउन राष्ट्रपतिको आग्रह

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group