ABC NEWS NEPAL | No.1 News channel of Nepal
जेष्ठ ३०, २०८३ शनिबार
```
नेपालको जलविद्युत क्षेत्रका नीतिगत चुनौती र बिजुलीको मूल्य ▶
नेपालको जलविद्युत क्षेत्रका नीतिगत चुनौती र बिजुलीको मूल्य
```
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एसिया प्यासीफिक शाकाहारी सम्मलेन : हिंसाको संस्कृति हटाउन शाकाहारी जीवन पद्दति


admin
फाल्गुन २६, २०७४ शनिबार   ४ : ४८   बजे

काठमाडौँ, २६ फागुन । दुईदिने एसिया प्यासीफिक शाकाहारी सम्मलेन आजबाट राजधानीमा शुरु भएको छ । 

नेपाल शाकाहारी संघ र अन्तर्राष्ट्रिय शाकाहारी संघको सहकार्यमा शुरु भएको सो सम्मेलनको उद्घाटन गर्दै महिला, बालबालिका तथा समाज कल्याणमन्त्री थममाया थापाले मानव मनोविज्ञानबाट हिंसाको संस्कृति हटाउन शाकाहारी जीवन पद्दति उचित रहेको बताउनुभयो ।

“मांसाहारले विश्व तापमान अर्थात् जलवायु परिवर्तनमा समेत असर गरेको छ, गौतम बुद्धको ‘अहिंसा परमो धर्म’ भन्ने उक्तिलाई कार्यान्वयन गर्न सम्मेलनले सहयोग गर्ने विश्वास गरिएको छ, सम्मेलनको निष्कर्ष कार्यान्वयन गर्न सरकारका तर्फबाट सहयोग गर्नेछु”–उहाँले भन्नुभयो ।

जनसंख्या तथा वातावरणमन्त्री लालबाबु पण्डितले विषादीमुक्त शाकाहारी भोजन हुनुपर्ने बताउनुभयो । “सरकारले सीमाका क्वारेन्टाइनबाट बढी विषादीयुक्त सामग्री आयात भएमा प्रवेशमा रोक लगाउने निर्णय गरेको छ, मानव स्वास्थ्यलाई ध्यान दिएर यस्तो निर्णय गरिएको हो”–उहाँले भन्नुभयो ।

ब्रह्मकुमारी राजयोग सेवा केन्द्रकी कुसुम दिदीले जस्तो अन्न खायो त्यस्तै मन एवं विचार हुने भएकाले शुद्ध विचारका लागि त्यसै अनुसारको खाना खानुपर्नेमा जोड दिनुभयो ।

आइतबारसम्म हुने सम्मेलनमा शाकाहारी परिकारको कक्षसमेत राखिएको छ । सम्मेलनमा अमेरिका, इजिप्ट, थाइल्याण्ड, मलेसिया, चीन, इण्डोनेसिया, भारतलगायत तीस भन्दा बढी देशबाट सहभागी आएको आयोजक समितिले जनाएकोे छ ।

सम्मेलनमा शान्ति, अहिंसा, करुणा, मानव स्वास्थ्य र विश्व तापमान वृद्धिमा मासुका लागि बढ्दै गएको जनावर पालनले पार्ने प्रभावका विषयमा कार्यपत्र प्रस्तुत हुनेछ । उद्योग धन्दाले भन्दा मांसाहारका लागि एकै स्थानमा अत्यधिक संख्यामा पालिने घरपालुवा जनावरले तापमान वृद्धि गर्न सहयोग पु¥याएका छन् ।

मासु र जनावरजन्य उत्पादनले क्यान्सरलगायतका असाध्य रोग बढाइरहेको सन्दर्भमा शाकाहारको महत्वबारे जागरण फैल्याउने सम्मेलनको प्रमुख उद्देश्य छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

ट्रम्पको नयाँ सन्देश : ‘इरानसँगको समझदारीले परमाणु हतियारको सम्भावना अन्त्य गर्नेछ’

इन्जुरी समयमा गोल गर्दै कतारले स्विट्जरल्यान्डसँग अंक खोस्यो : १–१

सम्बन्धित

बैंकिङ कसुरमा सेफ सन्तोष साह पक्राउ

रास्वपा गण्डकीको सभापतिमा नवीन त्रिपाठी विजयी

बागलुङको ढोरपानमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

कतार–इरान गोप्य कूटनीति: ‘रास लाफान’ ग्यास उत्पादन केन्द्रलाई जोगाउन इरानसँग गोप्य रूपमा वार्ता गरेको खुलासा

काभ्रे बस दुर्घटना अपडेट: ८ जनाको घटनास्थलमै मृत्यु

प्रश्न गर्ने सांसदलाई अर्थमन्त्री वाग्लेको चेतावनीः तपाईंका काण्ड पनि खुल्नेछन्

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group