ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एनपीएल, कप्तान रोहितको उत्कृष्ट प्रदर्शनमा लुम्बिनीको पहिलो जीत, चितवन ३३ रनले पराजित


एबीसी न्यूज

काठमाडौं २५ मंसिर । नेपाल प्रिमियर लिग ९एनपीएल० क्रिकेटको आफ्नो पाँचौँ खेलमा लुम्बिनी लायन्सले पहिलो जीत निकालेको छ । आज बिहान भएको खेलमा लुम्बिनीले चितवन राइनोजलाई ३३ रनले हरायो । जीतसँगै लुम्बिनीको पाँच खेलमा दुई अङ्क भएको छ ।

टस हारेर पहिला ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ६७ रन बनाएको थियो । जीतका लागि १ सय ६८ रनको लक्ष्य पछ्याएको चितवनले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ३४ रन बनायो । उसका ल्युक बेनकेनस्टनले सर्वाधिक ३१ रन बनाए ।

लुम्बिनीका कप्तान रोहित पौडेलले ४ विकेट लिए । त्यसअघि पौडेलको सर्वाधिक ८० रनको मद्दतमा लुम्बिनीले चितवनलाई प्रतिस्पर्धात्मक लक्ष्य दिएको थियो । पौडेल जारी एनपीएलमा दुई अर्धशतक पूरा गर्ने पहिलो नेपाली खेलाडीसमेत बनेका छन् । उनले पोखरा एभेन्जर्ससँगको खेलमा ९५ रन बनाएका थिए । रोहित दुई सय ६१ रनका साथ सर्वाधिक रनकर्ताको शीर्ष स्थानमा छन् ।

त्यस्तै आजको खेलमा लुम्बिनीका साद विन जाफरले ५२ रन बनाए । चितवनका रिजन ढकालले तीन विकेट लिए । आज हुने दोस्रो खेलमा पोखरा एभेन्जर्स र कर्णाली याक्स खेल्दैछन् ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com