ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पर्सामा रवि लामिछानेको बयान सकियो


एबीसी न्यूज

काठमाडौं २५ मंसिर । सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसूरमा अनुसन्धानका लागि वीरगन्ज ल्याइएका राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा का सभापति रवि लामिछानेसँग मंगलबार पर्सा सरकारी वकिलको कार्यालयमा करिब ४ घन्टा बयान लिइएको छ ।

सरकारी वकिल कार्यालयका मुख्य न्यायाधिवक्ता भोलानाथ निरौलाले लामिछानेसँग बयान लिएका हुन् । बयानको क्रममा लामिछानेसँग ५४ वटा प्रश्न सोधिएको निरौलाले जनाए । सरकारी वकिल कार्यालय स्रोतका अनुसार कुनै(कुनै कुराको लामिछानेले ‘कन्फेस’ गरेका छन् ।

‘पर्सामा रवि लामिछानेको बयान सकिएको छ,’ मुख्य न्यायाधिवक्ता निरौलाले भने, ‘बयानमा करिब ५४ वटा प्रश्न सोधिएका थिए ।’ बयान सकिएपछि पूर्वगृहमन्त्री रहेका लामिछानेलाई जिल्ला प्रहरी कार्यालयमा ल्याइएको छ । सरकारी वकिल कार्यालयमा बयान भइरहँदा रास्वपाका नेता तथा कार्यकर्ताले वीरगन्जमा विरोध प्रदर्शन गरेका थिए ।

सहकारीको रकम हिनामिना प्रकरणमा कात्तिक २ देखि जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका लामिछानेलाई वीरगन्जको सानोपाइला बचत तथा ऋण सहकारी संस्थाको रकम हिनामिना गरेको आरोपमा अनुसन्धानका लागि सोमबार साँझ वीरगन्ज ल्याइएको थियो । पर्सा प्रहरी प्रवक्ता किशोर लम्सालका अनुसार पर्सी बुधबार म्याद सकिने हुनाले त्यो भन्दा अगाडि नै लामिछानेलाई पोखरा पठाइने छ ।

सानो पाइला सहकारीको रकम हिनामिनामा अनुसन्धानका लागि सोमबार बिहान वीरगन्ज ल्याइएका गोर्खा मिडिया नेटवर्क प्रालिका पूर्वसञ्चालक तथा पूर्वडीआईजी छविलाल जोशी र रामबहादुर खनाललाई भने सोमबार नै बयान सकाएर मंगलबार बिहान स्थलमार्गबाट पोखरा फिर्ता पठाइएको पर्सा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक लम्सालले जनाए । लामिछाने, जोशी र खनाललाई पक्राउ गर्न पर्सा अदालतले गत बुधबार अनुमति दिएको थियो । लामिछाने गोर्खा मिडियाएको प्रबन्ध निर्देशक रहेका बेला सानो पाइला सहकारीबाट करिब साढे ८ करोड रुपैयाँ गएको अनुसन्धानमा देखिएको छ ।

सानोपाइला सहकारीबाट जोशीको नाममा एक करोड ८६ लाख ९४ हजार रुपैयाँ गएको अनुसन्धानमा देखिएको छ । लामिछाने गोर्खा मिडियामा आबद्ध रहेकै बेला सानो पाइला सहकारीबाट ८ करोड ५८ लाख रुपैयाँ सारिएको संसदीय छानबिन समितिको प्रतिवेदनमा उल्लेख छ । यसबाहेक सानो पाइला सहकारीबाट ९३ करोड ६२ लाख ९७ हजार रुपैयाँ गैरकानुनी रुपले कार्यक्षेत्रबाहिर ऋण प्रवाह गरिएको छ ।

२०७८ वैशाख ५ देखि २०७९ साउन १९ सम्म सानो पाइला सहकारीबाट गोर्खा मिडियामा रकम सारिएको हो । संसदीय छानबिन समितिलाई दिएको बयानअनुसार लामिछाने २०७७ माघ १ देखि २०७९ असार १ सम्म गोर्खा मिडिया प्रालिमा प्रबन्धक निर्देशकको भूमिकामा थिए ।

०७८ साउन १९ मा एकैदिन चार करोड ९१ लाख ९४ हजार रुपैयाँ सारिएको प्रतिवेदनमा उल्लेख छ । गोर्खा मिडियाका उपाध्यक्ष छविलाल जोशीको घरबाट बरामद भएको हार्ड डिस्कमा सानो पाइला सहकारीबाट पनि रकम सिधै गोर्खा मिडियामा सारिएको फेला परेको हो ।

प्रहरीका अनुसार सानो पाइला सहकारीका अध्यक्ष अनन्तबाबु राई, सचिव देवेन्द्रबाबु राई, कोषाध्यक्ष कुमार रम्तेल, प्रबन्धक असरफ अली सिद्धिकी, संरक्षक गीतेन्द्रबाबु जीबी० राईलगायत ११ जना हालसम्म फरार छन् ।

सहकारीकी पूर्वउपाध्यक्ष नेहा पौडेल गत साउन २१ मा जिल्ला अदालत पर्साबाट न्यायीक परीक्षण हुँदा ठहरेबमोजिम हुने गरी हाललाई एक करोड १० लाख धरौटीमा रिहा भइन् । यसैगरी सहकारीका कर्मचारी राधेचन्द्र यादव पनि ३५ लाख रुपैयाँ धरौटीमा रिहा भएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सहकारी ठगीमा रवि लामिछानेलाई मात्र सम्पत्ति शुद्धीकरण र संगठित अपराध अभियोगबाट उन्मुक्ति, ग्रे लिस्टको जोखिम

६ वर्षमै सहमहामन्त्री बनेका कर्णबहादुर बुढादेखि तीन दशकको संघर्षपछि मुक्ताकुमारी यादवसम्म (८ जनाको प्रोफइलसहित)

सम्बन्धित

सहकारी ठगीमा रवि लामिछानेलाई मात्र सम्पत्ति शुद्धीकरण र संगठित अपराध अभियोगबाट उन्मुक्ति, ग्रे लिस्टको जोखिम

६ वर्षमै सहमहामन्त्री बनेका कर्णबहादुर बुढादेखि तीन दशकको संघर्षपछि मुक्ताकुमारी यादवसम्म (८ जनाको प्रोफइलसहित)

महान्यायाधिवक्ताको कार्यालयको भूमिका: पहुँच र स्वार्थको छायाँमा फौजदारी न्याय प्रणालीको संकट

ओलीको कडा टिप्पणी: ‘रविको मुद्दा फिर्ता महान्यायाधिवक्ताको कार्यालयको इतिहासमा कलंक’

ट्रम्पको विदेश नीतिको पछाडिको ‘महान रणनीति’

गगन थापाको दाबी: ‘निर्वाचन आयोगले चिन्ने पार्टी विशेष महाधिवेशनबाट बनेको नेपाली कांग्रेस हो’

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com