ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ५, २०८३ शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रधानमन्त्रीको चीन भ्रमण फलदायी रहेको सत्तारुढ एमालेको निष्कर्ष


एबीसी न्यूज
मंसिर २६, २०८१ बुधबार   ८ : १३   बजे

काठमाडौं २६ मंसिर । सत्तारुढ नेकपा एमालेले प्रधानमन्त्री तथा पार्टीका अध्यक्ष केपी शर्मा ओलीको चीन भ्रमण फलदायी भएको निष्कर्ष निकालेको छ ।

एमाले केन्द्रीय कार्यालय ललितपुरको च्यासलमा हिजो बेलुका बसेको सचिवालय बैठकले प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष ओलीको चीन भ्रमण सफल र उपलब्धिमूलक भएको निष्कर्ष निकालेको बैठकपछि एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिनुभयो ।

फ्रेमवर्क फर बीआरआई कर्पोरेशन ‘बेल्ट एन्ड रोड इनिसिएटिभ’ ९बीआरआई० मा भएका सम्झौता नेपालको दीर्घकालिन विकासका लागि महत्त्वपूर्ण उपलब्धि रहेको र सत्ता साझेदार दुई दलबीचमा जुन समझदारी भएको छ त्यसले बीआरआईलाई निष्कर्षमा पुर्‍याउन भूमिका खेलेको एमालेको निचोड छ ।

नेता ज्ञवालीले बीआरआईमा नेपाली कांग्रेस र एमालेबीच भएको समझदारीले भोलिका दिनमा परराष्ट्र नीति र वाह्य नीति सञ्चालन गर्दा राष्ट्रिय सहमति निर्माण हुने आधार बनाएको बताउनुभयो ।

प्रधानमन्त्री ओलीले गएको मङ्सिर १७ देखि २० गतेसम्म चीन भ्रमण गर्नुभएको थियो । नेपाल र चीनबीच हस्ताक्षर भएको बीआरआई फ्रेमवर्कको पूर्ण पाठ हिजो परराष्ट्र मन्त्रालयले आफ्नो वेबसाइटमा सार्वजनिकसमेत गरेको छ ।

यसैबीच उपमहासचिव ज्ञवालीले उपचुनावको मतपरिमाणलाई पार्टीले गम्भीरतापूर्वक लिएको बताउनुभयो । मुख्यगरी काठमाण्डौको कीर्तिपुर नगरपालिका र काठमाण्डौ महानगरपालिका–१६ लगायत शहरी क्षेत्रमा अपेक्षाकृत नतिजा नआएकोमा पार्टी गम्भीर भएको उहाँको भनाइ छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कक्षा १२ को नतिजा सार्वजनिक, ६९.७५ प्रतिशत विद्यार्थी उत्तीर्ण

पश्चिम तराईमा अत्यधिक गर्मी

सम्बन्धित

एकैदिन सुनको भाउ तोलामा साढे १० हजार रुपैयाँ घट्यो

अमेरिका–इरान शान्ति सम्झौता स्थगित : शान्ति प्रक्रिया कि कूटनीतिक अनिश्चितता?

कक्षा १२ को नतिजा सार्वजनिक, ६९.७५ प्रतिशत विद्यार्थी उत्तीर्ण

फिफा विश्वकप–२०२६: सहआयोजक मेक्सिको विश्वकपको नकआउट चरणमा प्रवेश

दुई चिकित्सकसहित ५ जनालाई पक्राउ

विश्वकप २०२६ : क्यानडाको ऐतिहासिक रात, दक्षिण अफ्रिकाको आशा जीवित, मेक्सिको–दक्षिण कोरिया शीर्ष स्थानको लडाइँमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group