ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एमाले महाधिवेशनमा अध्यक्ष पदमा निर्वाचन हुने कुनै सम्भावना छैन – विष्णुप्रसाद पौडेल


एबीसी न्यूज

काठमाडौं २७ मंसिर । नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले एमालेको एघारौं राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदमा निर्वाचन हुने कुनै सम्भावना नरहेको बताएका छन् ।

उपप्रधानमन्त्री एवम् अर्थमन्त्री समेत रहेका पौडेलले रासससँग कुराकानी गर्दै आगामी महाधिवेशन नीति र नेतृत्व दुवै प्रश्नमा पूर्ण सहमतिका साथ सम्पन्न हुने बताए ।

‘अब हुने नेकपा एमालेको एघारौं राष्ट्रिय महाधिवेशन नीति र नेतृत्व दुवै प्रश्नमा पूर्ण सहमतिका साथ सम्पन्न हुनेछ,’ उनले भनेका छन्, ‘अन्य पदहरूमा निर्वाचन भएछ भने पनि मूल नेतृत्वमा, अध्यक्ष पदमा निर्वाचन हुने कुनै सम्भावना छैन ।’

ओलीले एमालेलाई मात्र नभएर सिङ्गो राष्ट्रलाई सफल नेतृत्व प्रदान गरेको जिकिर उनको छ । ‘एमालेलाई मात्र होइन, सिङ्गो राष्ट्रलाई सफल नेतृत्व प्रदान गर्नुभएका पार्टी अध्यक्ष केपी शर्मा ओलीज्यूका विरुद्ध कसैले उम्मेवारी दिन्छ भन्ने मलाई लाग्दैन,’ उनले भने ।

 

उपाध्यक्ष पौडेलले एमालेभित्र नीति र नेतृत्वको प्रश्नमा कुनै मतभेद नरहेको बताए । उनले अध्यक्ष ओलीलाई ‘वैधानिक व्यवस्था अनुरूपको निर्वाचित अध्यक्ष मात्र होइन, समस्त पार्टी पङ्क्तिको विश्वास जितेको आस्थाको अध्यक्ष’ का रूपमा चित्रित गरेका छन् ।

‘पछिल्लो दशकमा हाम्रो पार्टीले उपलब्धि र चुनौतीका जे–जस्ता श्रृङ्खला पारगर्दै आजको यो ठाँउसम्म आइपुगेको छ,’ उनले भने, ‘उहाँको दूरदृष्टियुक्त, सुझबुझपूर्ण र साहसिक नेतृत्व नभएको भए त्यो सम्भव हुने थिएन ।’

पार्टीभित्र देखिएका केही असहमतिलाई व्यवस्थापन गर्दै एमाले अगाडि बढिरहेको उपाध्यक्ष पौडेलले बताए ।

‘पार्टीभित्र परिस्थिति वा घटना विशेषमा आधारित भएर असहमति वा अन्तरविरोधहरू देखा पर्न सक्दछन् तर हामीले तीनलाई तत्क्षण त्यही ठाउँमा समाधान गर्दै पार्टीको आन्तरिक एकतालाई अक्षुण्ण राख्छौँ र पार्टीलाई एकताबद्ध बनाएर अघि बढाउँछौं,’ उनले भनेका छन् ।

ओलीको क्षमता, सक्रियता र नतिजामूलक कामसँग तुलना गर्ने अर्को कुनै नेता एमालेमा नरहेको उनले बताएका छन् ।

‘उहाँको क्षमता, सक्रियता र नतिजामूलक कामसँग तुलना गर्ने अर्को कुनै नेता एमालेमा छैन । अनि किन खोज्नु पर्‍यो नेतृत्वको विकल्प रु,’ उनले भने ।

‘नेतृत्व भनेको रहरको विषय पनि होइन । यो त इतिहास, योगदान, क्षमता र राष्ट्र तथा अन्तर्राष्ट्रियस्तरमा स्वीकार्यताको विषय पनि हो,’ उपाध्यक्ष पौडेलले भनेका छन्, ‘म स्पष्ट भाषामा भन्न चाहन्छु, एघारौँ राष्ट्रिय महाधिवेशनबाट सर्वसम्मतिका साथ उहाँ नै अध्यक्षमा निर्वाचित हुनुहुन्छ । यस विषयमा कोही पनि द्विविधामा रहन आवश्यक छैन ।’

प्रतिक्रिया दिनुहोस्

भर्खरै

पेट्रोल, डिजेल र मट्टीतेलको भाउ घट्यो

सहकारी ठगीमा रवि लामिछानेलाई मात्र सम्पत्ति शुद्धीकरण र संगठित अपराध अभियोगबाट उन्मुक्ति, ग्रे लिस्टको जोखिम

सम्बन्धित

मधेश प्रदेशमा हुस्सु र कुहिरोका कारण जनजीवन कष्टकर

निर्वाचन ४८ दिन बाँकी : के के हुन् मतदान अधिकृतको काम, कर्तव्य र अधिकार ?

चिसो बढे पनि ढोरपाटनमा घटेन पर्यटकको चहलपहल

सहकारी ठगीमा रवि लामिछानेलाई मात्र सम्पत्ति शुद्धीकरण र संगठित अपराध अभियोगबाट उन्मुक्ति, ग्रे लिस्टको जोखिम

६ वर्षमै सहमहामन्त्री बनेका कर्णबहादुर बुढादेखि तीन दशकको संघर्षपछि मुक्ताकुमारी यादवसम्म (८ जनाको प्रोफइलसहित)

महान्यायाधिवक्ताको कार्यालयको भूमिका: पहुँच र स्वार्थको छायाँमा फौजदारी न्याय प्रणालीको संकट

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com