ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दक्षिण कोरियाको राष्ट्रपति कार्यालयमा प्रहरीको छापा


एबीसी न्यूज

काठमाडौं २६ मंसिर । दक्षिण कोरियाको प्रहरीले बुधबार राष्ट्रपति युन सुक(योलको कार्यालयमा छापा मारेको छ ।

दक्षिण कोरियाको समाचार संस्था योनहापले प्रहरीलाई उद्धृत गर्दै जनाएअनुसार सियोल महानगरीय प्रहरी र नेशनल एसेम्बली प्रहरी गार्डका कार्यालयहरूमा पनि छापा मारिएको छ।

 

राष्ट्रपतिको सुरक्षा टोलीलाई छापा बारे पहिले नै जानकारी दिइएको थिएन।

यो प्रहरी कारबाही राष्ट्रपति युन सुक(योलले देशमा सैनिक शासन लगाएको घटनापछि भइरहेको छ।

योनहापको रिपोर्टअनुसार, छापाको समयमा राष्ट्रपति युन आफ्नो कार्यालयमा उपस्थित थिएनन्।

गत हप्ता मंगलबार र बुधबारको बीचमा राष्ट्रपति युन सुक(योलले देशमा सैनिक शासन लागु गरेका थिए।

तर, ठूलो विरोध भएपछि उनले छ घण्टाभित्रै आफ्नो निर्णय फिर्ता लिएका थिए। युनको यो कदमपछि दक्षिण कोरियामा उनीविरुद्ध व्यापक विरोध भइरहेको छ र उनको विषयमा अनुसन्धान पनि जारी छ।

यसअघि २०१९ को डिसेम्बरमा बुसानका पूर्व उपमेयरमाथि लागेको भ्रष्टाचारको आरोपसँग जोडिएर राष्ट्रपतिको कार्यालयमा छापा मारिएको थियो । त्यतिबेला अनुसन्धान टोली कार्यालयभित्र प्रवेश गर्न नपाए पनि उनीहरूले मागेअनुसार सामग्री हस्तान्तरण गरिएको थियो ।

बीबीसीका अनुसार त्यतिबेला देशको नेतृत्व पूर्व राष्ट्रपति मून जाए(इनले गरेका थिए । अहिलेका राष्ट्रपति युनले सन् २०२२ मा मात्र पदभार सम्हालेका हुन्।

यस पटक अनुसन्धानकर्ताहरू सिधै राष्ट्रपतिको कार्यालय प्रवेश गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

आजदेखि दैनिक चार घण्टा बन्द हुँदै मुग्लिन-पोखरा सडक

निर्वाचन आयोगमा १२२ दल दर्ता, ७ खारेज, २८ प्रक्रियामै

सम्बन्धित

एनपिएल इतिहासकै उच्च स्कोर बनाएको विराटनगरको विजयी सुरुवात

आजदेखि दैनिक चार घण्टा बन्द हुँदै मुग्लिन-पोखरा सडक

मध्यरातमा दुर्गा प्रसाईं पक्राउ

निर्वाचन आयोगमा १२२ दल दर्ता, ७ खारेज, २८ प्रक्रियामै

सशस्त्र प्रहरी र भारतको एसएसबीबीचको समन्वयात्मक बैठक सम्पन्न

मोदी–नीतिश गठबन्धनलाई २०२ सिट, विपक्षी ३५ मै सीमित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com